शुक्रबार, वैशाख १४, २०८१

रूसी ग्यासमा प्रतिबन्धबारे ईयुमा फेरि विवाद, ईयू ऊर्जा मन्त्रीहरूको आपतकालीन वार्ता

नेपालप्लस संवाददाता२०७९ वैशाख १९ गते १२:३०

रुसी ग्यास कटौतीपछि ईयूका ऊर्जा मन्त्रीहरूले सोमबार आपतकालीन वार्ता गरेका छन् ।

रुसी ग्यास लिएबापत रुसी मुद्रा रुबेलमा भुक्तानी गर्नुपर्ने रुसी मागलाई नसुनेपछि रुसले इयुमा आउने ग्यास काटिदिएको छ ।

मस्कोको मागलाई युरोपेली खरीददारहरूले रुबलमा रूसी ग्यासको लागि भुक्तान गर्न वा तिनीहरूको आपूर्ति कटौतीको सामना गर्नुपर्ने मागलाई एकजुट भएर प्रतिक्रिया जनाउन वार्ता गरेका हुन् ।

ईयु ऊर्जा मन्त्रीहरू रूसी तेलमा प्रतिबन्ध सम्बन्धी सम्झौतामा पुग्न नजिक पुगेका छन् । फ्रान्सका डेभ किटिंगले ब्रसेल्सबाट गरेको रिपोर्ट अनुसार यो हप्ताको गहन वार्ता पछि संझौता नजिक पुगेको उल्लेख गरेका छन् ।

जर्मनीले रूसको ऊर्जा आयातमा चरणबद्ध प्रतिबन्ध गर्न सहमत भएको छ जुन सन् २०२३ को अन्त्यमा सुरु हुनेछ । इयु देशहरूलाई अन्य वैकल्पिक आपूर्तिकर्ताहरू खोज्ने र परिवर्तन समायोजन गर्न पर्याप्त पूर्वाधार निर्माण गर्ने मौका दिन प्रतिबन्ध तुरुन्तै सुरु गर्न नसकिने भएको हो ।

रसियाले गत हप्ता बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति रोकेको थियो । उनीहरूले रुबलमा प्रभावकारी रूपमा भुक्तान गर्ने आफ्नो माग पूरा गर्न अस्वीकार गरेपछि रोकेको हो ।

अस्ट्रिया, इटाली र  हंगेरी लगायतका अन्य देशहरुले रूसी जीवाश्म ईन्धनमा निर्भरता भएकाले तिनीहरूको अर्थतन्त्रमा सम्भावित प्रभावको कारण चिन्ता व्यक्त गरेका छन् ।

ती देशहरूले यस वर्ष रूसी ग्यास प्रयोग गर्न बन्द गर्ने योजना बनाइसकेका छन् । उनीहरूले अभावसँग सामना गर्न सक्ने बताएका छन् । तर यसले युरोपको रुसी ग्यासमा प्रमुख निर्भर र ईयुको प्रमुख आर्थिक नेत्रित्वकर्ता जर्मनी सहित अन्य ईयू देशहरूमा अर्को संकट हुनसक्ने डर बढाएको छ।

हंगरीका प्रधानमन्त्री भिक्टर ओर्बानले विगतमा ईयूले रुसी ऊर्जामा प्रतिबन्ध लगाउने प्रयासलाई ईयुको भिटो लगाउने धम्की दिएका थिए ।

ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लामो समयदेखिका सहयोगी हुन् । यद्यपि अहिलेको संवेदनशिल अवस्थामा भिटो गर्दा पोल्याण्ड, स्लोभाकिया र चेक गणतन्त्रसँग उसले गरेको नवगठित गठबन्धनलाई ध्वस्त पार्न सक्ने किटिंगले बताए ।

यो असहमतिको बीचमा रूस विरुद्ध ईयूको संयुक्त मोर्चालाई अवरुद्द गर्ने धम्की पनि रुसले दिएको छ ।

यसैबिच फ्रंस २४ न्युजका अनुसार युक्रेनको ग्यास पाइपलाइन अपरेटरको डाटाले देखाए अनुसार युक्रेन मार्फत युरोपमा रूसी ग्यास आपूर्तिको लागि सोमवारदेखि माग बढेको छ  ।

तथ्यांकअनुसार सोमबार नौ करोड ८८ लाख घनमिटर ग्यास आपूर्तिकोलागि अनुरोध आएको छ । आइतवार नौ करोड ७२ लाख घनमिटर थियो ।

एक अर्को समाचार अनुसार रुसी तेलमाथि नाकाबन्दी लगाउने पक्षमा अझै केही देश नरहेको जर्मन ऊर्जा मन्त्रीले बताएका छन् ।

जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले सोमवार भने “मैले रुसी ग्यासमाथि प्रतिबन्ध लगाउनेबारे फरक देशका भिन्न प्रक्रितियाहरु सुनें ।  केहि देशहरु यस्तो निर्णयका पक्षमा छैनन् ।”

केहि समय अघि युरोपेली युनियनका दुई कूटनितिज्ञहरुले इयुले यसै वर्षको अन्त्यसम्म रुसी ग्यासमा प्रतिबन्ध लगाउने बताएका थिए ।

“जर्मनी आर्थिक विपत्ति ल्याउन चाहँदैन” हबेकले भने ।

उता, हंगेरीले रूसी तेल र ग्यास आयातमा ईयु प्रतिबन्धको विरोध गर्ने हंगेरीका प्रवक्ताले बताएका छन् ।

सरकारी प्रवक्ता जोल्टन कोभाक्सका अनुसार हंगेरीले रुसी तेल र ग्यास आयातमा युरोपेली संघको कुनै पनि प्रतिबन्धको विरोध गरिरहेको छ ।

“कुनै पनि तेल र ग्यास प्रतिबन्धको सम्बन्धमा हंगेरीको अडान परिवर्तन भएको छैन । हामी तिनीहरूलाई समर्थन गर्दैनौं” कोभाक्सले रोयटर्सका प्रश्नहरूको इमेल जवाफमा भने ।

तपाइँको प्रतिक्रिया