शुक्रबार, वैशाख १४, २०८१

संसदीय चुनावमा राष्ट्रपती माख्रोंलाई पराजित गर्न फ्रान्सका दलहरुद्वारा व्यापक गठबन्धन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख २३ गते २०:०६

फ्रान्सका वामपन्थी र अन्य मध्यमार्गी दलहरूले आगामी जुन महिनामा हुने संसदीय चुनावका लागि राष्ट्रपती माख्रोंलाई पराजित गर्न गठबन्धन सम्झौता गरेका छन् ।

राष्ट्रपति एमानुयल माख्रोंको विवादास्पद सुधार योजनाहरूलाई बाधा पुर्‍याउन बलियो गठबन्धनको आवश्यकता रहेको भन्दै त्यस लक्ष्य पुरा गर्ने संझौता गरेका हुन् ।

मंगलवार र बुधवार भएको दुई चरणको वार्तापछि समाजवादी पार्टी (पीएस) ग्रीन पार्टी, फ्रेन्च कम्युनिष्ट पार्टी (पीसीएफ) र कट्टर वामपन्थी फ्रान्स अनबोड मुभमेन्ट (एलएफआई) ले गठबन्धन गरेका हुन् । यि पार्टीको गठबन्धन प्रभुत्वशाली शक्तिको रूपमा देखा परेको छ । अप्रिलको राष्ट्रपति चुनाव पछि यिनको गठबन्धनले माख्रोंलाई चुनौति दिने स्थिति देखिएको छ ।

“हामी एमानुएलमाख्रोंलाई उसको अन्यायपूर्ण र क्रूर नीतिहरू पछ्याउनबाट रोक्न चाहन्छौं । र अति-दक्षिणपन्थीहरूलाई हराउनको लागि बहुसंख्यक निर्वाचन क्षेत्रहरूमा सांसदहरू चयन गर्न चाहन्छौं” समाजवादी पार्टी र एल एफ आ ईले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

गठबन्धनलाई बिहीवार समाजवादी राष्ट्रिय परिषदद्वारा अनुमोदित गरिएको छ ।

“वामपन्थी र माख्रोंका बिरोधी पार्टी कसैलेपनि आफ्नै बलमा जित्न सक्दैन, फ्रेन्च कम्युनिष्ट पार्टीका नेता फाबियन रौसेलले फ्रान्स इन्टर रेडियोलाई भने “नयाँ गठबन्धनले फ्रान्सेली जनता, मजदुरहरू, युवाहरूमाझ एकजुट हुन आग्रह गर्ने ठूलो आशालाई सदुपयोग गर्न आवश्यक छ।”

एल एफ आ इ पार्टीका नेता जँ-लुक मेलँशोंको लागि हालको अवस्था बलियो हो । किनकि राष्ट्रपतीको निर्वाचनमा अन्य धेरै वाम पार्टी, सोसलिष्ट पार्टी र मध्यमार्गी पार्टीपनि बढारिए ।

माक्रोंको जित पछि, मेलँशोंले तुरुन्तै मतदाताहरूलाई आफूलाई प्रधानमन्त्री चयन गर्न र वामपन्थीलाई राष्ट्रिय सभामा बहुमत दिनको लागि आह्वान गरेका थिए ।

सेवानिवृत्तिको उमेर ६२ बाट ६५ मा फर्काउने अलोकप्रिय योजना ल्याएका राष्ट्रपती एमानुयल माख्रोंका अन्य केन्द्रवादी सुधारहरू रोक्न उनले त्यस्तो आव्हान गरेका थिए ।
माक्ख्रों र मेलँशोंको यो जबर्जस्ति मिलन दुई दशकमा पहिलो हुनेछ । तर पर्यवेक्षकहरूले यस्तो परिदृश्य असम्भव रहेको बताएका छन् ।

राष्ट्रपति चुनाव जस्तै फ्रान्सको ५७७ निर्वाचन क्षेत्रमा विधायी चुनाव पहिलो र दोस्रो चरण प्रणालीमा हुन्छ । साना दलहरुको गठबन्ध्नले संसदिय निर्वाचनमा माख्रोंको पार्टीबिरुद्द नयाँ चुनौति र अवशर थपिदिएको छ ।

समाजवादी पार्टी ‘बेपत्ता’ ?

प्रमुख नीतिगत मतभेदहरूले वामपन्थी पार्टीहरू बीचको वार्तालाई तनावपूर्ण बनाएको छ । एल एफ आइको प्रस्ताव एकपक्षीय रूपमा केही युरोपेली संघले लागु गरेका सन्धिहरूको प्रावधानहरूलाई नमान्ने भन्ने छ । त्यस्ता सन्धिहरु अवज्ञा गर्नुपर्ने भन्दै एक विशेष प्रस्तावपनि गरिएको छ ।

तर गठबन्धनका नयाँ सहयोगीहरूले न्यूनतम पारिश्रमिक बढाउने, सेवानिवृत्तिको उमेर घटाएर ६० वर्षमा पुर्‍याउने र पूर्व समाजवादी राष्ट्रपति फ्रंस्वा होलँदको नेतृत्वमा लागू गरिएका श्रम बजार सुधारहरू फिर्ता गर्नेलगायत मेलँशोंको मूल नीतिका प्रस्तावहरूमा सहमति जनाएका छन् ।

होलँद आफैं पाँच वर्ष अघि सत्तामा थिए । उनकै पालामा समाजवादी पार्टी पतन भयो । बुधवार उनले भने “सम्झौतालाई वस्तुगतरुप र निर्वाचन क्षेत्रहरूमा समेत अस्वीकार गर्ने छौं ।”

उनले यसअघि वामपन्थी गठबन्धनले गर्दा समाजवादीहरूको उपस्थिति शुन्य हुनसक्ने चेतावनी दिएका थिए ।

तर एलएफआईका सांसद म्यानन औब्रीले बुधबार भनेका छन् ” योवास्तवमै फ्रंस्वा होलन्दको महत्त्वपूर्ण कदमहरू थियो जसले समाजवादीहरूलाई बाँकी रहेका वामपन्थि वा माख्रोंको दलका बिपरित पार्टीसँग पङ्क्तिबद्ध गर्न अनुमति दिएको थियो ।”

परम्परागत रूपमा टुक्रिएको फ्रान्सेली वामपन्थी मतभिन्नतालाई पार गर्ने उत्साहको रुपमा यस गठबन्धनलाई हेरिएको छ । साना साझेदार दलहरूले पार्टीहरू बीचको निर्वाचन क्षेत्र कसरी बाँडफाँड हुनेछ भनेर हेरिरहेका छन् । प्रत्येकले संयुक्त टिकटमा धेरै सिट जित्नकालागि अधिकतम प्रयास गर्ने लक्षय लिने छन् ।

गठबन्धनको अन्तिम सम्झौताले ग्रीन पार्टीलाई १००, समाजवादी पार्टीलाई ७० र कम्युनिष्ट पार्टीलाई ५० निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ ।

केही समाजवादीहरूले केहि क्षेत्र छोड्न अस्विकार गरेका थिए । तर उनीहरुलाई छुट्टै तरिकाले फरक अभियानमा नेतृत्व गर्न तयार पार्ने बिकल्पपनि अघि सारेका छन्।

तपाइँको प्रतिक्रिया