बुधबार, वैशाख १९, २०८१

युरोपमा ‘मोटोपनाको महामारी’ ले वार्षिक १२ लाखभन्दा बढी मानिसको मृत्यु

नेपालप्लस संवाददाता२०७९ वैशाख २५ गते ३:५४

युरोपमा मोटोपनाको ‘महामारी’ ले प्रति वर्ष १२ लाख ब्यक्तिको मृत्यु हुने र कम्तिमा वार्षिक दुई लाख क्यान्सरका घटना हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा प्रकाशित नयाँ प्रतिवेदनका अनुसार युरोपमा झण्डै एक तिहाइ वालवालिका र ५९ प्रतिशत वयस्कहरू अधिक तौल वा मोटोपनाको समस्यामा बाँचिरहेका छन्।

केटीहरुको तुलनामा केटाहरूमा केहि बढी तौल वा मोटो हुने सम्भावना रहेको बताइएको छ ।

अधिक तौल वा मोटो हुनु पनि युरोपको चौथो ठूलो मृत्युको को कारण हो । डब्ल्यूएचओ युरोपेली क्षेत्रीय मोटोपन रिपोर्टले औंल्याए अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष अनुमानित १२ लाख मृत्यु हुनुमा मोटोपन जिम्मेवार छ । यो भनेको कुल मृत्युको लगभग १३ प्रतिशत हो।

“युरोपको मोटोपनाको दर अमेरिका बाहेक अन्य कुनै पनि डब्लुएचओ क्षेत्रको तुलनामा उच्च छ” संयुक्त राष्ट्र संघले भनेको छ “यो सन् १९७५ र सन् २०१६ बिचमा १३८ प्रतिशतले बढेको छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक