शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने एक लाख डलर भुक्तानी, अन्यलाई नैतिक दवाव

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १६ गते १३:२७

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी अमेरिका) ले आफ्ना सदस्यहरुबापत केन्द्रलाई बुझाउनुपर्ने करिब एक लाख डलर आजै शुक्रवार भुक्तानी गरिदिएको छ ।

एनआरएनएको एक उच्च स्रोतले नेपालप्लसलाई दिएको जानकारि अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, संवाद र केन्द्रलाई रकम पठाउन देखिएका समस्यामा केन्द्रित तहबाट विशेष सहयोग गरेपछि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त रकम केन्द्रमा पठाएका हुन् । सो रकम शुक्रवारनै केन्द्रको खातामा जम्मा भएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुबेदीको नेत्रित्वमा रहेको कार्य समितिले एनआरएनएका करिव २० हजार सदस्यहरुको सदस्यता बापत केन्द्रल्काई तिर्नुपर्ने दस्तुर नबुझाएको भन्दै उनको समितिलाई भंग गरिएको थियो । र सुबेदीको ठाउँमा कृष्ण लामिछानेलाई चयन गरेपछि एनआरएनए भित्र लफडा शुरु भएको थियो ।

अध्यक्ष बुद्धि सागर सुबेदीको नेत्रित्वमा रहेको कार्य समितिलाई खारेज गरेको घोषणा गर्दै कृष्ण लामिछानेलाई अध्यक्षमा चयन गर्ने प्रचारपनि विधिविधानसम्मत थिएन । र यसलाई आइसिसीलेनै अवैधानिक, खारेजी, नियुक्ति केहि निर्णय गरेकोपनि थिएन । किनभने यस अघि अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउउनुपर्ने निर्णय गरेको थियो ।

तर उक्त मितिसम्मपनि धैर्यनगरि एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक प्रकाश सापकोटाको नामबाट बुद्धि सागर सुबेदीको कार्य समितिलाई भंग गरिएको समाचार बाहिरिएपछि विवाद चुलिएको थियो ।

“बुद्धि सागर सुबेदीको समिति वैधानिक हो । कुनैपनि वैधानिक समिति, पद धारकलाई विस्थापित गर्ने भनेको त वैधानिक प्रक्रियाबाटै हो । तर सुबेदीको समितिलाई विस्थापित गर्ने प्रक्रिया अवधानिक देखियो” एनआरएनए स्रोतले भन्यो “कम्तिमा ३० तारिखसम्म सदस्यहरुको रकम बुझाउनुपर्ने भनेर पदाधिकारीको ओबी बैठकले निर्णय गरेपछि त्यो मितिसम्मा त कुर्नुपर्थ्यो नी, समयसिमा अगाडिनै बुद्धि सागर सुबेदीको कार्य समिति खारेज र कृष्ण लामिछानेलाई अध्यक्ष नियुक्त गरेको कुरो आयो, यो पटक्कै वैधनैक थिएन ।”

एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले बुद्धि सागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमिति खारेज भई अध्यक्षमा कृष्ण लामिछाने चयन भएको उल्लेख गरेका थिए भने अर्का क्षेत्रीय संयोजक रामचन्द्र पोख्रेलले भने उक्त निर्णयलाई अवैधानिक भन्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका यथावत् रहेको जानकारी गराएका थिए । केन्द्रिय समितिमा तिर्नुपर्ने लामो समयदेखि रोक्का गरिएको र विवादको मुल जरोका रुपमा रहेको यो विषय सल्टिएको छ ।

अबको बाटो

अमेरिका क्षेत्रको सबैभन्दा ठूलो, पेचिलो र प्रमुख विवादको पाटो सल्टिएपनि अन्य केहि केहि विवादहरु यथावत छन् ।

एनआरएनए अमेरिकाले ‘हामी स्थानिय स्तरमा गठन भएका स्वायत्त संस्था हौं पनि भन्ने, केन्द्रसित आबद्दता र अधिकारपनि खोज्ने, केन्द्रिय विधानलाई लत्याउने गरिरहेको थियो । यो बखेडालाई त्याग्न सनुपर्छ । किनभने एनसिसीहरु स्थानियरुपमा स्वायत्त भएपनि केन्द्रसित आबद्दता भएपछि केन्द्रिय विधानको पालना गर्नै पर्छ । नत्र हामी स्वायत्ता हौं भन्दै केन्द्रलाई लत्याउने अधिकार हुन्न ।

केन्द्रिय समितिले नितिगतरुपमै पारित गरेको एमआइएस सिस्टमलाई एनआरएनए अमेरिकाले अझैसम्म पालना गरेको छैन । यो एम आइ एस पद्दतीलाईपनि उसले पालना गर्नुपर्छ । यो एनआरएनए को विधानमै उल्लेख भएको निति हो । अन्य एनसिसीहरुले यो पालना गरेका छन् । अमेरिकाले मात्रै छुट्टै अधिकार खोज्ने, हामी ठूला हौं भनेर विधानलाईनै लत्याउने र केन्द्रिय नितिलाई टक्कर दिन्छु भन्न पाइन्न ।

आफ्नो एनसिसी निर्माण, यसको संरचनाको बनावटमा एनआरएनए अमेरिकाले केन्द्रको विधान अनुसार समायोजन गर्नुपर्छ । आफ्ना सदस्यहरु बनाउँदा वा मोनित गर्दा ‘हामी निर्वाचित हौं’ भन्दै दम्भ देखाएर विधान मिच्ने होइन कि पारदर्शी पद्दती अपनाउनुपर्छ । यो विषयलाई उसले ‘म्यानुपुलेट’ गर्न हुँदैन ।

निर्वाचन गर्दा आफ्नो स्वार्थ हेरेर होइन कि स्वतन्त्र ढंगले निर्वाचन कमिटि गठन गर्नुपर्छ । पुराना सदस्यहरुको नविकरण गर्दापनि यसैमा ध्यान दिनुपर्छ ।

यता अर्को पक्षलेपनि आम मतदाताद्वारा वा बहुमतद्वारा निर्वाचित समितिलाई अवैधनिक तरिकाले फ्याँक्ने काम गर्नु हुँदैन । निर्वाचित कमिटीलाई फ्याँक्ने कसरत अवैधानिक मार्ग हो । निर्वाचित कमिटीलाई अवैधनैक वा निस्क्रिय पार्ने माध्यम भनेको निर्वाचनमा सहभागि हुने र निर्वाचनबाट आफ्नो बहुमत पुर्‍याएर बिजयी हुने मार्ग हो ।

एनआरएनए अमेरिका लगभग ६५ देशमा रहेका एनआरएनए एनसिसीहरु मध्ये सबैभन्दा ठूलो हो । यहाँ भएको विवादले विश्वभरका एनआरएनएमा प्रभाव पार्छ । यहाँ गरिने असल कर्मलेपनि विश्वभरकै एनआरएनएमा प्रभाव पार्छ । एनआरएनए अमेरिकालाई बदनाम र विवादित बनाएर यसका पदाधिकारीहरुको ईज्जत र प्रतिष्ठा उँचो होइन, झन निहुरिन्छ । धेरै मतदाता भएको र सदस्यताबापतको रकमपनि उच्च भएकाले एनआरएनए अमेरिकाज क्षेत्रमा केन्द्रिय तहका सबै अभियन्ताले प्रभाव पार्न खोज्नु स्वभाविक हो । यसबाट एनआरएनए अमेरिकानै चनाखो, सुझबुझपूर्ण र समन्वयात्मक हुनुपर्छ ।

तपाइँको प्रतिक्रिया