आइतबार, मंसिर १८, २०७९

रुस-युक्रेन युद्धले ध्रुविय देशहरुको भूराजनीतिक सन्तुलन खतरामा

जोआना योर्क२०७९ वैशाख १० गते १९:५६

Image Credit-mrnussbaum.com

रुसले उत्तर ध्रुविय क्षेत्र (आर्कटिक) मा नाटोका युरोपेली र अमेरिकी सदस्यहरूसँग समुद्री सीमा साझेदारी गर्दछ । वातावरणीय सरोकार र आर्थिक चासोहरूले सामान्यतया यस क्षेत्रको सहकार्यमा प्रभुत्व जमाएको छ । रुस- युक्रेन युद्धले सावधानीपूर्वक राखिएको यस सन्तुलनलाई बिगार्ने जोखिम उत्पन्न गरिदिएको छ ।

आर्कटिक काउन्सिल अन्तरसरकारी फोरममा रूसका वरिष्ठ कूटनीतिज्ञ निकोलाई कोर्चुनोभले अप्रिल १७ मा युक्रेनमा युद्ध सुरु भएदेखि आर्कटिकमा नाटोको बढ्दो उपस्थितिको प्रसंग उठाए । उनले मार्चमा यस क्षेत्रमा नाटोको बिस्तारलाई उल्लेख गरे । किनकि उत्तर ध्रुविय क्षत्रका फिनल्याण्ड र स्वीडेन नाटोमा प्रवेशकालागि लामो योजनाबद्ध सैन्य अभ्यास रुसका लागि चिन्ताको कारण भएको बताए ।

“गठबन्धनले भर्खरै उत्तरी नर्वेमा अर्को ठूलो सैन्य अभ्यास गरेको छ । हाम्रो विचारमा त्यसले यस क्षेत्रको सुरक्षामा योगदान गर्दैन” उनले भने ।

यदि पश्चिमी सैन्य गठबन्धनले आफ्नो आर्कटिक गतिविधिहरू जारी राख्यो भने अनपेक्षित घटनाहरू हुनसक्छन् ।” ती के हुन सक्छन् भन्ने उल्लेख नगरि उनले भने “संसारको यस्तो अद्वितीय भागमा कुनैपनि प्रकारको घटनाहरूले कमजोर सन्तुलनलाई बाधा पुऱ्याउन सक्छ ।”

आर्कटिक ऊर्जा स्रोतहरू र ढुवानी मार्गहरूको लागि सम्भावित सुनको खानी हो, जुन प्राय: आर्कटिक राज्यहरू बीचको जटिल द्विपक्षीय सम्झौताहरूद्वारा शासित हुन्छ । आठ आर्कटिक देशहरू – क्यानाडा, फिनल्याण्ड, डेनमार्क, संयुक्त राज्य अमेरिका, आइसल्याण्ड, नर्वे, स्वीडेन र रूस सामान्यतया एक अर्कामा सहयोग गर्दछन्।

तिनीहरूको साझा आर्कटिक तटीय रेखाद्वारा संयुक्त, कठोर वातावरणीय अवस्थाहरूले उनीहरूलाई प्रभावकारी खोज र उद्धार कार्यहरू सञ्चालन गर्न सहमत गराउँछ । आधारभूत रूपमा समुद्री कानून, वातावरणीय सन्तुलन र सुरक्षा आवश्यकताहरूमा सम्झौताहरू बनाउनसमेत प्रेरित गरेको छ ।

युनिभर्सिटी कलेज अफ लन्डनको राजनीति विज्ञान विभागमा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान र सुरक्षा विषयका व्याख्याता डा मेलानी गार्सनले भने “आर्कटिकका सम्बन्धहरू चाँडै, सजिलै वा हल्का रूपमा टुट्न र टुटाउन सकिने खालका होइनन्, न त हुनैपर्छ” फ्रान्स २४ सितको अन्तर्वार्तामा उनले भने “आर्कटिकमा महत्वपूर्ण मुद्दाहरू छन् जुन अल्पकालीन र दीर्घकालीन स्थिरताका लागि स्थिर राख्न आवश्यक छ ।”

तर युक्रेनमा रुसको आक्रमणले यस सावधानीपूर्वक सन्तुलनमा बाधा पुर्‍याइरहेको संकेतहरू छन् । रुसले हाल पाँच नाटो सदस्य राष्ट्रहरूका साथै फिनल्याण्ड र स्वीडेनसँग आर्कटिक तटवर्ती भाग साझा गर्दछ । ती सबैले युक्रेनलाई रूसी आक्रमणको बिरूद्ध लड्नकालागि मद्दत गर्न सैन्य र आर्थिक सहयोग पठाइरहेका छन् ।

रूस बाहेक आर्कटिक काउन्सिलका सबै सदस्यहरूले मार्चमा घोषणा गरे ‘उनीहरूले युक्रेनको सार्वभौमसत्ताको उल्लंघन” को कारणले गर्दा २०२३ सम्म एट्लान्टिक काउन्सिलको अध्यक्षता गरि रूसमा हुने वार्ता बहिष्कार गर्ने घोषणा गरे । त्यसले गर्दा यो समूहको काम रोकिएको छ ।

“यो धेरै असामान्य छ” गार्सन भन्छन् “आर्कटिक काउन्सिल तनावको अवधिबाट बचेको छ । तर हामीले युक्रेनमा जे देखिरहेका छौं त्यो इतिहासको ठूलो मोड हो । हामी यसलाई खारेज गर्न सक्दैनौं । किनभने यसले कसरी गठबन्धनका प्रयास र परीक्षणहरूलाई असर गर्न सक्छ भन्ने अनुमान गर्नपनि गाह्रो । त्यसलाई खारेज गरेमा झनै बढी नकात्मक परिणाम निस्किन सक्छ ।”

आर्कटिकमा राजनीतिक र आर्थिक सरोकारहरू यसको अद्वितीय र द्रुत रूपमा परिवर्तन हुने जलवायुद्वारा परिभाषित गरिएको छ । जबकि दक्षिण ध्रुव (साउथ आर्कटिक) जङ्गलले ढाकिएको छ । त्यसबाहेक उत्तरमा भूमि रूखविहीन हुन्छ । टुन्ड्रा, मरुभूमि र बरफको प्रभुत्व हुन्छ यो भाग जुन जलवायु परिवर्तनका कारण द्रुत रूपमा पग्लिरहेको छ ।

विगत ३० वर्षमा आर्कटिकको सबैभन्दा बाक्लो हिउँ ९५ प्रतिशतले घटेको छ । यदि हरितगृह ग्यास उत्सर्जन हालको दरमा बढ्दै गयो भने आर्कटिक २०४० सम्म गर्मी याममा बरफबिहिन हुन सक्छ । बढ्दो मानव चापले प्राकृतिक परिदृश्यमा थप खतरा खडा गर्ने छ जुन मानव चापका कारण पहिले नै दबाबमा छ ।

परम्परागत रूपमा अति बदलिंदो जलवायु अवस्था अन्तर्राष्ट्रिय सहयोगको प्रमुख कारण भएको छ । आर्कटिक काउन्सिलको गठनको लागि पहिलो चरण आर्कटिक राज्यहरू र आदिवासी जनजातिको संगठनहरू बीचको सम्झौताको रूपमा १९९१ मा हस्ताक्षर गरिएको आर्कटिक वातावरण संरक्षण रणनीति (आर्कटिक इन्भाईरोमेन्ट प्रो-टेक्सन स्ट्राटेजी) थियो।

तर बरफको नाटकीय क्षतिले यस क्षेत्रको राजनीतिक र आर्थिक परिदृश्य परिवर्तन गरिरहेको छ । नर्वेजियन इन्स्टिच्युट फर डिफेन्स स्टडीजका प्रोफेसर कटार्जिना जिस्कले भनेका छन् “हामीकहाँ संसारको उच्च स्थानमा पाँचौं महासागर बन्ने क्रम खुला भएको छ। जब त्यो महासागर खुला हुन्छ, यो आर्थिक र सैन्य उद्देश्यका लागि प्रयोग हुने छ।”

रूसमा बरफ पग्लिएर भएको हानीले सैन्य चाखको केन्द्रिक्रित उद्देश्यलाई पनि परिवर्तन गरिरहेको छ । कुल आर्कटिक महासागर तटरेखा मध्ये ५३ प्रतिशत रूसी छ ।

“यो एक विशाल, धेरै विशाल क्षेत्र हो” जिस्क भन्छन् “ती सिमानाहरू बरफले सुरक्षित राखेका थिए । तर अहिले बरफ हराउँदैछव्। यसको मतलब यो क्षेत्र रसियामाथि आक्रमण गर्न सम्भावित रूपमा प्रयोग गर्न सकिन्छ ।

फलस्वरूप, रुसले सुदूर उत्तरमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ । यसको सबैभन्दा स्पष्ट उदाहरण यसको आर्कटिक नौसेना हो ।यो उत्तरी कुनामा (नर्दन फ्लिट) २०१४ मा स्थापित गरेको थियो । फिनल्याण्ड र नर्वेको सिमानामा कोला प्रायद्वीपमा खडा गरिएको छ त्यसलाई ।

यसको हतियारमा आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्रहरूले सुसज्जित पनडुब्बीहरू, पनडुब्बी विरोधी विमान, विमान वाहकहरू र मिसाइलहरूले सशस्त्र जहाजहरू समावेश गरेको छ ।

“नर्दन फ्लीट रूसी नौसेनाको सबैभन्दा बलियो भाग हो” जिस्क भन्छन् “रसियासँग कोला प्रायद्वीपमा रणनीतिक सबमाराइनहरू र अन्य महत्त्वपूर्ण गैर-आणविक क्षमताहरूको सबैभन्दा ठूलो हिस्सा छ ।”

‘युक्रेन खेल परिवर्तक’

नर्दन फ्लीटको स्थापना रसियाले युक्रेनबाट क्रिमियन प्रायद्वीपको विलयसँग तालमेल मिलायो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका लागि अन्य आर्कटिक राज्यहरूको लागि दवाव स्रिजना गरेर आर्कटिकमा रूसको सैन्य गतिविधिहरूले बढ्दो आक्रामक स्थिति बनाइदियो ।

“आर्कटिकमा नाटो चासोको प्रमुख तनाव क्रिमियाको विलय पछि आयो” जिस्क भन्छन् “युक्रेन एक खेल परिवर्तक थियो । किनकि रुसले आर्कटिकमा सामान्यतया सहयोगी र भविष्यवाणी गर्न सक्ने भएपनि नाटोले आर्कटिकमा आफ्नो सैन्य विस्तारबाट रूसले युक्रेनमा के गरिरहेको थियो भनेर त्यसलाई अलग गर्न सकेन ।”

यसको अर्थ आर्कटिकमा नाटोको उपस्थिति बढाउनु पनि थियो । किनकि धारा पाँच यस क्षेत्रमा रुसी आक्रमणबाट उत्प्रेरित भएको थियो । नाटो समूहले आवश्यक सामूहिक रक्षा प्रदान गर्न सक्थ्यो । तर रुसले पनि आफ्नो सेनालाई निरन्तरता दिएको छ ।

गैर-नाफामुखी नीति अनुसन्धान संगठन ‘द सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेशनल स्टडीजका अनुसार सन् २०१६ पछि यसले आर्कटिकमा आफ्नो सैन्य अभ्यासको आवृत्तिलाई बढायो । यसले आर्कटिकको पानी भन्दा बाहिरको शक्ति प्रक्षेपण गर्ने र समुद्री नियन्त्रणमा जोड दिने क्षमता प्रदर्शन गरेको छ ।

युक्रेनमा हालको युद्धले फेरि एक पटक दवाव स्रिजना गरेको छ। स्वीडेन र फिनल्यान्ड नाटोमा सामेल हुन दुबैले गम्भीरताका साथ विचार गरिरहेका छन् । यदि ति सामेल भएमा रुस बाहेक सबै आर्कटिक राज्यहरू सैन्य गठबन्धनको हिस्सा हुनेछन् ।

“नाटोले कसरी आर्कटिक गठबन्धन भित्र ति देशहरु बस्छन् भन्ने रणनीतिक पुन: मूल्याङ्कन गर्नेछ । र नाटोले लिने निर्णयहरूले भविष्यको सम्बन्ध पूनर्भाषित गर्नेछ” गार्सन भन्छन् “यस सम्भावित नाटो विस्तारको बारेमा रसियाबाट आएको हल्लालाई ध्यानमा राख्दै यसले तनाव निम्त्याउन सक्छ ।”

यि पछिल्ला परिवर्तनले अप्रिल १४ मा धम्की निम्त्यायो । यदि स्वीडेन र फिनल्याण्ड नाटोमा सामेल भएमा रसियाले बाल्टिक क्षेत्रमा आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने छ ।

“त्यहाँ केहि परिदृश्यहरू छन् जुन तपाईंले कल्पना गर्न सक्नुहुन्छ, जहाँ रूसले आर्टिकल पाँचलाई चुनौती दिनेछ” जिस्क भन्छन् “एउटा सम्भावना रूसले आर्कटिकमा त्यो चुनौति दिन सक्छ । किनभने त्यहाँ अन्य नाटो राज्यहरूको तुलनामा त्यहाँ अपेक्षाकृत बलियो सैन्य उपस्थिति छ ।”

‘आर्कटिक क्षेत्रमा प्रमुख अभिनेता

यद्यपि, रूसले आर्कटिकमा आक्रमणको लागि आफ्नो सैन्य बल निर्माण गरिरहेको भने छैन । त्यहाँ सुरक्षा गर्नुनै उसकालागि प्रशस्त छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण द्वारा सन् २००८ को एक अध्ययनले पत्ता लगाए अनुसार आर्कटिक पृथ्वीमा सबैभन्दा ठूलो अनपेक्षित तेल र ग्यास भण्डारको घर हुनसक्छ जसले अरबौं ब्यारेल यकिन नगरिएको ऊर्जाका स्रोतहरू भण्डारण गर्दछ । धेरै भण्डारहरू रूसी समुद्रहरूको तटीय भागमा रहेको मानिन्छ ।

तेल र ग्यास मात्र सम्भावित सम्पत्ति होइन । “यो क्षेत्र ऊर्जामा मात्र होइन, खनिज स्रोतहरूमा पनि धेरै धनी छ जसमध्ये धेरैजसो रूसी आर्कटिकमा छन्” जिस्क भन्छन् “विश्वमा बढ्दो खाद्य संकटलाई ध्यानमा राख्दै त्यहाँ धेरै राम्रोसँग संरक्षित माछा भण्डारहरू पनि घोषणा गरिएका छन् जुन मूल्यवान छन् ।”

त्यसबाहेक, त्यहाँ यातायात हबको रूपमा आकर्षक आर्थिक भविष्यको सम्भावना छ । रूसको उत्तरी तटमा चल्ने उत्तरी समुद्री मार्ग हाल धेरै वर्षको लागि बरफ द्वारा अवरुद्ध छ । तर यदि नभएपनि यो एक अत्यधिक लाभदायक शिपिंग च्यानल बन्न सक्छ । उदाहरणका लागि, चीन र युरोप बीचको सामान ढुवानीका लागि ढुवानी समय र इन्धन लागत नाटकीय रूपमा घटाउन सकिन्छ । यदि तिनीहरूले दक्षिण एसिया र स्वेज नहर हुँदै हालको मार्गको सट्टा आर्कटिक हुँदै यात्रा गर्न सके भने ।

यी सम्भावित भविष्यका परिदृश्यहरूले आर्कटिकमा अन्तर्राष्ट्रिय चासो बढाएको छ। आर्कटिकमा क्षेत्रहरुमा भएको आठ प्रारम्भिक सदस्यहरुको अतिरिक्त, आर्कटिक परिषद मा १३ काउन्सिल पर्यवेक्षकहरु छन् जसले यो क्षेत्रमा परियोजनाहरु प्रस्ताव गर्न सक्छ। यसमा फ्रान्स, जर्मनी, बेलायत र विशेष गरी चीन समावेश छन् जसले सक्रिय रूपमा आर्कटिक अनुसन्धान स्टेशनहरू स्थापना गर्दै छन् । र खानी र ऊर्जामा लगानी गरिरहेका छन्।

आर्कटिकको वैभावमा रहेको यो अन्तर्राष्ट्रिय चासोले पनि रुसलाई यस क्षेत्रमा बढी प्रभावशाली भूमिका खेल्न बाध्य बनाएको छ । “यसले रूसलाई आफ्नो स्थिति बलियो बनाउन उत्प्रेरित गरिरहेको छ । किनकि रूसले आफूलाई आर्कटिकमा प्रमुख अभिनेताको रूपमा हेर्छ । बिभिन्न खाले महत्व र रणनितिक कारणले यदि तपाइँ भूगोललाई हेर्नुहुन्छ भने रुसका लागि त्यो निकै महत्वपूर्ण छ” जिस्क भन्छन् ।

तथापी अहिलेसम्म युक्रेनमा आर्कटिक राज्यहरूलाई एकअर्काको विरुद्धमा खडा गर्ने टकरावको बाबजुद पनि सुदूर उत्तरमा सैन्य झडपहरूमा यो भूमिका विस्तार गर्न रसिया लालायित देखिन्छ ।

“मेरो अध्ययन अनुसार रूस वास्तवमा तनाव र द्वन्द वृद्धि हुनबाट बच्न कोशिस गरिरहेको छ” जिस्क भन्छन् ।

मार्चको शुरुमा फिनल्याण्ड र स्वीडेनसँग नाटोको अभ्यास पछि नाटो सेनाहरूले मार्च २५ मा नर्वेमा अर्को अभ्यासमा भाग लिए । रुसको प्रतिक्रिया मौन थियो । रुसले त्यसको विरोधमा एक वक्तव्य जारी गर्‍यो । र त्यसैको प्रतिक्रियास्वरुप आफ्नै सैन्य प्रशिक्षण अभ्यासहरू सञ्चालन गर्‍यो।

“नेटोले आफ्नो सिमाना नजिकै सैन्य अभ्यास गर्दा रूसले सधैं विरोध गर्छ” जिस्क भन्छन् “तर हामीले आर्कटिकमा रूसबाट कुनै उत्तेजक व्यवहार देखेका छैनौं । मलाई लाग्छ रुसले वास्तवमा युक्रेनमा भएको द्वन्द्वलाई अन्तर्राष्ट्रिय प्रतिक्रिया बढाउनबाट जोगिन खोजिरहेको छ । र यसको सेना पनि त्यहाँ पूर्ण रूपमा संलग्न छ ।

यस्तो चुनौतीपूर्ण प्राकृतिक परिदृश्यले प्रभुत्व जमाउने विश्वको एउटा भागमा आर्कटिक राज्यहरू बीचको सहयोग र सहयोगको आवश्यकताले अन्ततः राजनीतिक तनावलाई अनावस्यक भार दिन सक्छ ।

“आर्कटिक द्विपक्षीय र बहुपक्षीय सम्झौताहरूको धेरै जटिल वेबद्वारा शासित छ । मलाई लाग्छ कि राष्ट्रहरू चाँडै तिनीहरूबाट टाढा बचेर रहन सावधान हुनेछन्,” गार्सन भन्छन् । किनकि त्यो राजनीतिक सहयोगको इच्छा हुनेछ ।

(फ्रंस २४ न्युजको आलेखलाई भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया