बिहीबार, वैशाख १३, २०८१

सांघाई शहरका दुई करोड १० लाख बासिन्दाको सामूहिक कोभिड परिक्षण सुरु

नेपालप्लस संवाददाता २०७९ वैशाख १६ गते ११:२२

Image Credit-https://news.cgtn.com/

चीनको राजधानी बेलिजिङले मंगलबारदेखि आफ्ना सबै दुई करोड १० लाख बासिन्दाहरूको लागि सामूहिक कोरोनाभाइरस परीक्षण सुरु गरेको छ । आर्थिक रुपमा अत्यन्त महत्वपूर्ण मानिने चिनियाँ राजधानीसांघाई कडा तालाबन्दीमा राख्नुपर्ने त्रासले यस्तो निर्णय गरेको हो ।

चीनले सांघाई शहरमा तिब्र संक्रमण हुनबाट जोगाउने कोसिस गरिरहेको छ । तर केहि हप्ताहरूदेखि लगभग पूर्ण रूपमा तालाबन्दि गरिएको छ र मंगलबार ५२२ जनाको कोभिडकै कारण मृत्यु भएको रिपोर्ट छ ।

हालैका दिनहरूमा सहरमा दर्जनौं नयाँ केसहरू फेला परेपछि बेइजिङका अधिकारीहरूले १२ केन्द्रीय जिल्लाका अधिकारीहरूलाई पिसि आर गर्न आदेश दिएका छन् । यस अघि शहरको धेरैजसो जनसङ्ख्यालाई तीन चरणको पीसीआर परीक्षण गराइसकिएको छ ।

राजधानीको सबैभन्दा बढी जनसंख्या भएको डाउनटाउन जिल्ला, चाओयाङ सोमबारदेखि सामूहिक परीक्षणको आदेश दिने पहिलो ठाउँ थियो । मानिसहरूलाई सुरक्षात्मक गियरमा स्वास्थ्यकर्मीहरूले स्वाब गर्न लामो लाइनमा पर्खिरहेका थिए ।

थप एघार जिल्लाले मंगलबारदेखि परीक्षण सुरु गरेका छन् ।

चाओयाङको लागि दिईएको परीक्षण आदेशले आइतवार रातीदेखि नै ब्यापार र खरिदबिक्रिमा आतंकित बनायो । बासिन्दाहरू शपिंग झोलाहरू लिएर सुपरमार्केटहरूमा लाइनमा बसेका थिए । किनकि राज्यद्वारा सन्चालित मिडियाले जनतालाई प्रशस्त आपूर्ति भएको कुरामा आश्वस्त पार्ने प्रयास गरेको थियो ।

बेइजिङका बासिन्दाहरूले उनीहरूलाई सांघाईमा अचानक तालाबन्दी दोहोरिनसक्ने त्रास रहेको एएफपीलाई बताएका थिए । किनभने मानिसहरूले त्यहाँ गैर-कोविड अवस्थाहरूको लागि खाना र चिकित्सा सेवा प्राप्त गर्न संघर्ष गरिरहेका छन् ।

सांघाई शहरका स्वास्थ्य अधिकारी सु हेजियानले सोमवार बेइजिङमा भाइरसको फैलावट अझै नियन्त्रणको दायरा भित्र रहेको बताएका छन् ।

आर्थिक दबाब

राजधानीमा स्थानीयको दैनिक संक्रमित संख्या १६,००० पुगेको छ । त्यसैले बेइजिङका अधिकारीहरू द्रुतरुपमा हुनसक्ने प्रकोपबाट बच्न चिन्तित छन् ।

उनीहरूले कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूलाई घरबाट काम गर्ने अनुमति दिन भनेका छन् । धेरै आवासीय क्षेत्रहरू बन्द गर्न लगाएका छन् । र मे को १ राष्ट्रिय बिदा (अन्तर्राष्ट्रिय श्रमिक दिवश) अघि स्थानीय समूहमा आउने पर्यटनलाई रोकिदिन आग्रह गरेका छन् ।

अधिकारीहरूले बेइजिङका बासिन्दाहरूलाई अत्यावश्यक बाहेक बिदाहरूमा शहर नछाड्न आग्रह गरेका छन् ।

“म अचम्ममा छु कि सरकारले बेइजिङमा हालका हप्ताहरूमा यस्तै प्रकोप भएका अनुभव गर्ने अन्य शहरहरूमा जत्तिकै कठोर र द्रुत रूपमा प्रतिबन्धात्मक नीतिहरू लागू गरेन” आर्थिक मूल्यांकन गर्ने चीनको पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थविद झिवेइ झाङले एक नोटमा लेखेका छन् ।

शून्य-कोविड नीति अन्तर्गत चीनले संक्रमण रोक्न कडा तालाबन्दी, सामूहिक परीक्षण र नियन्त्रित यात्रा प्रतिबन्धहरू प्रयोग गरेको छ ।

तर अधिकारीहरूले अर्थव्यवस्था र व्यापार मनोबललाई खस्कन नदिन यी प्रोटोकलहरूको प्रभावसँग झन्झन् संघर्ष गरिरहेका छन् । विशेष गरी देशका सबैभन्दा महत्त्वपूर्ण शहरहरूमा प्रकोप देखा पर्नथालेपछि उनीहरुलाई चुनौति थपिएको हो ।

चीनमा फैलिएको प्रकोप र सरकारको एन्टि-कोविड नीतिहरूले विश्वव्यापी अर्थतन्त्र, विशेष गरी आपूर्ति शृङ्खलाहरूलाई कसरी असर गर्न सक्छ भन्ने बारे विश्वभरि चिन्ता बढेको छ।

चीनको भित्री भाग (मंगोलिया क्षेत्र) को बाओटो सहर जहाँ दुर्लभ माटोबाट बन्ने सामाग्रि बनाईन्छ, त्यसका प्रमुख आपूर्तिकर्ताले दुई वटा भाइरसका घटनाहरू पत्ता लागेपछि सबै बासिन्दाहरूलाई घरमै बस्नुपर्ने नियम बनाइएको बताएका छन् । प्रत्येक घरबाट एक जना सदस्यलाई मात्र दिनमा एक पटक आवश्यक वस्तुहरू किन्न बाहिर निस्किन पाइन्छ ।

त्यो आदेश सांघाईको तालाबन्दीपछि आएको हो । सोशल मिडिया प्रयोगकर्ताहरू र स्थानीय समाचार आउटलेटहरूले शहरभरि राखिएका हरियो रङका धातुले निर्मित बारहरूका फोटा साझा गर्दै बासिन्दाहरूलाई आफ्नै घरभित्र सीमित राख्न त्यस्तो बनाएको उल्लेख गरेका छन् ।

(एएफपी र फ्रंस न्युज २४)

तपाइँको प्रतिक्रिया