शुक्रबार, चैत १६, २०८०

फ्रान्सको राष्ट्रपतीय निर्वाचनकालागि युरोपेली युनियनको तयारि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ३ गते १८:४३

फोटो-एटलान्टिक काउन्सिल डट ओ आर जि

फ्रान्सको राष्ट्रपतीय चुनावले गत हप्ता ब्रसेल्समा धेरै चर्चा ल्यायो । किनकि राष्ट्रपति एमानुएल माख्रों र दक्षिणपन्थी राजनीतिज्ञ मारिन ल पेन बीच अप्रिल २४ मा हुने दोस्रो चरणको निर्वाचनले युरोपेली संघका लागि महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । किनभने दुई उम्मेद्वारहरूले अन्तर्राष्ट्रिय रूपमा फ्रान्सको भूमिकाको लागि धेरै फरक विचारहरू प्रस्ताव गरिरहेका छन् ।

माख्रोंले रुस र उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) विरुद्ध कडा ईयू प्रतिबन्धको समर्थन गर्दछन् । तर ल पेनले रूसी तेल र ग्यासमा प्रतिबन्धको विरोध गर्छिन् । उनी फ्रान्सले नाटोको सैन्य कमाण्ड छोड्नुपर्छ भन्ने पक्षमा छन् ।

“हामीले लडिरहेको लडाई फ्रान्सको लागि मात्र लडाइँ होइन, यो युरोपको लागि लडाई हो । किनभने अति दक्षिणपन्थी परियोजना ल्याइएको छ र म त्यसका बिरुद्द अहिले तपाइँको सामु लडिरहेको छु । किनभने त्यो ईयु छोड्ने परियोजना हो” माख्रोंले भनेका छन् ।

युक्रेनमाथि रूसको आक्रमणले भ्लादिमिर पुटिनको बारेमा ल पेनको बिचारलाई आंशिक रूपमा परिवर्तन गरेको देखिन्छ । तर उनी अझै पनि रुससँगको घनिष्ठ सम्बन्धलाई समर्थन गर्छिन् ।

“रुस-युक्रेन युद्ध समाप्त हुने बित्तिकै हामीले शान्ति सन्धि गर्ने छौं । म नाटो र रसियाबीच रणनीतिक सम्बन्धको प्रस्ताव गर्नेछु” ल पेनले भनेकि छन् ।

नाटो आकर्षण

यसैबीच युरोपको अर्को भागमा युक्रेनमा पुटिनको हमलाले इतिहासमा पहिलो पटक नाटोमा सामेल हुने जनताको भोकलाई बढाईदिएको छ ।

फिनल्याण्ड र स्वीडेनले मस्कोको चेतावनीको बिपरित नाटोमा सम्मिलित हुने दिशामा ठूलो कदम चालेका थिए । ति देशका प्रधानमन्त्रीहरूले युक्रेनमा रूसको आक्रमणलाई नर्डिक देशहरूमा ‘नाटकीय रूपमा बदलिएको मानसिकता’ भनेका थिए ।

“युक्रेनमा रूसको आक्रमण पछि युरोपेली सुरक्षा संरचना मौलिक रूपमा परिवर्तन भएको छ । सुरक्षा परिदृश्यमा भएको परिवर्तनले भविष्यमा हामीले फिनल्याण्ड र हाम्रो क्षेत्रमा कसरी शान्ति सुरक्षित गर्ने भन्ने विश्लेषण गर्न आवश्यक बनाएको छ । म हाम्रा निर्णयहरूको लागि कुनै समयतालिका दिने छैन । तर मलाई लाग्छ, त्यो काम धेरै चाँडो हुनेछ । हप्ताहरूमै हुने छ, महिनाहरू बिताउनेगरि होइन” फिनिश प्रधानमन्त्री सान्ना मारिनले भनेकि थिईन ।

हालैको जनमत सर्वेक्षणले ६८ प्रतिशत फिनिशहरू गठबन्धनमा सामेल हुनुपर्छ भन्ने पक्षमा रहेको देखाएको छ । रुसले युक्रेनमा आक्रमण गर्नु अघि त्यसको आधा प्रतिशत भन्दापनि कम मात्र नाटोमा सामेल हुनुपर्छ भन्ने पक्षमा थिए । नाटोमा सामेल हुनुहुन्न भन्नेको संख्या १२ प्रतिशत मात्र छ ।

स्विडेनमा भएको मतदानले पनि केहि बहुमतका साथ स्विडेनपनि नाटोको सदस्यता लिनुपर्छ भन्ने सुझाव दिएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक