शुक्रबार, चैत १६, २०८०

निर्वाचन प्रचार प्रसारका अनौठा शैली

नेपालप्लस संवाददाता२०७९ वैशाख २७ गते १६:४३

खेत जोत्न कल्टी (फाली) सहितको ट्र्याकटरमा राप्रपाको प्रचार शैली । स्थानिय स्तरमा यो झट्ट हेर्दा निकैको ध्यान तानेको थियो ।

आज मंगलवार २७ वैशाख, राती १२ बजेपछि स्थानिय निर्वाचनको मौन समय शुरु भयो । अब प्रचारप्रसार बन्द हुने छ । स्थानिय निर्वाचनको उम्मेदवारीमा अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार तिब्र भएको थियो । यो बिचमा दलका स्थानिय नेता, कार्यकर्ताले अनेकरुपका प्रचार शैली अपनाए । मतदातालाई तान्न भन्दापनि सडक, टोलटोलमा आफ्नो शक्ति प्रदर्शन गर्ने अवशरका रुपमा लिए । प्रतिद्वन्दी उम्मेदवार र बिपक्षी दलको प्रचार शैलीलाई टक्कर दिने र मथ्थर पारेर आफ्नो प्रचार शैली कसरि बढी आकर्षक बनाउने भन्नेमै बढी केन्द्रित भए । तर उम्मेदवार, दलहरुले निकै अभद्र, समाजमा गलत मान्यता र सन्देश दिने शैलीपनि अपनाए । केहि रोचक पारापनि देखियो । तस्विरमा निर्वाचन प्रचारका केहि शैली हेर्नुस्-

जनताका घरदैलामा मत माग्न आज मेयर साप आउनुहुन्छ रे । उहाँलाई स्वागत छ !

राजनितिको र पनि नजान्ने, नबुझ्ने वालवालिकाका हातमा पार्टीको झण्डा !

हलो कि सूर्य ? कोहि मतदाता कसलाई मत दिने भन्ने दोधारमा । कोहि मतदाता आफन्त भएका, निकट ब्यक्तिलाई नचिढ्याउन, साखुल्ले बन्नपनि दुई वटा पार्टीका झण्डा झुण्ड्याउने गरेका छन् ।

कांग्रेसको प्रचारमा वालवालिका ! जसले भोट दिनै पाउँदैन उहि प्रचारमा ।

छिमेकीलाई गाह्रो ! वल्लोपल्लो घर, छिमेकीनै फरक फरक पार्टीका । कतिपय ठाउँमा पार्टीगत कडा द्वन्दले छरछिमेकमा बोलचालै बन्द भएको छ । दलहरु स्थानिय स्तरमै जनता फुटाउन, द्वन्द चर्काउन भने सफल भएका छन् ।

जनतापनि उस्तै ! खसिबाख्रा कोच्ने, सुरुङ जस्ता डिब्बामा कोचिन तयार !

कांग्रेसमात्रै होइन नी, माओवादीपनि के कम ? पाका, मत दिनेलाई जाँघर र उत्साह छैन वालवालिकालाई उतारेर चुनाव प्रचारमा माओवादी केन्द्र !

एमालेको त झन नारानै छ ‘देशै एमाले’ । अरु दलभन्दा एमाले किन कम होओस ! उसले त झन वालवालिका, किशोर किशोरीलाई प्रचारमा लगाउनेनै भयो । तर माओवादी र कांग्रेसको भन्दा एमालेको तुलनात्मकरुपमा कम थियो, वालवालिकालाई प्रचारमा लगाउने शैली ! यो, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाको को प्रसंग हो ।

गाह्रो छ हजुर गाह्रो छ । बिचार एकातिर छ । मन पर्ने पार्टी अर्कोतिर छ । उम्मेदवार साथी, नातागोता पर्ने छन् । झ्याप्पै बिरोध गर्नपनि नसकिने । मित्रता राख्नै पर्‍यो । त्यसैले ‘ल तपाईको बिजय सुनिस्चित छ, बिजयको शुभकामना छ’ भनेर रातो अबिर घसिदिएर तत्कालकालागि खुशि बनाइदिएपनि उम्मेदवारलाई लाग्छ ‘मेरो भोट पक्का भो । अबिर घसिदिने र लाउने दुबै खुशि !

महिला । त्यसमापनि यति मिठो हाँसेर छतमा बसेकालाईपनि नमस्कार ! एक भोट त कस्सो नझर्ला ?

गठबन्धन गठबन्धन भनेपनि प्रचारप्रसारमा कहाँ एकता, सामुहिकता छ र ? आफ्ना आफ्ना तरिकाले डम्फु बजेका छन् । कांग्रेसको रुखमा माओवादी केन्द्रको झण्डा !

सबै तस्विर- नेपालप्लस डट कम

तपाइँको प्रतिक्रिया

फेसबुक