शुक्रबार, वैशाख १४, २०८१

प्रयोगशालाका सेवानिवृत्त मुसाहरू स्विस घरहरूलाई दिने संझौता

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ वैशाख १४ गते १८:५१

स्विजरल्याण्डका प्रयोगशालाहरुमा सेवानिवृत्त भएका मुसाहरु निजि ब्यक्तिहरुलाई पाल्न दिईने भएको छ ।

एक अग्रणी स्विस अनुसन्धान संस्थाले सेवानिवृत्त मुसाहरू निजी व्यक्तिहरूलाई सोखकालागि पाल्न दिनको लागि हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लुसेन (ईपिएफएल) ले पशु कल्याण संघ स्विस एनिमल प्रोटेक्शन (सएस एपी) सँग पशु हस्तान्तरणलाई आधिकारिक बनाउन सम्झौता गरेको हो ।

यो संझौताले सोखका रुपमा मुसा पाल्न चाहने स्विसहरुकालागि बैधानिक मार्ग खुला गरिदिएको छ ।

सम्झौताका सर्तहरू अन्तर्गत इपिएफएलले मुसाहरू दान गर्दछ । ३० दिनको प्रारम्भिक चरणमा उनीहरूको वासस्थानकोलागि मर्मत सम्भारको जिम्मेवारीपनि लिने छ ।

एसएपी द्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार यो संस्था जनावरहरूको अनुकूलताको लागि जिम्मेवार हुनेछ । दीर्घकालीन अभिभावकहरू फेला पार्न खोजिपनि गर्ने छ ।

अनुमान गरिए अनुसार शुरुको केहि महिना मनिसहरु मुसाको अभिभावकत्व लिने कार्यक्रममा प्रवेश गर्ने छैनन् । यद्यपि यो योजनाले राम्रोसँग काम गरेमा संख्या बढ्न सक्छ । यो योजना अन्य जनावरहरूमा पनि विस्तार गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक