बिहीबार, चैत १५, २०८०

११८ वर्षीया फ्रान्सेली महिलाद्वारा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको उपाधि दाबी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख १३ गते ४:३९

NICOLAS TUCAT / AFP/via cnbc.com

एक सय १८ वर्षिया एक फ्रान्सेली महिलाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको उपाधी दाबी गरेकि छन् ।

आफ्नो ११८ औं जन्मदिन मनाएकि सिस्टर आन्द्रेले विश्वको सबैभन्दा वृद्ध व्यक्ति आफू भएको भन्दै दाबी गरेकि हुन् । सोमबार आन्द्रे भन्दा एक वर्ष जेठी एक जापानी महिलाको मृत्युको घोषणा भएपछि उनले आफ्नो दाबी गरेकि हुन् ।

सिस्टर आन्द्रे भनेर चिनिने लुसिल रान्डनको दक्षिणी फ्रान्समा ११ फर्वरी १९०४ मा जन्म भएको थियो । उनी जन्मँदा पहिलो विश्व युद्ध हुन अझै एक दशक बाँकी थियो ।

उनी हाल भूमध्यसागरको तटस्थित तुलों शहरको एक नर्सिंग होममा बस्छिन् । हरेक दिन उनको दैनिकि बिहानको खाजा र त्यसपछि बिहानको नित्यबाट सुरु हुन्छ । यद्यपि उनका आँखाले देख्न छोडेकि छन् ।

“उनी खुसी छिन् । उनलाई ध्यान धेरै मनपर्छ” नर्सिंग होमका सञ्चार निर्देशक डेभिड ताभेलाले भनेका छन् ।

उनको वास्तविक लक्ष्य जीन क्याल्मेन्टको उमेरलाई उछिन्ने छ । क्याल्मेन्ट एक फ्रान्सेली महिला हुन् जसको १९९७ मा मृत्यु हुँदा १२२ वर्षको उमेर थियो ।

यस वर्ष सिस्टर आन्द्रेले शुभचिन्तकहरूले पठाएको धेरै पत्र र चकलेटका बक्सहरूमध्ये राष्ट्रपति एमानुएल माख्रोंबाट हस्तलिखित नयाँ वर्षको शुभकामना प्राप्त गरिन् ।

उनले सन्‌ १९४४ मा क्याथोलिक परोपकारी सेवामा भर्ना भएपछि सिस्टर आन्द्रेको नाम अनुसरण गरेकि थिईन् ।

जनवरी १६ मा दक्षिणी फ्रान्सको तुलोँस्थित अवकाश गृहमा कोरोना भाइरस परिक्षण गर्दा उनमापनि संक्रमण भएको पत्ता लागेको थियो । उनी त्यसबेला एक्लै बसेकि थिईन् । उनले कोरोना संक्रमण जितेकि थिईन् ।

४० वर्षको उमेरमा गिर्जाघरमा सिस्टर बन्न जानु अघि राज्यपाल र शिक्षकको रूपमा काम गर्थिन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक