शुक्रबार, वैशाख १४, २०८१

बलियो फिल्म प्रोड्युसरको खोजीमा निर्देशक किरण बिक

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १७ गते १८:४७

पछिल्लो समय नेपाली फिल्म निर्माणमा नयाँ नयाँ प्रयोग भैरहेका छन । नेपाली फिल्म निर्माणमा नयाँ पुस्ताको आगमन भएसँगै फिल्म जगतमा उत्साह जागेको हो । कोरोना संकटले नेपाली फिल्मकर्मीलाइ पनि नयाँ कथा नयाँ निर्माण बारे सोच्न बाध्य बनायो । अब घिसिपिटी पुरानो शैलीले फिल्म चल्दैन भन्ने प्रष्ट भैसकेको छ ।

यस्तैमा उदाउँदो फिल्ममेकर किरण बिकले भाँडाकुटी फिल्म बनाउने भएका छन । उनले फिल्म मेकिङ्ग सम्बन्धि ओस्कार फिल्म कलेजबाट फिल्म मेकिङ्गमा स्नातक पास गरेका हुन । उनले भारतीय प्रसिद्ध फिल्म लेखक रोबिन भाटबाट पनि फिल्म लेखनको तालिम लिएका छन ।

रोबिन भाट महेस भाटका भाइ हुन जसले ७२ वटा हिट कमर्सियल हिन्दि फिल्म लेखिसकेका छन । हाल किरण बिकले तीन वटा फिल्मको ‘फर्स्ट ड्राफ्ट’ लेखेर सकेका छन ।

पहिलो फिल्म भाँडाकुटी कमेडी र सोसल ड्रामा रहेको उनले बताए । यस फिल्मले निर्माताको लगानी राम्रोसित बचाउने उनको दावी छ ।

कोरोना संकट र हाल तरलताको कारण नेपालमा फिल्ममा पैसा हाल्ने मान्छे नभएको कारणले आफ्नो फिल्म रोकिएको उनको कथन छ । आजभोलि किरण बिक डिशहोम टिभीसँग मिलेर सिरिज बनाउँदै छन । त्यो सकेर फिल्म गर्ने उनको चाहना हो ।

फिल्म भाँडाकुटीमा मुकुन भुसाल र बेनिशा हमाल अनुबन्ध भैसकेका छन । फिल्ममा तिन हिरो र तिन हिरोइनको भूमिका रहेको छ । किरण बिकले एनआरएन तिरबाट बलियो प्रोड्युसर भैदिए फिल्म बनाउन सकिन्थ्यो भन्ने आसा राखेका छन ।

किरण बिक केहि समय कान्तिपुर, नयाँ पत्रिका, अन्नपुर्ण पोस्ट लागायतमा फिल्म सम्बन्धि समिक्षा गर्थे ।

बिकले म्युजिक भिडियो, सर्ट फिल्म तथा डकुमेन्ट्री मेकिङ्ग गरिसकेका छन । उनि नयाँ पुस्ताबाट धेरै अपेक्षा गरिएका मध्ये एक हुन । ‘लो बजेट एप्रोच’ भएकोले केहि नाफा सहित लगानी जोगाउने र प्रोड्युसरलाइ पनि एउटा उचाइ दिने खालको फिल्म आफुले बनाउन लागेको उनले बताए ।

फिल्म र कलालाइ माया गर्ने निर्माताको आफूलाई खाचों रहेको उनले नेपालप्लसलाई बताए ।

उनलाई [email protected] र +977 9843379952 मा सम्पर्क गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया