बिहीबार, असोज १३, २०७९

चुनावी सरगर्मी शुरु : सबैको तनाव लिङदेन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ४ गते २०:१८

लगभग एक महिना बाँकी रहेको स्थानिय निर्वाचनको सरगर्मी शुरु भएको छ । दलहरु नाराजुलुस, आमसभा र प्रचारप्रसारमा गाउँगाउँमै भिडेका छन् ।

गाउँगाउँमा केन्द्रिय र जिल्लास्तरिय नेताहरुको भेटघाट र भोट फकाउने अनेक तिकडम शुरु भएको छ । दलहरुले आफ्ना जनवर्गिय संगठनहरुलाई ब्यापक रुपमा परिचालन गरिरहेका छन् । केन्द्रिय स्तरमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन गर्ने भनिएकाले यि दुबै दलका स्थानिय कार्यकर्ता भने उत्साहित देखिंदैनन् । त्यसैले हुनुपर्छ, निर्वाचनको प्रचारप्रसारमापनि यि दल स्थानिय तहमा मिलेको देखिन्न । तिनले आफ्नै पाराले छुट्टाछुट्टै प्रचार गरिरहेका छन् ।

त्यति मात्रै होइन, स्थानिय तहमा घोषित उम्मेदवारहरुमा अर्को पनि त्रास देखिन्छ, भोली गठबन्धन गर्दा कुन दलका कुन उम्मेदवारमाथि उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिने हो । त्यसैले, उम्मेदवारी घोषणा गरेपनि तिनमा उत्साह देखिन्न । गठबन्धनको कारण कसले कतिखेर उम्मेदवारी झिक्नुपर्ने हो भन्ने शंकालेपनि तिनले जमेर चुनावी माहोल बनाउन हिच्किचाईरहेका छन् ।

जनयुद्दकालमा माओवादीले सबैभन्दा बढी नेपाली कांग्रेसका नेता र खासगरि स्थानिय तहमा दुख दिएको भन्दै कांग्रेस कार्यकर्ताको मनशाय माओवादीसित गठबन्धन गर्ने देखिन्न । ‘हिजो माओवादीले दिनुसम्म दुख दियो, आज तिनैलाई कसरि भोट माग्ने, कसरि भोट दिने ?’ स्थानिय तहका कांग्रेस कार्यकर्ता सुनाउँछन् ।

उनीहरुको भनाई माओवादीसित भन्दा कांग्रेसको निति बरु राप्रपासित मिल्छ । नितिगत समानता अलिकति पनि नभएको माओवादी पार्टीलाई कसरि मत दिने, कसरि भोट देउ भन्ने ?

त्यसो त, तल्लो तहका माओवादी कार्यकर्तामापनि उस्तै खाले भावना देखिन्छ । माओवादीलाई सबैभन्दा बढी दुख दिएको, जेलनेल हालेको र टाउकाको मूल्यनै तोकेको नेपाली कांग्रेसलाई कसरि मत दिने भन्ने भावनामा माओवादी कार्यकर्ता देखिन्छन् । शेर बहादुर देउवा जस्तो कलंकित ब्यक्तिसित सरकारको नेत्रित्व गरेर पार्टीको छबी धमिलिएको र निर्वाचानमा गठबन्धन गर्दा माओवादी झनै सिद्दिने बुझाई माओवादी कार्यकर्ताको छ । माओवादीहरुले निर्वाचनको अन्तिम आवस्थामा नेपाली कांग्रेसले माओवादीको मत लिने तर आफ्नो मत भने माओवादीलाई नदिएर राजेन्द्र लिङदेनलाई दिन्छन् भन्ने आशंका गरिरहेका छन् ।

माओवादीका कतिपय कार्यकर्ता भने केन्द्रिय तहमा जे सुकै निर्णय भएपनि स्थानिय तहमा भने गोप्य र आन्तरिक सहमति गरेर एमाले, नेकपा समाजवादीसित भित्रि गठबन्धन बनाउने पक्षमा देखिन्छन् । माओवादीका कार्यकर्ताहरु भन्छन् – “केन्द्रले कांग्रेससित गठबन्धन गर्छ भनेपनि गरोस् । त्यसको बिरोध गरिन्न, गर्न पाइएन । कागजी र सांगठनिक रुपमा त्यो सहमति रहेको देखिन्छ । तर स्थानिय तहमा भित्रि तरिकाले वामपन्थीहरुसितै सहमति गरेर निर्चान लड्नुपर्छ । स्थानिय तहमा हामीले काम गर्ने हो, पार्टीले जे भन्यो त्यो मानेर कांग्रेससित कसरि काम गर्ने ?”

कांग्रेस र माओवादी कार्यकर्ताको अहिलेसम्मको चुनावी माहोल र वातावरण हेर्दा नेपाली कांग्रेसका अधिकांश कार्यकर्ता माओवादीसित गठबन्धनमा जानै नहुने पक्षमा देखिन्छन् । र यदि पार्टीले जबर्जस्ति गठबन्धन गरेमा नेपाली कांग्रेसको धेरै मत राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने देखिन्छ ।

यति अवस्था नेकपा एमालेका कार्यकर्तामा भने खासै देखिन्न । एमाले कार्यकर्ताहरु स्पष्ठ छन् । एमालेका केहि कार्यकर्ताको मनशाय हार्ने अवस्थामा मात्रै माओवादी र समाजवादीसित गोप्यरुपमा स्थानिय तहमा सहमति गर्ने तर नेपाली कांग्रेससित नगर्ने मनशाय देखिन्छ ।

यता माओवादीहरुको स्थितिपनि सकेसम्म नेपाली कांग्रेससित गठबन्धन गर्ने देखिन्न । बरु नेकपा समाजवादी, नेकपा एमाले र अन्य मसिना पार्टीसित सहमति गर्ने देखिन्छ ।

कांग्रेस, माओवादी र नेकपा समाजवादीको तुलनामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा स्पष्ठ देखिन्छ । निर्वाचन घोषणा भएर उम्मेदवारहरु छनौट भैसक्दा कांग्रेस र माओवादीको सक्रियता जति देखिन्छ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सक्रियता तिनको तिलनामा निकै बढी छ ।

अझ राप्रपाका राजेन्द्र लिङदेनको त निर्वाचन केन्द्रित सक्रियता चुलिएको छ । उनले यसबिचमा चितवन लगायतका केहि प्रमुख शहरमा आमसभा गरिसकेकापनि छन् ।

हुनत, निर्वाचनको समय अझै झण्डै एक महिना बाँकि रहेकाले चुनावी माहोल बदलिनेनै छ । निर्वाचनको मितिसम्म के स्थिति हुन्छ यसै भन्न सकिन्न । तर स्थानिय स्तरमा कांग्रेस र माओवादी कार्यकर्ताको मनशाय हेर्दा यि दुबै दलका कार्यकर्ताले आफ्नो मत गठबन्धन बिरुद्द दिने देखिन्छ । किनकि गठबन्धनमा यि दुबै दलका कार्यकर्ताको उत्शाह देखिन्न । कांग्रेसका कार्यकर्ताले त माओवादीलाई मत दिनुभन्दा बरु लिङदेनलाई दिने देखिएको छ ।

पटक पटकको सरकार बदलि, देशमा ब्याप्त भ्रस्टाचार, असुरक्षा, खस्कँदो आर्थिक अवस्था लगायतका कारणले माओवादी र कांग्रेसलाई मत माग्ने नैतिक आधारपनि कमजोर देखिन्छ । अहिलेको अवस्था हेर्दा तटस्थ अवस्थामा रहेका र कांग्रेस कार्यकर्ता धेरैले बरु राजेन्द्र लिङदेनलाई मत दिन सक्ने देखिन्छ । अझ धेरै त ‘समानुपातिकको एक भोट राजेन्द्र लिनग्देनलाई’ भन्नेहरु छन् । स्पष्ठ एजेण्डा, प्रष्ट बक्ता, सभ्य आलोचना, युवा जोशले राजेन्द्र लिङदेनप्रति नागरिकहरुको आकर्षण सोचे भन्दा छोटो समयमै निकै बढेको देखिएको छ ।

जसरि खुलेर जनताकाबिचमा राजेन्द्र लिङदेन गैरहेका छन्, जान सक्छन् त्यसरिनै खुलेर माओवादी र कांग्रेस जानसक्नेपनि देखिन्न । सरकारको नेत्रित्व गरिरहेका दल भएकालेपनि तिनलाई सरकारमा बसेर जनताको पक्षमा गरेका असल कामहरुको फेहरिस्त दिनसक्ने नैतिक आधारपनि देखिन्न ।

उनीहरुलाई थाह छ, जनताले स्थानिय निर्वाचनम सोध्ने छन् ‘सरकारमा बसेर देश र जनताकोलागि गतिलो काम के गर्‍यौ ?’ त्यसैले यो निर्वाचनमा कांग्रेस, एमाले, माओवादीलगायतका दलको मुख्य टाउको दुखाईनै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन देखिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक