शुक्रबार, वैशाख ७, २०८१

वरिष्ठ साहित्यकार पोषण पाण्डेको कविता र कथा ब्यक्तित्वबारे छलफल

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ७ गते २०:४८

‘वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम’ बैशाख ७ गते वरिष्ठ साहित्यकार, प्रा. डा. श्री अभि सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति थियो ।

मन्तब्यको क्रममा बोल्दै साहित्यकार युवराज मैनाली तथा प्रा. डा .ज्ञानु पाण्डेले पोषण पाण्डेको साहित्यिक ब्यक्तित्वबारे प्रकाश पारेकि थिईन् ।

समारोहको क्रममा सडकमा बेवारिस अवस्थामा रहेका मानवहरुको उद्धार उपचार तथा सेवा गर्दै आएको भक्तपुरस्थित संस्था मानव कल्याण समाजलाई कदर गर्दै संस्थाको अध्यक्ष सुमित्रा चौलागाईंलाई दोसल्ला ओढाइ प्रमाण पत्र तथा नगद प्रदान गरिएको थियो ।

जीवन र साहित्य बिचको सम्झौता बिन्दुलाई अत्यन्त सहजसँग प्रयोग गर्ने ब्याक्तित्व बताउँदै साहित्यकार पोषण पाण्डेको कविता र कथा ब्यक्तित्व बारेमा कार्यक्रमको प्रमुख अतिथि प्रा डा. अभि सुवेदीले आफ्नो मन्तव्य राखेका थिए ।

‘पोषण पाण्डे तीर्थ सदन’का महासचिव रन्जु पाण्डेले संचालन गरेको यस समारोहलाई यसै सदनका अध्यक्ष तथा समारोहका सभा-अध्यक्ष वरिस्ठ साहित्यकार बिजय चालिसेले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया