शुक्रबार, असोज २१, २०७९

बुद्धले ध्यान गरेको ऐतिहाँसिक वृक्ष जहाँ राती बाजा बज्छ

नेपालप्लस संवाददाता / देवदह, रुपन्देही२०७९ वैशाख २२ गते २०:१४

रुपन्देहि जिल्लाको देवदहस्थित पकडी गाउँमा एउटा ऐतिहासिक वृक्ष छ । यहि वृक्षको नामबाट यो गाउँको नाम रहन गएको हो । राजकुमार राजकुमार सिद्दार्थ भारतको गया, काशीमा ध्यान बस्न जानु अघिनै यो वृक्ष मुन्तिर ध्यान बसेका यो रुखका बारेमा अनेक किम्वदन्तिहरु छन् । ति किम्वदन्तीहरु पकडी गाउँका गन्यमान्य, पाकाहरुले सुनाउने गर्छन् ।

पकडी वृक्षको दुईतिरका गाउँलेहरुले राती धेरै पटक अनौठो बाजा बजेको सुने । एकातिरका गाउँलेले त्यो पारी गाउँमा कहाँ बाजा बजेको छ भनेर अचम्म माने । अर्कोतिरका गाउँकालेपनि पल्लो गाउँमा कहाँ बाजा बजेको छ भन्ने गर्थे ।

एक दिन दुबै गाउँका गाउँलेहरु एकै थलोमा भेट भए । ‘तपाईको गाउँमा सधैं बाजा बज्ने केमा, किन हो ?’ दुबैतिरका गाउँलेले एक अर्कालाई सोधे ।

दुबै गाउँलेले भने, ‘हामीलेत तपाईको गाउँमा बज्छ भन्ने ठानेको ।’ ति अचम्मित भए । दुबैतिरका गाउँले रुखको छेउमा आएर सुने । त्यसपछि थाह भयो- बाजा त यहि रुखमा पो बज्ने रहेछ । अन्तिममा शिव पार्वतीको अदृष्य शक्तिले गर्दा हो बाजा बज्ने गरेको भन्ने निष्कर्ष निस्कियो ।

२७ सय वर्ष पुरानो मानिने यो रुखका अनेक विशेषताबारे हाल यसको रेखदेखमा खटिएका रुद्र पाण्डे बताउँछन् । उनी ४२ वर्षदेखि यहि पकडी गाउँमा बस्दै आएका छन् ।

पाण्डेका अनुसार यो रुखमा काग, गिद्द, चिल, भुँडिफोर, बकुल्लाले गुँड लगाउँदैनन् । रात बस्दैनन् । साना साना चरा आउँछन्, अस्थायि रुपमा केहिबेर बस्छन् र जान्छन् ।

पकरी बारे ब्याख्या गर्दै सरक्षक रुद्र पाण्डे

“चरा बसेको भए विष्टा देखिन्थ्यो भुइँमा । त्यो कतै देखिएकै छैन” पाण्डेले नेपालप्लससित भने ।

पहिले पहिले यहि बाटो भएर हात्ती र घोडा हिंडाइन्थ्यो । त्यो बेला हात्तीपनि यो रुख भएको ठाउँमा नआउने बरु अलिपरैबाट तर्किएर जाने गरेको भनाई स्थानियहरुको छ ।

पुरातत्व विभागका पुरातत्वविदहरुले ऐतिहासिक किताबबाट यो रुख २७०० वर्ष उमेरको हो भन्ने प्रमाणित गरेका हुन् ।

२०३८ सालमा यो गाउँमा आएर बसेका रुद्र पाण्डे पाकरी रुखको रेखदेख गर्ने, आगन्तुकहरुलाई यो रुखका रोचक तथ्यबारे सुनाउने काम गर्छन् । यो ऐतिहासिक रुख हो भन्ने सिद्द भएपछि यो रुखका हाँगाबिंगा काट्न, पात टिप्न र रुखमा चढ्नसमेत बन्देज गरिएको छ ।

संवन्धित : चिनाउन सकेनन् गौतम बुद्धको मावलीघर देवदह

त्यसो त, यो रुखमा त्रिशक्ति छ पनि भन्ने गरिन्छ । रुख नउम्रिंदै यो ठाउँलाई होमयज्ञ गर्ने पवित्रस्थल बनाईयो । कयौं वर्ष होमयज्ञ गरेपछि पवित्र भयो । र त्यो होमयज्ञ गरेको ठाउँ भित्र गहिरो भयो । त्यहाँ कुवा बन्यो । त्यो कुवामा गोमन, नागहरुको वासस्थान बनाए । त्यहाँ चराले विष्टा गर्‍यो । त्यहि विष्टामा रहेको विज उम्रिएर रुख हुर्कियो । रुख ठूलो भएपछि गौतम बुद्धले योग गरेको भन्ने भनाई पनि छ ।

बुद्दको मावली घर यहि देवदह नगरपालिकाको नजिकै छ, भवानीपुर भन्ने ठाउँमा । बुद्ध आफ्नो मावलीबाट यहाँ आउने जाने गर्थे योग गर्न । पछि उनी भारतको गयातिर गएका हुन् । त्यसपछि उनको ज्ञान प्राप्तिकालागि ध्यानको क्रम सक्कियो ।

यहाँ गौतम बुद्दको पाईला परेको, होमयज्ञ गर्ने पवित्रस्थल बनाइएको, गहिरो भएर नाग, गोमन सर्पहरुको वासस्थल भएकाले पवित्र स्थल मानिएको छ ।

रुद्र पाण्डेका अनुसार ब्राम्हण, लामा, मगर, थारु सबैले ध्यान गर्दा एउटै आवाज निस्कियो । ति सबैले सर्पहरुको वासस्थान छ भनेर प्रमाणित गरे । अहिलेपनि यो रुखको फेदमा जरामुनि ति गोमन, नाग र अन्य सर्प छन् भन्ने विश्वाश गरिन्छ ।

पाण्डेले अर्को रोचक प्रसंगपनि सुनाए “दुई वर्ष अघि पोखराबाट एक जना मगर आएर ध्यान गर्नुभयो । यस्तोसित ध्यान गर्नुभयो कि उहाँमा विशेष शक्ति निस्कियो र त्यो शक्तिले उहाँले यहाँ पानीनै पारिदिनुभयो । उहाँले यो रुखमा अति शक्ति छ भन्नुभयो ।”

केहि हप्ता अघि मात्रै एक् जना अर्का प्रसिद्द पूजारी ध्यान गर्न आएका थिए । उनलाई पाण्डेले सोधे ‘यति ठूलो पूजारी तपाईले योग गर्नुभयो । के देख्नुभयो ?’

ति पूजारीले छायाँ देखेको पाण्डेलाई बताए ।

उन्ले सोधे- त्यो छायाँ कस्तो हो त ? राम्रो कि नराम्रो । भूत कि परी ?’

पूजारीले जवाफ दिए “यो दैविक छायाँ हो । अदृष्य शक्ति छ त्यसमा । त्यो छायाँ घुमिरहन्छ । अहिले हामी यहाँ बस्दापनि त्यो छायाँले हामीलाई हेरिरहेको छ । किनकि यो त ठूलो शक्ति भएको रुख हो ।’

अमर ब्यक्तिमा धेरै कुरा लुकेको हुन्छ । शक्तिवान भएर बसेको हुन्छ । त्यसले सबै कुरालाई जेलेर राख्छ । निकै साधना गर्ने बेलासम्म हार नमानी बस्छ । त्यसलेपनि हुरिबतास, आँधी बेहरी, भूमरी भोगेर बसेको हुन्छ । हाम्रो दर्शन र शास्त्रले त्यहि बताउँछ ।

पकरीको रुखमा देखिने हात्तीको टाउको सुँडको आकार

यो वृक्षका बारेमा अर्को रोचक भनाईपनि छ । २०४२ सालमा यो गाउँमा एक एक किलोका असिना परेको थियो । त्यो बेला गाउँभरि घरका छाना झड्याम झुडुम भएर पुरै नांगिए । बालीनाली सबै ध्वस्त भएको थियो । यो रुखमा अलि अलि असिना त पर्‍यो । तर यो रुखको एउटा हाँगोपनि भाँचिएन ।

वर्तमानमा हेर्दा हावा खान, बस्न, अक्सिजन लिन, शान्त ठाउँमा ध्यान गर्न, नैरास्यता, निराशा, तनाव भएकाहरुलाई यहाँ आएर ध्यान गर्दा आरामताको महसुस, छुट्कारा पाएको अनुभूति दिलाउने स्थलपनि बनेको छ यो पकरी वृक्ष ।

पढाईको कारणले उच्च तनाव, नैराश्यता भएका डाक्टर, इन्जिनियरहरुलाई ज्ञान दिने गरिएको छ यहाँ । ब्यापार डुबेर निराश भएकाहरुपनि यहाँ ध्यान बस्न आउने गरेका छन् । नशा सेवन गरेर कुलतमा लागेकालाई ज्ञान र ध्यान दिलाइन्छ ।

“एक्कैछिन् भनेर आउनेहरु एक दुई घण्टानै बसेर, शान्त भयो भन्दै जान्छन्” रुद्र पाण्डे भन्छन् ।

यो रुखलाई ‘इभरग्रिन नेभर ओल्ड’ (सदाबहार, सधैं जवान) भन्ने गरिन्छ । यसलाई अमर व्रिक्ष भन्ने गरिएकोपनि छ ।

यो रुखको फेदको गोलाकार ८२ फिट छ । उचाई ९६ फिट छ । हाँगाहरु ५०० फिट फैलिएका छन् ।

यसलाई एशियाकै सबैभन्दा ठूलो रुख भन्ने दाबिपनि गरिएको छ । पुरातत्व विभागले गरेको अध्ययन अनुसार यो रुख शाक्य वंशको पालादेखि रहेको अनुमान गरिएको छ ।

हिन्दू देवीदेवताहरुलाई झल्काउने व्रिक्षका लामा, भव्य हाँगा र जराहरुमा बिभिन्न खालका मूर्तिरुपी आकार देखिन्छन् । तिनलाई स्थानियले पूजाआजा गर्दै आएका छन् । तिनमा दैवि शक्ति, देवता छन् भनेर । त्यसैले यो व्रिक्षलाई हत्तपत्त हानी गर्ने काम स्थानियले गर्दैनन् ।

निकै वर्षसम्म यो रुखको बारेमा कसैलाई वास्तानै थिएन । यसको ऐतिहासिक, धार्मिक महत्वका बारेमापनि सोधखोज भएको थिएन । तर अहिले अवस्था फेरिएको छ । अहिले चर्पी, आराम गर्ने केहि बेञ्च, कुर्सी, खानी पानी, फोहोर ब्यवस्थापन, आदिको ब्यवस्था गरिएको छ । वरिपरि काँडेतार लगाएर सुरक्षित पार्न खोजिएको छ । मोटर राखेर पानीको अलि धेरै व्यवस्था गर्ने र पार्किङस्थल बनाउने, ध्यान गर्नकालागि थप ब्यवस्थापन गर्ने योजना पनि बनेको छ ।

फेसबूक र इन्टरनेट, युटुबको जमानाले यो पवित्रस्थलको प्रचार हुँदै गएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक