बिहीबार, वैशाख १३, २०८१

जर्मन रोजगारदाता र युनियनहरू रूसी ग्यास बहिष्कारको विरोधमा एकजुट

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ७ गते ५:०५

जर्मनीका उद्योग, ब्यवशायी र युनियनहरू रूसी ग्यासमा युरोपेली युनियनले लगाउन लागेको प्रतिबन्धको विरोध गर्न एकजुट भएका छन् ।

रुसी ग्यास र अन्य इन्धनमाथि प्रतिबन्ध लगाउँदा उद्योग र कलकारखाना ठप्प हुने भन्दै रुसमाथि लगाउने भनिएको प्रतिबन्ध बिरुद्द एकजुट बनेका हुन् ।

युरोपकै सबैभन्दा बलियो अर्थतन्त्र भएको मुलुकका उद्योगी, ब्यापारीहरुले गरेको निर्णयले समग्रमा युरोपेली भूमीमै गम्भिर प्रभाव पार्ने संभावना छ ।

फर्वरी महिनामा रुसले युक्रनमाथि आक्रमणपछि सरकारले बिकल्प नदिईकनै प्रतिबन्ध लगाउन खोजेको आरोप तिनको छ ।

जर्मनीका उच्चस्तरिय ब्यक्ति, नेता र पार्टीहरुले भने रुसी ग्यासमाथिको प्रतिबन्धलाई अझै कडा बनाउनुपर्ने बताएका छन् । तर जर्मनीका कामदार, ट्रेड युनियन, उद्योगी, ब्यवशायीले भने सरकार, इयु र रुसी ग्यास प्रतिबन्धको समर्थन गर्नेह्रुको बिरोध गरेका छन् ।

उनीहरुले रुसी ग्याँस रोक्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको आफ्नो मुलुकमा लाखौंले रोजगारी गुमाउने र उद्योग, कलकारखानाहरु बन्द हुने चेतावनी दिएका छन् ।

“ग्यासमाथि लगाइने द्रुत प्रतिबन्धले उत्पादनमा क्षति, उद्योग कलकारखाना बन्द, थप गैरऔद्योगीकरण र जर्मनीमा दीर्घकालीन काम र रोगजारी गुम्ने छ” बीडीए रोजगारदाता समूहका अध्यक्ष रेनर डुल्गेर र डिजिबी ट्रेड युनियनका अध्यक्ष र रेनर होफम्यानले प्रेस बिज्ञप्ती जारि गर्दै भनेका छन् ।

रुसलाई शान्तिवार्तामा ल्याउन दबाब दिने उद्देश्यले केहि प्रतिबन्ध लगाएपनि त्यसबाट आफ्नो उद्योग, कलकारखाना र रोजगारीको क्षेत्रलाई प्रभाव पार्न नहुने भनाई तिनको छ ।

सरकारले हाल प्रतिबन्ध लगाउने प्रयास गर्दा त्यो प्रभावबारे छलफलसम्म नगरेको आरोपसमेत उद्योगी, ब्यापारी र ट्रेड युनियनहरुको छ ।

ईयु मन्त्रीहरू हाल रूसी तेलमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने बारेमा बहस गरिरहेका छन् ।

युक्रेनका नेताहरूले रुसले ऊर्जा बिक्री आउने राजस्वले युक्रेनमा रूसको युद्ध प्रयासलाई आर्थिक सहयोग गरिरहेको बताएको छ । यसले इयु नेताहरुलाई नैतिक अप्ठेरोमा पारेको छ ।

ईयुले अप्रिलको शुरुमा रुसी कोइला आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि जर्मनीका ट्रेड युनियन, उद्योगी र ब्यापारीहरुले रुसी ग्यासको संभावित पूर्ण प्रतिबन्ध बिरुद्द एक जुट भएका छन् ।

जर्मनी, इटाली, हंगेरी र अस्ट्रिया रुसी उर्जामा धेरै निर्भर छन् । यिनै देशहरु मध्ये जर्मनी र अष्ट्रिया रुसी ग्यास प्रतिबन्धमाथि आफ्नो कडा स्विकारोक्ति जनाउने देशहरुपनि हुन् ।

जर्मनीका ट्रेड उनियन, उद्योगी ब्यापारीहरुले रुसी ग्यास र तेल तत्कालै बन्द नगरि त्यसको बिकल्प दिनुपर्ने र सन् २०२४ पछि मात्रै त्यो बिकल्पबारे सोच्नुपर्ने तर्क गरेका छन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले समेत रुसी ग्यासको अचानक कटौतीले पूरै युरोपलाई मन्दीमा डुबाउने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार रूसी ऊर्जामाथि ईयूको बहिष्कारले ऊर्जाको मूल्य उच्च बनाउने छ । यस अघिनै सात दशमलव पाँच प्रतिशत मुद्रास्फीतिको सामना गरिरहेका उपभोक्ताहरूलाई थप क्षती पुर्याउने छ ।

तर जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले युक्रेनमाथि रुसले आक्रमण गरेपछि आफ्नो देशले रुसको ऊर्जामाथिको निर्भरता घटाएको बताएका छन् ।

रुसी तेल आयात ३५ प्रतिशतबाट २५ प्रतिशत र ग्यास आयात ५५ प्रतिशतबाट ४० प्रतिशतमा झरेको उनले बताएका छन् ।

ईयुले रूसी बैंकहरू र धनाढ्यहरू विरुद्ध व्यापक आर्थिक प्रतिबन्धहरू लगाउने र ईयुका बिभिन्न देशका सरकारहरुले युक्रेनमाथिको युद्धको निन्दा गरेका छन् । तर ईयुले तेल र ग्यासको लागि रूसलाई प्रति दिन लगभग ८५ करोड डलर पठाईरहेका छन् ।

ईयुका २७ राष्ट्रले आफ्नो प्राकृतिक ग्यासको करिब ४० प्रतिशत र तेलको लगभग २५ प्रतिशत रुसबाट ल्याउँछन् ।

तपाइँको प्रतिक्रिया