शुक्रबार, चैत १६, २०८०

झुण्डिएन भित्तामा अझै एनआरएनए अध्यक्षहरुको फोटो

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १४ गते ४:०८

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेत्रित्वका बारेमा बाहिर उति चर्चा नसुनिने तर भित्र भित्रै निकै चर्चा हुने एउटा विषय छ- भित्तामा फोटो झुण्ड्याउने । खास गरि अध्यक्षको नेत्रित्व सम्हाल्ने चर्चा र चाख बढेपछि आफ्ना आफ्ना गुट, शुभचिन्तक र समर्थकहरुबिच भन्ने गरिन्छ- कमसेकम अध्यक्ष भईयो भने आजन्म एनआरएनए केन्द्रिय कार्यालयको भित्तामा फोटो झुण्डिन्छ नी !

एनआरएनएको केन्द्रिय कार्यालयको भित्तामा फोटो झुण्डिनु प्रधानमन्त्री, राष्ट्रपतीको फोटो भित्ता भित्तामा झुण्डिए जस्तै हो, प्रवाशी नेपालीका बिच ।

क्षेत्रिय , केन्द्रिय, राष्ट्रिय समन्वय परिष, सल्लाहकार, मनोनित सबैमा त्यो भोक देखिन्छ । चर्चापनि हुन्छ -कमसेकम ईतिहासमा नाम त लेखिन्छ, बुलेटिनहरुमा नाम त आउँछ ।

सबै अध्यक्षमा त्यो सोच पक्कै छैन । तर केन्द्रिय अध्यक्ष हुनु भनेको चाहिँ आम नेपालीका बिच राष्ट्रपती, प्रधानमन्त्रीको फोटो झुण्ड्ए जस्तै ठान्नेहरु निकै छन् ।

त्यसो त, एनआरएन्एका बारेमा चासो राख्ने, समाचार संकलन र अनेक कामले पुग्ने अन्य नेपालीलेपनि एनआरएनए केन्द्रिय कार्यालयमा पुग्दै गर्दा भित्तामा देखिहाल्छन्- केन्द्रिय अध्यक्षहरुको फोटो । यसलेपनि अध्यक्ष बन्ने लालच देखाउने गर्छ ।

हालसम्म केन्द्रिय अध्यक्षहौरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, डा. शेष घले, भवन भट्ट र कुमार पन्तको फोटो मात्रै झुण्डिएको छ । एकै पटक तीन जना अध्यक्ष बनेका कुल आचार्य, रबीना थापा र डा. बद्रि केसीको फोटो भने झुण्डिएको छैन ।

तर यसपटक भित्तामा फोटो झुण्ड्याउने काम ढिलो भएको छ । दशौं केन्द्रिय महाधिवेशन भएको एक महिना बित्दापनि केन्द्रिय अध्यक्षहरुको फोटो भने भित्तामा झुण्डिएको छैन ।

केन्द्रिय अध्यक्ष जम्मा एक जना हुने गरेकाले एक जनाको लागि कुर्सी र टेबलको ब्यवस्था थियो । अब तीन जना अध्यक्ष हुने भएकाले केन्द्रिय कार्यालयको एउटा कोठा फोरेर फराकिलो बनाउन लागिएको छ । उक्त कोठा फोरेर फराकिलो बनाएपछि बल्ल अध्यक्षहरुको लागि फराकिलो ठाउँ हुने छ । त्यसपछि सायद अध्यक्षहरुको फोटो भित्तामा झुण्डिने छ ।

तीन जना अध्यक्ष भएका बेला अध्यक्षकालागि भने एउटा कुर्सी र एउटा टेबल मात्रै देखेपछि नेपालप्लसले एनआरएनए केन्द्रिय कार्यालयका एक कर्मचारीलाई सोधेको थियो- यहाँ त एक जनाकोलागि मात्रै कुर्सी र टेबल रहेछ । बाँकी दुई जना अध्यक्ष कहाँ बस्ने ?

‘ति कर्मचारीले हाँस्दै भने ‘एक जना बस्ने, दुई जना उभिने । हुँदै नभएको ब्यवस्था गरेपछि के गर्ने त ?’

तपाइँको प्रतिक्रिया

फेसबुक