शुक्रबार, चैत १६, २०८०

पेरिसमा हजारौं प्रदर्शनकारीहरूले राष्ट्रपतीको बिरोध गरेपछि भड्कियो हिंसा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख १९ गते १४:१८

फोटो -एएफपी

नवनिर्वाचित राष्ट्रपति एमानुएल माख्रोंको नीतिको बिरूद्ध मे दिवसको विरोधमा आइतवार पेरिसमा व्यापारिक केन्द्रमा तोडफोड भएपछि हिंसा भड्किएको छ । माख्रोंको बिरोध गर्ने कालो पहिरनमा रहेका अराजकतावादीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

तलब वृद्धिको माग र माख्रोंले सेवानिवृत्तिको उमेर बढाउने उनको योजना त्याग्न माग गर्दै फ्रान्सभर मे दिवसको जुलुसमा हजारौं मानिसहरू सहभागी भएका थिए ।

धेरैजसो प्रदर्शनकारीहरु शान्तिपूर्ण रुपमा प्रदर्शन गरेपनि राजधानीमा हिंसा भड्किएको थियो । ब्यापारिक केन्द्रमा आगो लगाएपछि प्रहरीले आगो निभाउन खोज्ने अग्नी नियन्त्रकलाई आक्रमण गर्ने एक महिला सहित ५४ जनालाई पक्राउ गरेको थियो ।

गृहमन्त्री जेराल्ड डार्मानिनले ट्विटरमा उल्लेख गर्दै भनेका छन् “ति मध्ये आठ प्रहरी घाइते भएका छन् ।”

प्रदर्शनकारीहरु ला रिपब्लिक स्क्वायर र पूर्वी पेरिसको ला नेसन स्क्वायरमा पुग्दा प्रहरीसँग झडप भएको थियो ।

“ब्ल्याक ब्लक” अराजकतावादीहरूले प्लास लियों ब्लममा रहेको म्याकडोनाल्डको रेस्टुरेन्टमा तोडफोड गरेका थिए । घर जग्गा खरिदबिक्रि गर्ने धेरै एजेन्सीहरूका कार्यालय तोडफोड गरेका थिए । तिनीहरूका झ्यालहरू भत्काएर फोहोरको डिब्बामा आगो लगाएका थिए । प्रहरीले अश्रुग्यास प्रहार गरी जवाफी फायर गरेको थियो ।

पेरिस, लिल, नँत, तुलुज र मार्सेई लगायत अन्य शहरहरूमा करिब २५० र्यालीहरू आयोजना गरिएको थियो । राजधानीमा २४,००० सहित देशभर एक लाख १६ हजार पाँच सय जनाले प्रदर्शन गरेको गृहमन्त्री मन्त्रालयको सूचीमा उल्लेख छ ।

पेरिसमा ट्रेड युनियनका कार्यकर्ता, राजनीतिक व्यक्तित्व संलग्न थिए । ति मध्ये वामपन्थी र जलवायु परिवर्तन बिरुद्दको एजेण्डा बोक्ने कार्यकर्ताहरू सामेल थिए ।

दैनिक जीवनयापनको लागत राष्ट्रपतिको चुनावी अभियानको मुख्य विषय थियो । जूनको संसदिय चुनाव अघि यो नारा प्रख्यात हुने देखिन्छ ।

माख्रोंको पार्टी र यसका सहयोगीहरूले जुनमा हुने चुनाव जित्नै पर्छ यदि उनले सेवानिवृत्ति समय बढाउने र आफ्नो व्यापार समर्थक नीतिहरू लागू गर्न सक्षम हुने हो भने । माख्रोंले सेवानिवृत्ति उमेर ६२ वर्ष बाट बढाएर ६५ वर्ष बनाउने गोह्षणा गरिसकेका छन् ।

“माख्रों र सम्पूर्ण राजनीतिक संसारलाई हामी हाम्रो सामाजिक अधिकारको रक्षा गर्न तयार छौं भनेर देखाउनु महत्त्वपूर्ण छ” १९ वर्षीय विद्यार्थी जोशुआ एन्टुनेसले फ्रंस २४ न्युजसित भने । उनले राष्ट्रपतिलाई वातावरणीय मुद्दाहरूमा “निष्क्रिय” भएको आरोप पनि लगाए ।
प्
रदर्शनकारीहरुले “शरिर गल्नु अघि रिटायरमेन्ट”, “रिटायरमेन्ट एट ६०, फ्रिज प्राइस” र “माख्रों गेट आउट” लेखिएको ब्यानर बोकेका थिए ।

कट्टरपन्थी सिजिटी युनियनका प्रमुख फिलिप मार्टिनेजले र्‍यालीहरू अघि रोयटर्सलाई भने “सरकारले ज्याला वृद्धि गरेर क्रयशक्तिको समस्या समाधान गर्नुपर्छ ।”

अघिल्लो आइतवार भएको निर्वाचनमा अति दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ल पेनलाई पछि पार्दै माख्रों नयाँ पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिको पहिलो चरणको मतदानमा तेस्रो स्थानमा आएका चरम वामपन्थी नेता जँ लुक मेलेंशों पेरिस मार्चमा सहभागी भएका थिए ।

उनी संसदमा प्रभुत्व जमाउन र माख्रोंलाई अप्ठ्यारोमा पारेर आफ्ना एजेण्डा स्थापित गराउन बाध्य पार्न ग्रीन लगायत वामपन्थीहरूको एकतालाई जुटाउन चाहन्छन् । तर अहिलेसम्म यो साकार भएको छैन ।

“हामी निवृत्तिभरणमा एक रौंपनि छुट दिने छैनौं” मेलँशोंले मार्च सुरु हुनु अघि भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक