बिहीबार, वैशाख १३, २०८१

रुस-युक्रेन युद्धले संसारलाई कस्तो आकार देला ?

नन्दकली कँडेल२०७९ वैशाख ८ गते ३:५६

रुस-युक्रेन युद्द कतिपयकालागि खासै महत्वपूर्ण नलाग्न सक्छ । वा सतहमा, आफ्नो दैनिक जिवनसित तुलना गर्दा खासै गम्भिर असर पार्ने नदेखिन सक्छ । तर यो यस्तो विषय हो जसलाई विश्वका कुनैपनि नागरिक, देश र समाजले किनारामा राख्न सक्दैन । र अब यो युद्ध कसरि अन्त्य हुन्छ भन्ने प्रश्नपनि उत्तिकै चोटिलो हो ।

युक्रेनमाथि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छनोट गरेको युद्ध एक विश्व-ऐतिहासिक घटना हो । ‘यो शीतयुद्ध पछिको अवधिमा अन्तिम कार्य पनि हो’ भन्न सकिन्छ । र यो नयाँ युगको सुरुवात पनि हो । तर यो अझै अलिखित भने छ । किनभने यो युद्द चलिनैरहेको छ । कहिलेसम्म चल्छ भन्ने टुंगोपनि छैन ।

अहिलेको विश्वमा संयुक्त राज्य अमेरिका, रुस र चीन सम्मिलित अस्थिर संवन्ध, विश्वमा बर्चस्व बनाउने होड र द्वन्दले नयाँ शीत युद्द वा अर्को तातो युद्धलाई निम्त्याउँछ ।

युक्रेनमा भएको द्वन्द्व एक न एक दिन त अन्त्य हुनैपर्छ र हुन्छ । त्यो कति क्षति भएपछि अन्त्य हुन्छ र कुन पक्षको कति क्षति हुन्छ भन्ने पूर्ण सूची चाहिं अन्त्य भएपछि मात्रै यकिन गर्न सकिन्छ । पुटिन पछिको समझौतामा रूस संशोधित युरोपेली सुरक्षा वास्तुकलाको एक हिस्सा बन्छ । पश्चिमी देशहरुले चर्कोरुपमा रूस विरुद्ध अभूतपूर्व प्रतिबन्धहरू लगाएका छन् । यसले रुसलाई आणविक युद्धमा ओराल्ने वास्तविक सम्भावनालाई पनि नकार्न सकिन्न । पस्चिमी देशहरुले रुसमाथि एकपछि अर्को कडा प्रतिबन्धहरु लगाउँदै जाँदा पुटिनले कसरी जित्लान भनेर आँकलन गर्नपनि गाह्रो छ । तर एउटा कुरा के भन्न सकिन्छ भने पुटीनले हार स्विकार्न सक्दैनन् ।

यस युद्धले कसरी र के निष्कर्ष निकाल्न सक्छ भन्ने पनि तत्कालै यकिन गर्न मुस्किल छ । र अर्को दुई-तीन वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई रूपान्तरण गर्ने वैकल्पिक भूराजनीतिक भविष्यका लागि निम्न चार परिदृश्यहरू देखिन्छन् ।

हामीले युद्धको परिद्रिष्यलाई भविष्यवाणी गर्न होइन कि निर्णय निर्माताहरूलाई भविष्यमा के हुन सक्छ भनेर कल्पना गर्न, सबैभन्दा खराब अवस्थालाई रोक्ने उपायहरू बनाउन मद्दत गर्ने परिदृश्यहरू विकास गर्छौं । युक्रेनमा युद्धको बारेमा एक मात्र निश्चितता के छ भने सबै हाल बिद्दमान निश्चितताहरु चकनाचूर भएका छन् । त्यसैले अहिलेनै युद्धको परिणाम के हुने हो, कस्तो हुने हो र कता जाने हो भन्ने निस्चित गर्न सकिने अवस्था छैन ।

जस्तोसुकै परिदृश्यको एक नयाँ संसार

माथिका परिदृश्यहरूले युक्रेनमाथिको द्वन्द्वले अर्को कुन बाटो लिन्छ भन्ने निस्चित गर्ने छ । त्यहि बाटोको आधारमा भूराजनीतिलाई परिवर्तन गर्न सकिने विभिन्न तरिकाहरू चित्रण गर्दछ । तर बिभिन्न खाले सन्दर्भलाई केलाएर हेर्ने हो भने भूराजनीतिक चेसका गोट्टीहरु पहिले नै बोर्डको फरक फरक स्थानमा बसेका छन् । दुस्मनी रुस-युक्रेन युद्दका बेला सबैले बुझ्ने गरि देखिएपनि ति गोट्टीहरु दुश्मनी सुरु हुनु अघि देखिनै बिभिन्न ठाउँमा बसेका थिए । तिनले दुस्मनीका खेलहरुकै लागि आन्तरिक भूमिका खेलिरहेका थिए ।

उदाहरणका लागि, युरोप फेरि कहिल्यै उस्तै रहने छैन । जर्मनीले पचहत्तर वर्षको सापेक्षिक शान्तिवाद र युरोपेली युनियन (ईयु) ले रुसको ऊर्जामाथिको आफ्नो निर्भरतालाई चरणबद्ध रूपमा हटाउन एकजुट भए । जर्मनी, अष्ट्रिया लगायतका धेरै युरोपेली देशले रुसमाथिको ईन्धन निर्भरताले यस्तो गम्भिर परिणाम ल्याउला भन्ने कल्पनापनि गरेका थिएनन् । रुसमाथिको इन्धन निर्भरताले यति ठूलो राजनितिक, आर्थिक र ईयुकै राजनितिक परिद्रिष्यमा प्रमुख भूमिका खेल्ला भनेरपनि सोचिएको थिएन । रुस-युक्रेन युद्धले ल्याएको वर्तमान संकटमा धेरैले पहिले कहिल्यै अनुमान गरेको भन्दा बलियो स्थान ओगटेको छ ।

रुसमाथिको इन्धनको निर्भरता हटाउन जर्मनी, फ्रान्स लगायतका युरोपेली मुलुकले चरणबद्ध रुपमा राष्ट्रिय तहको निति ल्याउनुपर्ला र यो असजता भोग्नुपर्ला भन्ने अनुमानपनि गरेका थिएनन् ।

अझ व्यापक रूपमा सोच्ने हो भने युद्धले धेरैजसो लोकतान्त्रिक मुलुकहरुबिच नजिकको नाता र सहयोगको लागि नयाँ प्रेरणा प्रदान गरेको छ । फिनल्याण्ड र स्विडेन जस्ता देश नाटोमा सामेल हुन प्रक्रिया अघि बढाएका छन् । स्विजरल्याण्ड नाटोमा सामेल हुन नचाहेपनि नजिकको सहयोगि बन्न खोजिरहेको छ ।

युद्धविराम र शान्ति सम्झौता भएपनि रुसको लागि आगामी संवन्ध राम्रो हुने देखिन्न । कतिपयले यसलाई रुसको पतन तीव्र भएको भनिरहेका छन् । अमेरिकामा चीनको सामना गर्न एसियामा सक्रिय बन्ने बाइडेन प्रशासनको योजनालाई उल्टाइएको छ । र त्यो हाल रुसमा केन्द्रित बनेको देखिन्छ । अमेरिकाले बाईडेनको बाँकी कार्यकालभरि युरोपमा आफ्नो ध्यान बढाउने छ । थप स्रोत र शक्तिहरू प्रवाह गर्ने छ ।

चीनको लाफि एउटा खुला प्रश्न र सबैकालागि हितको अवशरपनि देखिन्छ : पुटिनसँग सीको निकटतालाई ध्यानमा राखेर हेर्दा युक्रेनको युद्धले बेइजिङलाई शान्ति निर्माता बन्ने अवसर प्रदान गर्दछ । तर के चीनले यो अवसरलाई सदुपयोग गर्ला ? यसले विश्वमा स्थायी परिवर्तनहरू हुन्छन् भन्ने देखाउँछ । त्यो अहिलेनै स्पष्ट देखिन्छ । हाल देखिएका परिदृश्यहरूले यी राजनितिक चेसका गोट्टीहरूको आन्दोलनलाई कसरि थप प्रभाव पार्न सक्छ भन्ने महत्वपूर्ण पाटो हो । यो बिस्तारै देखिंदै जाने छ, जब जब ति गोटीहरु एक अर्काले चाल्दै जान्छन् ।

विश्वव्यापी सङ्कटहरू सामान्यतया दशकौंसम्म टिक्न सक्ने शान्ति स्थापना गरेर समाधान हुन्छन् । वा दोहोरिने द्वन्द्वहरूको उत्तराधिकारि बनेर अर्को चरण तय गर्छन् र ति तत्कालकालागि अन्त्य हुन्छन् । अर्थात् एक चरणमा युद्द रोकिएपनि त्यसले अर्को चरणकोलागि विकास गर्छ ।

सन् १९१९ मा फ्रान्सको भसाई दरबारमा भएको सन्धिलाई जोन मेनार्ड केन्सले विल्हेल्माइन जर्मनीलाई लत्याउने “कार्थाजिनियन शान्ति” को रूपमा व्याख्या गरे । यसले स्पष्ट रूपमा प्रथम विश्वयुद्धको अन्त्य गर्‍यो । तर वास्तवमा अझ घातक दोस्रो विश्वयुद्धको लागि आधारशिला खडा गर्यो ।

यसको विपरित सन् १८१४-१८१५ भियना कंग्रेस (कंग्रेस अफ भियना) मा नेपोलियनलाई पराजित गर्नेहरू मात्र नभई फ्रान्सलाई पनि समावेश गरिएको थियो । त्यस सन्धिबाट २० वर्षको द्वन्द्व समाप्त भयो । त्यसले प्रमुख युरोपेली शक्तिहरू बीच लगभग एक शताब्दीसम्म शान्ति ल्यायो ।

हाम्रो परिदृश्यले के देखाउँछ भने यदि पश्चिमी देशहरुले अझ स्थायी शान्ति निर्माण गर्न चाहन्छन् भने उनीहरुसँग रणनीतिक समानुभूति हुनु आवश्यक छ । प्रतिबन्ध, नाकाबन्दि, थप आक्रामकता, घ्रिणाले निकटता बढाउँदैन । त्यसले शान्तिकालागि थप मार्ग खोल्दैन । कथित चासोहरु, निहित स्वार्थ, राता रेखाहरू (रेड लाईन्स) कोरेर हुँदैन । त्यसले झनै दूरी बढाउँछ । बरु युक्रेन र रसिया दुवैको न्यूनतम आवश्यकताहरू बुझ्नको लागि मतभेदहरू मिलाउनेतर्फ लाग्न सक्नुपर्छ । लामो दूरी, लामो यात्रा, दिर्घकालिन समयकालागि समाधान खोज्न त्यो नभै संभव हुन्न ।

तपाइँको प्रतिक्रिया