शनिबार, वैशाख १५, २०८१

‘देश फेर्न सकिएन, अब नेता फेर्नु पर्छ’

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ९ गते ३:४७

देशमा स्थानिय चुनावको रौनक छ । ठुला पार्टीहरु वार कि पारको स्थितिमा छन । खास गरेर नेपाली कांग्रेसलाई यो चुनाव जीवन कि मृत्‍यु बराबर हो । पछिल्ला स्थानिय, प्रदेश र केन्द्रिय चुनावमा नराम्रो हार ब्यहोरेको नेपाली कांग्रेसलाई अबका चुनावहरु समग्र पार्टीको अस्तित्वसँग जोडीएका छन ।

नेपाली कांग्रेस खास गरेर पार्टी सभापति शेरबहादुर देउवाले लगातार गम्भिर गल्तिहरु गरिरहेका छन । गठवन्धनका नाममा गरिएका कतिपय निर्णयहरुले पार्टी भित्र गहिरा खाडल बनाउँदै गैरहेका छन । उनकै सहयोगी नेताहरु नै अहिले उनीप्रती खुशी छैनन । यो चुनावमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले केन्द्रिय आदेशलाई वेवास्ता गर्ने ठूलो सम्भावना छ । कार्यकर्ता र मतदाताले देउवाको आदेशलाई चुनौती दिंदै मतदान केन्द्रमा प्रवेश गरे भने नेपाली कांग्रेस इतिहासमै पहिलो पटक मसिनो दायरामा खुम्चिने पक्का छ ।

एमालेको अवस्था पनि त्यति सुलभ देखिंदैन । लामो समय देशको सर्वोच्च निकायमा रवाफपूर्ण उपस्थिती जनाएको एमालेसँग अनगिन्ती आश्वाशन बाहेक जनतालाई दिनसक्ने केहि छैनन । किनभने लगभग दुई तिहाइ बहुमतका साथ सरकार चलाऊनु चानचुने कुरा थिएन । साढे तीन वर्षको समय त्यति छोटो पनि थिएन । तर केपी ओलीले शुरुका दुई वर्ष जनतालाई आश्वाशन बाँडेरै बिताए । बाँकि डेढ वर्ष आपसी कलहमा बिताए । जनताले ‘फेरी चुनाव त आओस’ भनेर अहिलेसम्म पर्खेका छन । त्यसैले ओलीका आश्वाशन र उखानले अहिलेको स्थानिय निर्वाचनमा खासै प्रभाव पार्नसक्ने अवस्था देखिंदैन ।

माओवादी र माधव नेपालको पार्टीले अहिले नै हार स्विकार गरिसकेका छन । उनिहरुलाई कहिंकतै नेपाली कांग्रेसले बचाइदेला कि भन्ने झिनो आशा छ । तर कांग्रेस आफैं कसरी बाँच्ने भन्ने खतरनाक पहरोमा छ जहाँँबाट उ खस्न पनि सक्छ । जोगिन पनि सक्छ । माओवादी र माधव नेपालको पार्टीलाई जोगाएर राख्न सक्ने कुरै भएन । के होला त यो स्थानिय निर्वाचनमा ? जनता के चाहन्छन ? कस्तो उम्मेद्वार चाहन्छन ?

ठूला पार्टीहरुले जनताका मनमा उब्जिने महत्वपूर्ण प्रश्नहरुलाई सम्बोधन गर्न सकेका छैनन । त्यसले पनि यो स्थानिय निर्वाचन वा त्यसपछिका प्रदेश र संघिय निर्वाचनहरुमा साना पार्टीहरुलाई जनताले चुन्नसक्ने सम्भावना बलियो बन्दै गएको छ ।

त्यसो त, ठूला पार्टीहरुलाई अझै पनि के लागेको हुन सक्दछ भने हामीहरुले चलाएको सिन्डिकेटले लामो समय काम गर्न सक्छ । तर परिस्थिती अलि फरक भएको छ । पार्टी भन्दापनि आफ्नो भविष्य र गतिलो देश हेर्न चाहने नयाँँ पुस्ताको ठूलो जमात यो स्थानिय निर्वाचनमा पहिलो पटक मतदान केन्द्र भित्र छिर्दै छ । पक्कै पनि यो पुस्ता पुराना र ठूला भनिएका पार्टीहरुलाई देशको जिम्मा दिने सोचमा छैन ।

अर्कोतिर पुराना मतदाताहरु समेत कुनै नयाँँ अनुहारलाई मौका दिनुपर्ने पक्षमा देखिन्छ । हामीले नेपालका विभिन्न ठाउँबाट काठमाडौं आएका यात्रुहरु, विद्यार्थी र ट्याक्सी चालकसँग कुरा गरेका थियौं । उनिहरु मध्ये सबैको ‘अबको निर्वाचनमा नयाँँ दलहरुलाई अवशर दिनुपर्ने कुरामा एकमत देखियो ।

बिमल घिसिङ् दुई वर्ष देखि काठमाडौंमा ट्याक्सी चलाऊँदै आएका छन । काभ्रेका स्थायी वासिन्दा घिसिङ्ले यस भन्दा अगाडिको चुनावमा सूर्यमा भोट् खसालेका थिए । उनले सूर्यमा भोट मात्र खसालेनन हप्तौंसम्म एमालेको चुनाव प्रचारमै खटिए ।

‘अहिले कसलाई दिने आफ्नो मत ?’ हाम्रो प्रश्न ।

राजेन्द्र लिङ्देनको पार्टीलाई- उनको उत्तर ।

‘किन नि ? एमालेको चुनाव प्रचार नै गरेको कार्यकर्ता कसरी राप्रपामा भोट् हाल्नुहुन्छ ?’

हामीले नेताहरुलाई धेरै विश्वास गर्‍यौं । तर सधैंभरी विश्वासघात मात्रै भयो । देश फेर्न सकिएन । अब नेता फेर्नु पर्छ सर- उनले भने ।

घिसिङका अनुसार पुराना नेताहरुले जनतालाई धेरै छक्याए । अहिले राजेन्द्र लिङ्देनको कुरा चर्को सुनिएको छ । राम्रो पनि सुनिएको छ । नयाँ मान्छेलाई पनि हेर्नुपर्‍यो ।

उनको भनाईमा लिङदेन युवा र स्पष्ठ बक्ता भएकालेपनि उनलाई जिताएर चाख्नुपर्छ ।

त्यस्तै, चितवन रामपुरबाट आएका एकजना यात्रु देशभक्त भण्डारीलाई पहिले त हामीले सोध्यौं- तपाईं कुन पार्टीको मान्छे ?

म नेपाली कांग्रेसको- उनले भने ।

भोट पनि कांग्रेसलाई नै त दिने होला नि ?

‘होइन सर । म सैद्दान्तिक रुपमा नेपाली कांग्रेसप्रति आस्था राख्छु । तर भोट् दिंदा मान्छे हेरेर दिने हो । सिद्दान्तले मात्र समाज सुधार गर्न सक्छ जस्तो लागेन । समाज सुधारका लागि देश प्रति मायाँ भएको आँटिलो मान्छेको आवश्यकता छ ।’

पछिल्लो स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको नगर प्रमुखमा प्रचन्ड पुत्रीलाई मत हाल्न कार्यकर्ता र मतदाता दुबैलाइ अनुरोध नै गरेको थियो । नेपाली कांग्रेसको आग्रह अनुसार धेरै मतदाता र कार्यकर्ताले उनलाई मत पनि दिए । जितिन पनि ।

‘तपाईंले दिनुभयो रेणु दाहाललाई आफ्नो भोट् ?’ हामीले प्रश्न गर्‍यौं ।

‘मैले पार्टीले भने अनुसार नै उनलाई मत दिएको हुँ । खासमा मेरो मत खेर गएन । धेरै नेताहरुले चुनावमा दिएका आश्वाशनलाई चुनाव पछी बिर्सिन्छन । तर उनले आफ्ना केहि आश्वाशन भने पुरा गरिन् ।’

‘देशमा कसैले केहि नगरिरहेको अवस्थामा भरतपुरमा उनको काल सुखद नै मान्नु पर्दछ- भण्डारीले भने ।

अहिले पनि नेपाली कांग्रेसले रेणु दाहाललाई नै आफ्नो उम्मेद्ववार बनाएको छ । तथापी भरतपुरको नेतृत्वमा राप्रपा आओस भन्ने उनको चाहना छ ।

इटहरीबाट पढाईको शिलशिलामा राजधानी आएका विद्यार्थी राजदेव मण्डल कुनै पनि पार्टीको नाममा आफूले मत नदिने बताउँछन ।

“हुन त म नेपाल विद्यार्थी संघको सदस्य हुँ । तर भोट दिंदा भने काम गर्ने र समाजले विश्वास गरेको ब्यक्तिलाई दिन्छु । अरुले पनि यसै गरुन भन्ने चाहन्छु” उनले भने ।

उनी मात्र होइन धादिङका राजाश्री पाण्डेको सोच पनि उस्तै छ । लगातार एमालेका उम्मेद्वारलाई भोट हालेका उनले यसपाली भने पार्टीलाई नभएर ब्यक्तिलाई भोट् दिने मनस्थितीमा छन ।

“पार्टीको नाममा भोट् खाने अल्छिहरुलाई जिताएर समाज परिवर्तनको कल्पना गर्नु मुर्खता हो” पाण्डेले भने ।

रुपन्देहीको एउटा माध्यामिक विद्यालयकी शिक्षिका रोजीना श्रेष्ठको विचार पनि उस्तै छ । हरेक निर्वाचनहरुमा नेपाली कांग्रेसलाई मत दिदै आएकी उनले यसपटक भने कांग्रेसलाई भोट नदिने पक्का गरिसकेकी छन ।

“यो पटक मैले रुखमा भोट् हाल्दिन” उनले भनिन ।

‘किन नि ?’ हामीले सोध्यौं ।

नेपाली कांग्रेसका नेताहरुले आश्वाशन धेरै दिए । तर काम भएन । यसपटकको मेरो भोट राजेन्द्र लिङ्देनको पार्टीलाई । लिङ्देनका कुरा मन पर्दा र जोशिला छन । उनले अहिले ठ्याक्कै जनताको मनको कुरा गरिरहेका छन । एक पटक उनको पार्टीलाई मौका दिनु पर्दछ” उनले भनिन् ।

२०७४ को निर्वाचनपछी अहिलेसम्मको यो पाँच वर्षमा देशमा ३६ लाख ६१ हजार २ सय ९९ युवा मतदाता थपिएका छन । यो युवाहरुको समुह नै अहिलेको निर्वाचनका लागि निर्णयक समुह हो । यदि पुराना मतदाताहरुले आआफ्नो पार्टीलाई नछोडेपनि अहिले थपिएको यो युवा जमातले मत परिणाममा उथलपुथल गराइदिन सक्दछ ।

महत्वपूर्ण पक्ष के छ भने यो युवा जमातले समाजको पार्टीगत वैद्दता तोड्दै पुराना पार्टीहरुलाई भने वहिस्कार गर्ने छन । त्यसको फाईदा राप्रपाका लिङ्देन जस्ता युवा नेता र केहि स्वतन्त्र उम्मेद्वारलाई हुने छ ।

तपाइँको प्रतिक्रिया