बुधबार, वैशाख १२, २०८१

युक्रेनी राष्ट्रपती र पुटीनका आलोचक नाभाल्नीद्वारा फ्रान्सको राष्ट्रपति निर्वाचनमा माख्रोंलाई मतदान गर्न आह्वान

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ८ गते १८:३१

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों (देब्रे) र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सी युक्रेनको राजधानी कीभमा, ८ फर्वरी २०२२ मा बैठकमा फोटोको लागि पोज दिंदै । फोटो-Photo-CFP via mosco times

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र जेलमा परेका पुटीनका आलोचक अलेक्सी नाभाल्नीले आइतवार हुने दोस्रो चरणको राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंलाई मतदान गर्न आव्हान गरेका छन् ।

ति दुबै जनाले अलग अलग तरिकाले माख्रोंको पक्षमा आफ्नो समर्थन जनाएका हुन् ।

माख्रोंका प्रतिद्वन्दी अति दक्षिणपन्थि नेत्री मारिन ल पेन रूस-मैत्री मानिन्छन् । नाभाल्नीले माख्रोंलाई आफ्नो समर्थन रहेको ट्वीट गर्दै दुई राष्ट्रपति उम्मेदवारहरूले फ्रान्स १ टिभीमा बहस गर्नु केहि समय अघि फ्रान्सेली नागरिकहरुलाई माख्रोंको पक्षमा मत दिन आव्हान गरेका हुन् ।

युक्रेनी राष्ट्रपती जेलेन्स्कीले एक टिभी अन्तर्वार्तामा आफूले फ्रान्सेली चुनावलाई प्रभावित गर्न नचाहेको तर माख्रोंको पक्षमा रहेको बताएका थिए ।

“एक रूसी राजनीतिक कैदीले फ्रान्सका मतदाताहरूलाई सम्बोधन गर्नु एकदमै विडम्बनापूर्ण छ । म पक्कै पनि बिना कुनै हिचकिचाहट अप्रिल २४ मा एमानुयल माख्रोंलाई मतदान गर्न फ्रान्सका जनतालाई आग्रह गर्दछु” नाभाल्नीले फ्रान्सेली र अंग्रेजीमा पोस्ट गरिएको लामो ट्विटरमा भने ।

नाभाल्नीले ल पेनको पार्टीले पुटिनको कुख्यात मनी लाउन्डरिङ संगठन ‘फर्स्ट चेक-रूसी बैंक’बाट ९० लाख युरो ऋण प्राप्त गरेकोमा आफू स्तब्ध भएको बताए ।

“मलाई एक मिनेटको लागि पनि शंका छैन कि यी मानिसहरूसँगको वार्ता र उनीहरूसँगको सम्झौतामा छायापूर्ण राजनीतिक भाग पनि समावेश थियो” ४५ वर्षीय नाभाल्नीले भने “यो भ्रष्टाचार हो । यसले पुटिनलाई राजनीतिक प्रभाव बेचिरहेको छ ।”

नाभाल्नीले फ्रान्स आफ्नो हृदयको नजीक रहेको र उनले धेरै कारणले फ्रान्सेलीलाई सम्बोधन गर्नसक्ने महसुस गरेको बताएका छन् ।

फ्रान्सेली कस्मेटिक्स कम्पनी यिभ्स रोसेरलाई उल्लेख गर्दै उनले भने “फ्रान्सेली कम्पनीले गरेको आपराधिक उजुरीका कारण म जेलमा छु ।”

सन् २०१४ मा एक रूसी अदालतले नाभाल्नीलाई युरोपेली मानव अधिकार अदालतले मनोमानी तरिकाले यिभ रोसेरको रूसी सहायक कम्पनीमा भ्रस्टाचार गरेकोमा दोषी पाएको घोषणा गरेको थियो ।

उनलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो । तर सन् २०२१ मा जेल सजाय भोग्न आदेश दिइएको थियो ।

विषाक्त आक्रमणपछि जर्मनीमा उपचार गराएर रुस फर्किएका नाभाल्नी गत वर्ष जेल परेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने माख्रोंलाई आफ्नो समर्थन बढी सतर्क भएर गरेका थिए ।

“तपाईंको देशमा जे हुन्छ त्यसलाई प्रभाव पार्ने अधिकार मसँग छ भन्ने मलाई लाग्दैन । तर म भन्न चाहन्छु, मेरो एमानुएल माख्रोंसँग सम्बन्ध छ र म त्यो गुमाउन चाहन्न भन्न चाहन्छु” उनले फ्रान्सेली टिभी स्टेशन बि एफ एमलाई भने ।

उनले रुस-युक्रेन मुद्दामा ल पेनको धारणा गलत रहेको बताए । “यदि ल पेनले आफूले गल्ती गरेकि रहिछु भन्ने बुझिन भने हाम्रो सम्बन्ध परिवर्तन हुन सक्छ” जेलेन्स्कीले भने।

ल पेन युद्ध अघि पुटिनको खुल्ला प्रशंसक थिईन् । उनले राष्ट्रपतिको हैसियतमा रुसी तेल र ग्यासमा युरोपेली प्रतिबन्धहरू रोक्ने बताइन् ।

अति दक्षिणपन्थी उम्मेदवार उनले यो पनि भनेकी छन् “यदि उनी राष्ट्रपति भएमा फ्रान्सले फेरि एक पटक नाटोको सैन्य कमाण्ड छोड्नेछ र रसिया-नाटोलाई मिलापको लागि आह्वान गर्ने छ ।”

तपाइँको प्रतिक्रिया