मंगलबार, असोज ११, २०७९

रसिया-युक्रेन युद्धले युरोपेली राजनीतिक परिदृश्यमा कस्तो परिवर्तन ल्याउला ?

मारी जुर्डेन / फ्रान्स२०७९ वैशाख ५ गते २०:०४

राज्य-विरुद्ध-राज्यको युद्ध युरोपेली महाद्वीपमा फेरि आएको छ । तटस्थ बस्न रुचाउने वा जोखिम-प्रतिरोधी मानिने सरकारहरूले समेत केही हप्ता अघि सोच्न नसकिने निर्णयहरू गरेका छन् : रुसमाथि लगाएको अभूतपूर्व प्रतिबन्धहरू लगाए । यसले उनीहरूको आफ्नै अर्थतन्त्रलाई गम्भीर चोट पुर्‍याउने सम्भावना छ । रक्षा खर्चमा ठूलो वृद्धि र युद्धमा रहेको देशलाई घातक हतियारहरूको आपूर्ती ।

यो सबै नयाँ भूराजनीतिक वास्तविकता हो जुन जनताले अपेक्षा गरेका थिएनन्। अब, युरोपेली महाद्वीपभरका मतदाताहरूले चुनावमा आफ्नो विचार व्यक्त गर्ने अवसरहरूको सामना गरिरहेका छन् । यस अघि कहिल्यै नसोचेको विषयमा अब उनीहरुले गम्भिर सोच बनाउनुपर्ने स्थिति देखिएको छ ।

हंगेरी र सर्बियामा दक्षिणपन्थी नेता भिक्टर ओर्बान र अलेक्ज्यान्डर भुकिकले युद्धको सन्दर्भमा आफ्नो जनसंख्याको रक्षा गर्न आफ्नो क्षमतालाई सफलतापूर्वक खेले । गत चुनाव जितेपनि । तर फ्रान्समा आगामी अप्रिल २४ मा हुने दोस्रो वा अन्तिम चरणको राष्ट्रपतीय निर्वाचनले देशको आकार र महत्त्वलाई ध्यानमा राख्दा यो सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ ।

यो पटक दोस्रो चरणको निर्वाचन पहिलेको जस्तो छैन । मतदाताहरूलाई युद्धले पहिले नै परिवर्तन गरिसकेकाले थोरैले चुनावी प्रतिस्पर्धामा ध्यान दिइरहेका छन् । निर्वाचन अभियानले नै मतदाताहरूलाई पुन: केन्द्रित गर्नको लागि थोरै कारण प्रस्ताव गरेको छ । जस्तो, राष्ट्रपति एमानुएल माख्रों वर्तमान पहिलो पंक्तिमा रहेका ब्यक्तिलेले निर्वाचनको अन्तिम दौडमा रुस-युक्रेन युद्दबारे थप घोषणा अन्तिम क्षणमा व्याख्या गर्ने बताएका छन् । यो विषयमा उनले नागरिकलाई थोरै मात्र बताउने गरेका छन् । जबकि अधिकांश उम्मेदवारहरूले युद्ध सुरु भएपछि जुलुसहरू रद्द गरे।

भर्खरैको सर्वेक्षणले ६२ प्रतिशत फ्रान्सेलीहरू मात्र निर्वाचन अभियानमा रुचि राखेको देखाएको छ । यो संख्या पहिलेको स्थिति भन्दा धेरै कम हो । युद्धले यस चुनावलाई कसरी प्रभाव पार्छ भन्ने कुरा फ्रान्सको लागि धेरै शिक्षाप्रद हुन सक्छ ।

मतदातामा असर

रुस-युक्रेन युद्ध सुरु भएपछि ८२ प्रतिशत जनसंख्याले यसबाट आफूहरु चिन्तित भएको दाबी गरेका थिए । ६५ प्रतिशतले आफूहरूको मत निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

एक अर्को सर्वेक्षणले मतदाताहरूलाई उनीहरूको छनोट के हो त्यसलाई उठाएर मुख्य मुद्दाहरू क्रमबद्ध गर्न आग्रह गर्यो । जीवनयापनको लागत शीर्ष स्थानमा देखियो, ५२ प्रतिशतले । युक्रेनमा युद्ध ३३ प्रतिशत र वातावरणको चासो २८ प्रतिशत रहेको देखायो ।

यसको अर्थ परराष्ट्र र आन्तरिक नीतिबीचको रेखा धमिलिएको छ । फ्रान्सेली जनता युक्रेनका विष्गयमा रुसी कथनप्रति विश्वाश गर्ने बनेका छन् । कम्तिमा दुई मध्ये एक जना फ्रान्सेलीले युद्धको कारणबारे रुसी तर्कमा विश्वास गर्छ । जस्तै पश्चिमी देशहरुले युक्रेनलाई नाटोमा धकेलिरहेको छ भन्ने धारणा । वा रुसी भाषी युक्रेनीहरूले आक्रमणलाई समर्थन गर्छन् भन्ने तर्क ।

सामान्यतया, रोजगारी जस्ता घरेलु मुद्दाहरू चुनावमा हावी हुन्छन् । सन् २०१७ को राष्ट्रपतिको चुनावमा कुनै विदेशी मामिला वा सैन्य मुद्दाहरू शीर्ष चिन्ताका विषय मध्ये थिएनन् । तर प्राथमिकताहरूमा परिवर्तन भएको छ अहिले । रुस युक्रेन युद्धले फ्रान्सेली अर्थतन्त्रमा पहिले नै ठोस परिणामहरू ल्याइसकेको छ । उदाहरणका लागि, ग्यासको बढ्दो मूल्य, विलाशी सामानहरुको बिक्रिमा घट्दो क्रम, गाडीहरुको बिक्रिमा कमी । त्यस्तै लगभग तीस हजार शरणार्थीहरू फ्रान्समा आइपुगेका छन्। यसलाईपनि ब्यवस्थापन गर्नुपर्ने मुद्दा छ ।

तर यसको मतलब यो होइन कि उनीहरूले रूसलाई पुरा समर्थन गर्छन् । किनकि फर्वरीको अन्तमा ७८ प्रतिशत मतदाताहरूले रूसी आक्रमण “अवैध” थियो भन्ने विश्वास गरे । सबै उम्मेद्वारहरूले आक्रमणको निन्दा गरेका छन् । र अहिले रुसी समर्थक मतदाताहरू राजनीतिक र मिडिया प्रणालीमा धेरै शंकास्पद बनेका छन् । वा पूर्ण रूपमा चुनावबाट बाहिर रहन आवश्यक ठान्छन् ।

उम्मेदवारमा प्रभाव

निर्वाचनमा आफ्नो पक्षको लागि रणनिति बनाउनुपर्ने थियो, उम्मेदवारहरुले । युक्रेनमा रूसी आक्रमणले दिएको प्रभाव र परिणामका बारेमा उम्मेदवारहरुले आफ्ना विचारहरू प्रस्तुत गर्नु आवश्यक थियो।

संकट प्रबन्धकको रूपमा देखिएका माख्रोंले युक्रेन मामिलामा आयोजित बिरोध, र्‍याली र राजनितिक परिद्रिष्यको राम्रो फाईदा उठाएका छन् । रुस-युक्रे मामिलालाई आफ्नो मतदानको महत्वपूर्ण कारण देखाउने मतदाताहरुले माख्रोंलाई मत दिने तथ्याङ्कहरूले देखाउँछन् ।

युरोपेली संघ (ईयू) काउन्सिलको अध्यक्षको रूपमा ईयूले ऊर्जा नीति, शरणार्थी र हतियारको बितरणको वित्तपोषणमा प्रमुख भूमिका खेलिरहेको बेला अन्य युरोपेली नेताहरूसँग वार्ता गर्दा माख्रों पनि अग्रपंक्तिमा छन् । रुससितको संवन्धमा युरोपेली, अमेरिकी, बेलायती भन्दा सन्तुलनमा राख्नन सकेको नेताका रुपमा चिनिन्छन् ।

यद्यपि माख्रोंको भूराजनीतिक भूमिकाको राजनीतिक फाइदाहरू घट्न थालेका छन् । किनभने युद्ध फ्रान्सेली जनताको लागि त्यति जरुरि, महत्वपूर्ण र चासोको देखिएको छैन जति यो सुरु हुँदा थियो ।

माख्रोंले रुस-युक्रेन युद्दबाट विश्वमञ्चमा लिएको फाइदाबारे अन्य उम्मेदवारहरु सचेत थिए । मध्यमार्गी नेत्रि भालेरी पेक्रेसले उनले फाईसा उठाएको देखेर रक्षा परिषदको बैठसमेत डाक्न आव्हान गारेकि थिईन । रुस-युक्रेन मामिलाबारे थप छलफल गर्न । आफ्ना एजेण्डापनि छलफल गरेको देखाएर जनतामा लैजान ।

तर माख्रोंको वास्तविक जीवन र विश्वव्यापी नेतृत्वको तुलनामा उनले त्यो प्रयास हासिल गर्न असफल भयो ।

यसबाहेक, माख्रोंले संकट व्यवस्थापनकालागि आफ्ना मतदाताहरूलाई आफ्ना नीति र प्रस्तावहरू व्याख्या गर्न कम समय खर्च गरिरहे । पहिलो चरणको मतदान सक्किएपनि माख्रोंले रुस-युक्रेन युद्दका बारेमा अझै स्पष्ठ र बिस्त्रित रुपमा बताउने गरेका छैनन् ।
युक्रेनको लागि स्पष्ट समर्थन देखाउनु भनेको संघर्षरत उम्मेदवारहरूले अपनाएको रणनीति हो । ग्रीन पार्टीका उम्मेदवार यानिक जादोले सडकमा प्रदर्शन गर्दै रसियासँग व्यापार गरिरहेका फ्रान्सेली कम्पनीहरूलाई आक्रमण गरे । इन्धनको एक प्रमुख कम्पनी टोटल एनर्जीहरू “युद्ध अपराधमा संलग्न” भएको आरोप लगाए उनले । तर यस रणनीतिको सीमाहरू छन्: कुनै पनि उम्मेद्वारहरूले उडान निषेधित क्षेत्रको वकालत गरेनन् । किनकि कोही पनि उम्मेदवार फ्रान्स युद्धमा सह-युद्धकारी बनोस् भन्ने चाहँदैन ।

यद्यपि सबै उम्मेद्वारहरूले युक्रेनलाई समर्थन गरेका छन् । युद्धले धेरै गहिरा परिवर्तनहरू देखाएको छ ।

उदाहरणका लागि जादो र समाजवादी उम्मेद्वार एनी हिडाल्गोले युक्रेनी सेनाका लागि हतियारको निरन्तर वितरण फिर्ता गर्नुपर्ने बताएका थिए । र रूसी ग्याँस र कोइलामा प्रतिबन्ध लगाउन आह्वान गरेका थिए । उनीहरुले फ्रान्सले जर्मनीको लागि ठूलो बलिदान गर्नुहुन्न भनेका थिए । किनकि फ्रान्सले आणविक केन्द्रमा ठूलो लगानी गरेको छ। जबकि अन्य सबै प्रमुख उम्मेदवारहरूले प्रतिबन्धको विरोध गरे वा पक्षधरता लिएनन् ।

अनिश्चितताको राजनीति

युक्रेनको युद्धले फ्रान्सको भूराजनीतिलाई अग्रणी भागमा राखेको छ । यस अघि बैदेशिक राजनिति यस्तो केन्द्रमा खासै थिएन । फ्रान्सको आधा जनसंख्याले आफूलाई विदेश नीतिको बारेमा जानकारी भएको भनेर वर्णन गर्दछ । र त्यसमा गलत बुझाइहरु छन् । मतदाता र केही उम्मेद्वारहरू बीच धेरै मुद्दाहरूको बारेमा द्विविधा छ । नाटो के हो र यसले के गर्छ ? आणविक प्रतिरोधको अर्थ के हो ? युद्धको आस्थामा मा हुनुको अर्थ के हो ? फ्रान्सको कमजोरी र कूटनीतिक लाभका बिन्दुहरू वास्तवमा के हुन् ?

तर यि विषयमा ठूलो परिवर्तन भने देखिन्न। यो चुनावले फ्रान्स भित्र वा विदेशमा कुनै जोश जगाएको छैन । र प्रायः युक्रेनको युद्धको समाचार छायामा परेको छ । अति दक्षिणपन्थी शक्ति अहिले देशको प्रमुख राजनीतिक शक्ति हो । ल पेनले वास्तवमा राष्ट्रपति पद जित्न सक्छ भन्ने आँकलनपनि गरिएको छ । यद्यपि फ्रान्स भित्र थोरैले युरोपेली राजनीति र फ्रान्सेली कूटनीतिक संलग्नतामा यस्तो परिणामको नतिजा सोचिरहेका छन्। चुनावको विजेताले संयुक्त राष्ट्र संघ, नाटो र ईयुभित्र महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस बिजेताले भविष्यको युरोपेली सुरक्षालाई आकार दिन रूससँग व्यवहार गर्नेछ ।

हंगेरी र सर्बियामा पपुलिस्ट विजय र मुद्रास्फीतिले रेकर्ड तोडेको छ । यस वर्षको चुनावमा युरोपेली एकता खतरामा छ । सबैको नजर युक्रेनतिर केन्द्रित छ ।

(स्रोत- एपी, एफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया

फेसबुक