शुक्रबार, चैत १६, २०८०

के युरोपले रुसी ग्यास निर्भरता कटौती गर्न सक्ला ?

भालेरी डेकिम्पे२०७९ वैशाख १७ गते १८:२१

युरोप एक चौराहामा छ- रुस-युक्रेन युद्धको बीचमा के युरोपले रूसी ग्यासबाट छुटकारा पाउन सक्छ ? किनकि अहिले युरोपमा ऊर्जा संक्रमण चलिरहेको छ । तर ति विकल्पहरूले आगामी वर्षहरूमा युरोपेली देशमा निकाल्ने भनिएको बैकल्पिक उर्जाले देशहरुलाईनै समाधाननदिन सक्छ । उल्टो जैविक ग्याँसको भर पर्दै कुरेर बस्दा ग्यास नपुग अवस्थामा बन्द गरिदिन सक्छ ।

अहिलेको ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रलाई तर्साएको छ । तर विशेषगरी एउटा उद्योग सबैभन्दा बढी मारमा परेको छ । यारा एक नर्वेली उत्पादक कम्पनी र उद्योगको नेतृत्वदायी संस्था हो । किनकि यसले विश्वभर उत्पादन साइटहरुसँग जोडिदिने काम गर्छ । युक्रेनमा युद्ध सुरु भएदेखि यो संस्थाले ग्याँसको मूल्यले आकाश छोएको देखेको छ । फर्मको उत्पादन लागत पनि छतसम्म उक्लिएको छ ।

अमोनिया कृषि उद्योगका लागि मल बनाउन आवश्यक पर्ने मुख्य तत्व हो । अमोनिया बनाउनको लागि कम्पनी ग्यासमा धेरै निर्भर हुन्छ । यारामा ८० प्रतिशत उत्पादन लागत प्राकृतिक ग्यासको मूल्यले निर्धारण गर्छ ।

“हामी आर्थिक सन्तुलनको स्थितिमा छैनौं । फ्रान्सको ले हाभ्र सहर र इटालीमा पनि हाम्रा केही कारखानाहरू बन्द गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन” फ्रान्सको ब्रिट्नी क्षेत्रस्थित यारा उत्पादन साइटका निर्देशक डेनियल मेनार्ड भन्छन् ।

यारा द्वन्द्व सुरु हुनुभन्दा लामो समयदेखि ग्यास प्रतिस्थापन गर्ने विकल्पको खोजीमा थियो । तर समय अहिले घर्किसकेको छ ।

“स्पष्ट रूपमा भन्नुपर्दा यदि तपाईं एक महिनामा फर्कनुभयो भने म यो प्लान्ट सञ्चालन भैरहेको हुने छ र उत्पादन जारी रहनेछ भनेर ग्यारेन्टी दिन सक्दिन” मेनार्डको निष्कर्ष छ ।

जाडो अघि भण्डारण

फ्रान्समा ग्यास कम्पनीहरूले देशको कुल खपतको ८५ प्रतिशत भण्डारण गर्न आवश्यक छ । वसन्तको सुरुमा जाडो मौसम अघि नोभेम्बरमा भण्डारस्थलहरू नभरिएसम्म । ठूला जलाशयहरू सतहबाट ५०० मिटर तल छन् । सामान्यतया प्राकृतिक वैज्ञानिक संरचना भित्र छन् ति जहाँ ग्यास पाइप लाइनहरू मार्फत पठाउने गरिन्छ ।

फ्रान्सेली ग्यास आपूर्तिको एक चौथाई दक्षिणपश्चिमी फ्रान्सको ग्रामीण क्षेत्रमा भण्डार गरिएको छ ।

“यो एक रणनीतिक उपकरण हो” टेरेगा क्षेत्रका एक मुख्य इन्जिनियर बताउँछन् “यसले हामीलाई ग्यास आपूर्तिहरू सुरक्षित गर्न सक्षम बनाउँछ । यसले हामीलाई मौसमी माग पूरा गर्न र जाडोमा मूल्य वृद्धिको प्रभावलाई कम गर्न अनुमति दिन्छ ।”

युक्रेनमा संकटको बावजुद कम्पनीको भण्डारण अभियान सामान्य रूपमा अगाडि बढ्ने छ। बोच क्षेत्रको लागि युरोप महाद्वीपले अझै आपतकालिन अवस्थाको सामना गरिरहेको छैन ।

“हामी प्रक्रियामा हतार गर्न सक्दैनौं र हाम्रो भण्डारण सुविधाहरू धेरै छिटो भर्नपनि सक्दैनौं” उनी भन्छन् “फ्रान्सको न्यूनतम भण्डारण आवश्यकताको अर्थ छिमेकीहरूको तुलनामा रूसी आपूर्तिकर्ताहरूले ट्यापहरू बन्द गर्ने निर्णय गरेमा यो राम्रो सुविधाकालागि तयार छ । ईयुले पनि सबै सदस्य राष्ट्रहरूमा समान प्रतिबन्ध लगाउने विचार गरिरहेको छ ।”

तरल प्राकृतिक ग्यास: जलवायु परिवर्तनको लागि नराम्रो खबर

भण्डारणले मात्र संकटबाट बच्न सक्छ । रुसी ग्यासबाट छुटकारा पाउन युरोपले पनि आपूर्तिमा विविधता ल्याउन आवश्यक छ । तरल प्राकृतिक ग्यासलाई एलएनजी पनि भनिन्छ । यसमा ९० प्रतिशत मिथेन हुन्छ । तरल अवस्थामा माईनस १६१ डिग्री सेल्सियसमा चिसो हुन्छ । इन्धनले अमेरिका, कतार, अष्ट्रेलिया, अल्जेरिया वा नाइजेरियाबाट ढुवानी गर्न अनुमति दिँदै लगभग ६०० गुणा कम परिमाण (भोल्युम) लिन्छ । तर चर्को मूल्यमा । यसको तरल रूपको ग्यास चार देखि पाँच गुणा महँगो छ ।

तर ऊर्जा विश्लेषक म्याक्सेन्स कर्डिजका अनुसार ग्यासको अभाव बढ्दै जाँदा युरोपले हरेक वर्ष ५० अर्ब घन मिटर एलएनजी आयात गर्ने योजना बनाएको छ । यसले उल्टो असर गर्न सक्छ ।

“युरोपियन युनियनले किन्ने रुसी ग्यासलाई प्रतिस्थापन गर्न संसारमा पर्याप्त तरल प्राकृतिक ग्यास छैन” उनी भन्छन् “किनभने एसिया र चीनले विशेष गरी एलएनजीको बजार घटाइरहेको छ ।”

दीर्घकालीन रूपमा यसको अर्थ अझै धेरै जीवाश्म ईन्धनहरूमा ठूलो लगानी गर्नु हो।
“एलएनजीले ग्यास पाइप लाइनहरूले भन्दा बढी हरितगृह ग्यासहरू उत्सर्जन गर्दछ, मुख्यतया कार्बन डाई अक्साईड र मिथेन” कर्डिज बताउँछन् ।

बायोग्यास, एक हरित विकल्प ?

रूसी ग्यासलाई प्रतिबन्ध गर्ने योजना वास्तवमा हरित विकल्पलाई अँगाल्ने अवसर हो ? कृषिजन्य फोहोरको उपउत्पादन बायोग्यास सूचीको शीर्ष स्थानमा छ ।

फ्रान्सेली सहर एङ्गर्सबाट नजिकै हजारौं टन फोहोर ठूला निलो ट्याङ्कीहरूमा जम्मा हुन्छ । एभरगाज कम्पनीसँग त्यस्ता धेरै बायोमिथेन उत्पादन प्लान्टहरू छन् ।

ईभरगाजले सबै प्रकारका फोहोरहरू संकलन गर्दछ: मल, साथै प्याजको बोक्रा वा फ्याँकिएको खाना जस्ता कृषि फोहोरहरू । तिनीहरूले यो सबै एकै ठाउँमा मिसाउँछन् । त्यसपछि तताउँछन् र जीवाणुहरू सहित ६० दिनसम्म पूर्णरुपमा कुहिएर बदलिन (फेर्मेन्ट) गर्न दिन्छन् जसले जैविक पदार्थलाई भत्काउँछ । परिणाम त जैविक ग्यास (बायोग्यास) बन्छ ।

युरोपेली आयोगले वर्षको अन्त्य (सन् २०२२) अघि बायोमिथेनको उत्पादन दोब्बर बनाउने योजना बनाएको छ । तर चीजहरू रातारात परिवर्तन हुँदैनन् । यो हरित ग्यास फ्रान्समा कुल ग्यास खपतको एक प्रतिशत मात्र छ ।

यद्यपि एभरगाजका संस्थापक र सीईओसमेत रहेका फ्रेडरिक फ्लिपो आशावादी छन्: “हामी रूसी ग्यासको विकल्प दिने प्रतिनिधित्व गर्छौं । सन् २०३० सम्म हामी रूसबाट आयात गरिएको फ्रान्सेली ग्यास आपूर्तिको १७ प्रतिशत प्रतिस्थापन गर्न सक्षम हुनेछौं ।”

अहिलेसम्म बायोग्यासको मूल्य एक प्रमुख अवरोध थियो । यो प्राकृतिक ग्यास भन्दा चार गुणा बढी छ । फ्लिपोले उत्पादन बढाउन ठूलो लगानी आवश्यक पर्ने कुरा स्वीकार गरे पनि संकटले धेरै चिजको संकट निम्त्याएको छ । निकै क्षेत्रलाई हल्लाईदिएको छ ।

“यो राष्ट्रिय स्तरमा छोटो अवधिको समाधान होइन । तर स्थानीय स्तरमा हाम्रा उत्पादन साइटहरू नजिक यो तत्काल समाधान गर्न सकिने विषय हो हो” उनी भन्छन् ।

(स्रोत- फ्रंस २४ डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक