शुक्रबार, वैशाख १४, २०८१

दुई कृष्णको भिडन्त : कसको होला पल्लाभारी ?

नेपालप्लस संवाददाता / चितवन२०७९ वैशाख २७ गते १८:५२

सबैभन्दा देब्रेतिर मुस्कुराएका कृष्ण महतो

देशैभरि स्थानिय निर्वाचनको रौनक छ । त्यो रौनक सबैभन्दा बढी चितवनमा छ । प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनै आफ्नी पुत्री रेणु दहाललाई जिताउन ज्यान दिएर लागेकाले हुनेनै भयो । त्यसमापनि सधैं गनगन गरिरहने तर प्रभावशाली नेता भनेर चिनिएका रामचन्द्र पौडेलसमेत लागेका छन् । देशकै एक केन्द्रबिन्दु भएकाले चितवनको रौनकले देशलाईनै तताउने भयो । चितवनको भरतपुर तातेपछि चितवनका अन्य नगरपालिका, गाउँ र टोलपनि तात्नेनै भए । नेपालकै पर्यटन गन्तब्य मध्येको एक प्रमुख सौराहापनि भएकाले भरतपुर महानगरसित जोडिएको रत्ननगरपनि तातेको छ । त्यसमा सौराहाकै सिमासित जोडिएको ५ नंवर वडा, झुवानी पनि निक्कै तातेको छ ।

यो वडामा वर्तमान वडाध्यक्ष कृष्ण महतो नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उठेका छन् । पाँच दलिय गठबन्धनका तर्फबाट बालकृष्ण चपागाइ उनका प्रतिद्वन्दि छन् । आज मंगलवार यि दुई उम्मेदवारका बिचमा प्रचारप्रसारको कडा टक्कर देखियो ।

चापागाईको प्रचारमा रत्ननगर टाँडी, सौराहा, बछ्यौलीका धेरै कांग्रेस कार्यकर्ता सहभागि थिए । कृष्ण महतोको प्रचारमापनि बाहिरका प्रचारक थिए । तर बालकृष्णको प्रचारमा भन्दा कृष्णको प्रचारप्रसार र र्‍यालीमा स्थानियको संख्या बढी थियो ।

दुबै पक्षले मिनिबस, टेम्पो, मेजिक लगायतका सवारी साधन भाडामा लिएर कार्यकर्ता बोकेका थिए ।

कसले जित्ला ?

दाहिनेबाट दोस्रोमा हात जोडेर मत माग्दै गरेका वालकृष्ण चपागाइ

बालकृष्ण चापागाई हालसम्म परिक्षित छैनन् । त्यसैले नेपाली कांग्रेसकालागि त्यो एउटा अवशर बनेको छ । हालसम्म स्थानिय नेत्रित्वमा परिक्षित नभएकाले उनको आलोचना हुने ठाउँपनि कम छ । उनी युवा जोश र जाँघरका छन् । हँसिला, आलोचना सहनसक्ने, सहनशिल छन् । पार्टीलेनै गठबन्धन गरेकाले मत बढी हुनसक्ने आँकलनपनि हुनेनै भयो ।

तर परिक्षित नहुनुको अर्को नकारात्मक पाटोपनि छ । उनले कसरि स्थानिय स्तरलाई विश्वाशमा लिन सक्छन्, नेत्रित्व गर्न सक्छन्, कसरि स्थानियका समस्या हल गर्न सक्छन् भन्ने शंकापनि छ । बालकृष्ण अशल छन् तर उनका सहयोगिहरु ठिक भएनन् भन्ने गाउँलेहरुपनि छन् ।

अर्को तर्फ कृष्ण महतो छन् । उनी नेकपा एमालेका उम्मेदवार भए । पाँच दलिय गठबन्धन बिरुद्द नेकपा एमाले एक्लै उत्रेको छ, मैदानमा । उनलाई ‘नेकपा एमालेलाई हराउनैकालागि पाँच दलिय गठबन्धन बहेको’ भनेर प्रचार गर्ने अवशरपनि छ । तर उनले खुलेर त्यो सूत्र प्रयोग गरेका भने छैनन् ।

उनी जनजाति थारु समुदायका भएकाले उनको अवशर बढीनै छ । जसले जेसुकै भनेपनि जनजातिको मनशाय अन्तिममा ‘हाम्रो जनजाति, हाम्रो थारु समुदायको’ भन्ने पर्छ नै ।

अर्कोतर्फ कृष्ण महतोपनि युवा हुन् । करिब ३० को हाराहारी उमेरका हँसिला उनी आलोचना सुन्न सक्छन् । मन नपरेपनि कसैको आलोचनामा झ्याप्पै बिरोध गरिहाल्ने बानी उनको छैन ।

सार्वजनिक कार्यक्रममा धाराप्रवाहिकरुपमा मिठो शैलीमा बोल्नसक्ने क्षमता विकास गरेका छन्, कृष्णले । स्थानिय स्तरमा परिक्षित भएकाले केहिलाई उनको आलोचना गर्न मसलापनि मिलेको छ । हरेक काममा आलोचना गर्नेहरु यसैपनि भैहाल्छन् ।

तर कृष्णले वृद्द भत्ता दिलाएको, भारतले नाकाबन्दि लगाउँदा त्यसलाई परास्त गरेको, चिनसितको नाका खोलेको लगायतका राष्ट्रिय मुद्दामा आफ्नो पार्टी अग्रणी भएको लगायतका मुद्दा पाएका छन् ।

त्यसबाहेक टोलमा सानै भएपनि सडक बनाएको, सुकुम्वासीलाई छाप्रा बनाइदिएको, उपचार् नपाएर छटपटाएका केहि स्थानियलाई दान खोजेरपनि उपचार गरेको, स्थानियका स्थानिय स्तरका समस्यामा सहयोग गरेको लगायतका मुद्दा उठाएका छन् ।

स्थानियले देखेको अर्को पाटोपनि छ-भविष्यमा केन्द्रिय तहमा पुग्न सक्ने आधार । जनजातिका तर्फबाट उम्मेदवार बनेकाले कृष्णको केन्द्रिय तहमा पुग्नसक्ने बलियो आधार छ भन्ने उनका समर्थकहरुले उठाएका छन् । जनजाति त्यसमापनि अल्पसंख्य थारु समुदायका कृष्ण शिक्षितपनि छन् । जनजातिमा स्पष्ठ बोल्न सक्ने, सार्वजनिक कार्यक्रममा धाराप्रवाह बिचार दिनसक्ने, तर्क दिन सक्नेको संख्या कम छ । हो यहि अभावकाबिच कृष्ण वडाध्यक्षमा बिजयी भएमा भविष्यमा केन्द्रिय तहको राजनितिमा सजिलै माथि जान सक्छन् र त्यसले समग्र वडा, जिल्लालाईनै फाईदा हुनसक्छ भनेर अर्थ्याउनेहरुपनि छन् ।

तर अर्को पाटोपनि भुल्नुहुन्न । कृष्ण एकपटक परिक्षित भैसकेकाले नयाँ अनुहार हेरौं नत भन्नेको संख्यापनि छ । कांग्रेस पार्टी यसैपनि कमजोर छैन । तर वाल कृष्ण चितवनमा जमेको लामो समय भएको छैन । उनलाई धेरैले ‘राम्रोसित चिनेकै छैन’ भन्नेहरु छन् । हालसम्म स्थानिय स्तरको नेत्रित्वमा परिक्षित नहुनु, बसाईका क्रमले नयाँ हुनु, कांग्रेसमा अन्तर्घात धेरै हुनु र नेकपा माओवादी लगायतका दलसित गठबन्धन हुनु उनकालागि प्रतिकुल पाटा हुन् ।

तर निर्वाचन हो । अन्तिम अवस्थासम्म, मतदान केन्द्रमा पुग्ने बेलासम्मपनि मतदाताको मनशाय बदलिनसक्छ । अन्तिम अवस्थासम्म मनशाय बदलिएन, रातारात मतदाता खरिद बिक्रि भएनन् भने माथिल्ला तर्कले काम गर्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया