शनिबार, वैशाख ८, २०८१

चिनाउन सकेनन् गौतम बुद्धको मावलीघर देवदह

नेपालप्लस संवाददाता / देवदह२०७९ वैशाख १९ गते ८:०३

गौतम बुद्धको जन्मस्थल लुम्बिनी चिनाईरहनु पर्दैन । तर लुम्बिनीको छिमेकमै रहेको बुद्धको मावली घर देवदहका बारेमा भने धेरैले पुग्ने अवशर त के नामसमेत सुनेका हुँदैनन् । यो क्षेत्रको धार्मिक, सांस्क्रितिक, ऐतिहासिक र पर्यटकिय महत्व नभएर भने होइन । उचित ब्यवस्थापन, प्रचार प्रसार र देवदहलाई घुम्न लायक क्षेत्रका रुपमा चिनाउन नसकेकाले हो ।

देवदह गौतम बुद्धकी आमा मायादेवीको मात्रै नभएर धर्मपत्नी यशोधराको माईतीपनि हो । बुद्धको जन्मस्थल लुम्बिनीबाट पूर्वमा रहेको मायादेवीको माईती, रूपन्देहीको देवदह बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको समेत माईतीस्थल हो भन्ने पनि धेरैलाई जानकारि छैन ।

प्राचीन कोलीय राज्यको राजधानी थियो देवदह । अहिले नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ ।

भवानीपुर, कन्यामाई, बैरीमाई लगायत क्षेत्रलाई सरकारले पुरात्व महत्वका रुपमा राखेको छ । यस क्षेत्रमा पुरातत्त्व विभागले उत्खनन गरी केही बौद्धकालीन सामग्री र संरचना पत्ता लगाएको छ । ति मध्ये केहि सार्वजनिक गरिएको छ भने केहि अध्ययन र अनुसन्धानकै क्रममा छन् ।

पुरातात्त्विक वस्तुले भरिपूर्ण देवदहलाई बुद्धकी आमा मायादेवी, पत्नी यशोधरा र सुसारे गौतमीको जन्म तथा बाल्यकाल बितेको पवित्र स्थान मानिन्छ । भवानीपुर, पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, खयरडाँडा, माथागढी, प्राचीन रोहिणी नदी, देवी दमार, कुँवरवर्ती लगायतका बौद्ध सित महत्वपूर्ण र रोचक सांस्क्रितिक तथा ऐतिहासिक महत्वका क्षेत्र यहिं भएपनि तिनको प्रचार हुनसकेको छैन ।

देवदहमा बुद्ध मावली भवानीपुर, देवदह, बुद्धकालीन राजाका दरबार, २७ सय वर्ष उमेरको पाकरी वृक्ष, खयरडाँडा, कन्यामाई, बैरीमाई, माथागढी किल्ला लगायतका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल छन । तर तिनको जानकारि र प्रचार हुन नसक्दा ओझेलामा परेका छन् ।

पर्यटकीय विकासको लागि मायादेवीको मन्दिर, प्राचीन कुवा, प्राचीन अशोक स्तम्भ लगायत स्थानमा पर्यटन मन्त्रालय अन्तर्गत लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन समितिले यसअघि स्वागतद्वार, पक्की पोखरी, पर्खाल लगायत निर्माण गरेको छ । तर देवदह घुम्न पुग्दा बुद्धको मावली गाउँमा पर्यटकका लागि बस्ने, खाने ब्यवस्था नहुनु, सामान्य कफी सपपनि नहुनु र त्यहाँ पुग्नै यातायाताको सहजता नहुँदा मन खिन्न हुन्छ ।

त्यहाँ आउने पर्यटकलाई बास बसाल्ने योजना त नगरपालिकाले बनाएको छ । तर त्यो योजना सफल पार्ने कार्यान्वयनको पाटो भने कमजोर देखिन्छ ।

कतिसम्म भने बुद्धको जन्मस्थल लुम्बिनी आउने लाखौं पर्यटक मध्ये केहि हजारलाई तान्ने खालको योजनापनि देखिन्न । लुम्बिनी विकास कोषलेपनि यसमा प्रभावकारि प्रयास गरेको देखिन्न ।

देवदह पुग्नकालागि पर्यटकिय यातायातको सुविधा त छैन । तर पुग्न निकै कठिन पनि छैन । लुम्बिनीदेखि ३५ किलोमिटर उत्तर पूर्वमा पर्ने देवदह लुम्बिनी, रुपेन्देहीकै खैरेनी, बुटवल, मणिग्राम, सितलनगर आदि धेरै स्थानिय ठाउँबाट, बस, कार, टेम्पो, साईकल मोटरसाईकल वा निजि यातायातको साधनबाट पुग्न सकिन्छ ।

देवदह नपामा रहेको भवानीपुरस्थित गौतम बुद्धकी आमा माया देवीको माइती मन्दिर !

गौतम बुद्धको मावली देवदहस्थित भवानीपुरमा रहेको प्राचिन कुवा

देवदहमा रहेको पार्कमा काठबाट कुँदिएको बुद्धको मूर्ती

देवदहमा रहेको बुद्ध पार्कको ‘सेल्फी गेट’

देवदहमा रहेको बुद्ध पार्कको पूल जुन फोटो सेसनकालागि प्रसिद्ध भएको छ

बुद्धकी आमा मायादेवीले बुद्ध जन्माएको सात दिनमै देहत्याग गरिन् । त्यसपछि बुद्ध सानी आमा प्रजापतीको स्याहारसुसारमा हुर्के । यहि कुरालाई मूर्तरुपमा सालको रुखमा कुँदेर देखाइ एको हो ।

महारानी मायादेवी बुद्धलाई जन्माउन भनेर तिलौराकोट दरवारबाट माइती देवदह आउँदै थिईन् । बाटैमा ब्यथाले चेपेपछि रुखको हाँगो समातेर वच्चा जन्माउन लागेको कुरालाई सालको काठ कुँदेर विम्व देखाइएको हो ।

बुद्धले उपदेश वा ज्ञान सुनाउँदा भक्तजनलाई बताउँदै गरेको ज्ञानको संकेतको रुपमा एक हातको आकारमा दिईएको स्वरुप

देवदहस्थित बुद्ध पार्क बाहिरबाट हेर्दा यस्तो देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक