बिहीबार, वैशाख १३, २०८१

म्याराडोनाको विश्वकप जर्सी ९३ लाख डलरमा लिलामी

नेपालप्लस संवाददाता२०७९ वैशाख २५ गते ३:२७

अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोनाले १९८६ को विश्वकपमा इङ्ल्यान्ड विरुद्ध दुई पटक गोल गर्दा लगाएको जर्सी ९३ लाख डलरमा लिलामी भएको छ । “ह्यान्ड अफ गड गोल र उनको जर्सी यति धेरै रकममा बिक्रि भएको सम्पूर्ण खेल जगतमै खेलकुद वस्तुमा पहिलो रेकर्ड मानिएको छ ।

धेरैले सर्वकालीन महान खेलाडी मानेका म्याराडोनाको नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो ।

अप्रिल २० मा सुरु भएको लिलामीको आव्हान प्रक्रिया बुधवार बिहान समाप्त भएको थियो । उनको प्रतिष्ठित विश्व कप जर्सीको लागि सात बोलपत्रकर्ताहरूले प्रतिस्पर्धा गरेका थिए ।

“यो ऐतिहासिक शर्ट खेलकुदको इतिहासमा मात्र नभई २० औं शताब्दीको इतिहासमा एउटा महत्त्वपूर्ण क्षणको मूर्त सम्झना हो” सोथेबीको स्ट्रीटवेयर र आधुनिक संग्रहणीयका प्रमुख ब्रह्म वाच्टरले बिक्री पछि एक विज्ञप्तिमा भनेका छन् ।

“यो यथार्थमा लिलामीमा आएको सबैभन्दा प्रतिष्ठित फुटबल जर्सी हो । त्यसैले यसले अब आफ्नो प्रकारको कुनै पनि वस्तुमा सबैभन्दा उच्च लिलामी रेकर्ड राखेको छ” उनले भने ।

यो जर्सी इङ्ल्यान्डका मिडफिल्डर स्टिभ होजको विवादास्पद भिडन्तको अन्त्यदेखि नै उनको भएको थियो जसले म्याराडोनासँग मेक्सिको सिटीमा इङ्ल्यान्ड २-१ ले पराजित भएपछि आफ्नो जर्सी साटासाट गरेका थिए ।

कुनै पनि खेल खेल्दा लगाइएको शर्टको यस अघिको रेकर्ड ५६ लाख डलर थियो । सन् २०१९ मा बेबे रुथले न्यु योर्क यान्कीजमा लगाएको जर्सीको मूल्य यस अघिल्लो सर्वाधिक लिलामी मूल्य थियो ।

तपाइँको प्रतिक्रिया