शनिबार, वैशाख १५, २०८१

किरा टिप्ने की चुनावको चहलपहलमा रम्ने ?

नवीन लामिछाने२०७९ वैशाख २६ गते ५:३०

हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । ये मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङमा बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो भएको हो । त्यस्तै यार्सा संकलनसँगै स्थानीय तह निर्वाचनको तयारीमा समेत उनीहरूले जुट्नुपर्ने भएको छ । औषधीजन्य जडीबुटी संकलन गर्न आवश्यक छ । तर लामो समयपछि हुने निर्वाचनको तयारी गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । औषधीजन्य जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

मनाङवासीले यार्सा सङ्कलनसँगै स्थानीय तह निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवार छनोट प्रक्रियासमेत पूरा गर्नुपर्ने भएको छ । एक स्थानीय भन्छन्– एकै पटक दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।

निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज आचार्यले स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको बताए । उनका अनुसार चार वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् । औषधीजन्य जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘यार्सा सङ्कलन क्षेत्रमा पनि सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ र निर्वाचन क्षेत्रहरूमा पनि सुरक्षित तथा व्यवस्थित बनाउने चुनौती छ । यसको व्यवस्थापनमा हामी जुटेका छौं,” आचार्यले भने ।

यार्सा सङ्कलन कार्य वैशाख १५ गतेदेखि नाम्केखर्कबाट सुरु भएर नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्क पुगेपछि सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार असारको पहिलो हप्तासम्म औषधीजन्य जडीबुटी संकलन कार्य हुनेछ ।

समितिले मनाङवासीको नागरिकता वा बसाइ सरेको भए बसाइसराइको प्रमाणपत्र समितिमा राखी यार्सा सङ्कलन पूर्जी दिने गरेको छ । संस्थामार्फत यार्सा सङ्कलन गरिंदै छ भने अघिल्लो वर्ष दिइएको सङ्कलन पूर्जी संकलन पूर्जी उपलब्ध गराउने उनले बताए । यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार र फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने अजनकारिपनि उनले दिए ।

यार्सा गुम्बा संकलन गरेको परिचय पत्र, सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस, दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकामा दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताए । उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बामा एक वटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ ।

यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ । मनाङभन्दा बाहिरबाट यार्सा संकलनमा आएकाको हकमा उनीहरू वैशाख १५ देखि २५ गतेसम्म मात्र मनाङमा बस्न पाउने नियम बनाइएको छ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यसवर्ष जडीबुटी संकलन भएकाले राजस्व वद्धि हुने अपेक्षा गरिएको छ।

श्रोत: आइएनएस

तपाइँको प्रतिक्रिया