मंगलबार, वैशाख ११, २०८१

रुस जाने बिलाशी कारहरू ईयू प्रतिबन्धका कारण बेल्जियममा रोक्का

नेपालप्लस संवाददाता / बेल्जियम२०७९ वैशाख ३ गते १९:४१

रुसले युक्रेनमाथि युद्ध शुरु गरेपछि युरोपेली संघको प्रतिबन्धका कारण रुस पठाइन लागेका युरोपेली बिलाशी कारहरू अहिले बेल्जियमको जिब्रुग बन्दरगाहमा रोक्का गरिएको छ ।

मार्चको मध्यमा लागू गरिएको लक्जरी प्रतिबन्धले मर्सिडीज, फेरारी र पोर्श जस्ता ब्रान्डहरूलाई प्रभाव पारेको छ । युरोपेली भूमिमा निर्मित पचास हजार युरो भन्दा बढी मूल्यका सवारी साधनहरू रूसमा बिक्री गर्न निषेध गरिएको छ ।

यस प्रतिबन्धले ईयुको पारबहन क्षेत्रहरूमा महत्त्वपूर्ण अवरोध उत्पन्न गरेको छ । बेल्जियमस्थित जीब्रुगको आधुनिक बन्दरगाहले वार्षिक २२ लाख युरो भन्दा बढी इकाइका परम्परागत कार्गो ब्यवस्थापन गर्दछ । यसलाई विश्वको मुख्य ‘कार ह्यान्डलिंग पोर्ट’ हरू मध्ये एक मानिन्छ ।

“यी सुदूर पूर्वबाट रूसमा आउने कारहरू हुन् । यी कारहरू अब निर्यात हुँदैनन्” पोर्टको इन्टरनेशनल कार अपरेटर (आईसीओ) टर्मिनलका निर्देशक मार्क एड्रियनसेन्सले युरोन्यूजसित भने ।

भन्सार कार्यालयले ति कार यहाँ रोक्नैपर्ने र तिनलाई अवरुद्ध गरिएको बताएको छ ।

“हामीलाई थाहा छैन तिनीहरू कति समयसम्म बस्छन् । हाम्रो अनुमान के छ भने हामी वैकल्पिक बजारहरू खोज्नेछौं” भन्सार कार्यालयका अधिकारीको भनाई छ ।

करिब ८,००० रसिया जाने कारहरू हाल रोकिएको अधिकारीहरुले बताएका छन् ।

तर सवारीसाधन मात्र छानबिनमा परेका भने होइनन् । हालको प्रतिबन्ध अनुसार विमानका पाटपूर्जा, क्वान्टम कम्प्युटिङ, सेमिकन्डक्टरहरू, संवेदनशील मेसिनरी र रसायनहरू जस्ता वस्तुहरूसमेत छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक