बुधबार, वैशाख १२, २०८१

फ्रान्सको संसदीय चुनावमा पार्टीहरुले कसरि पाउँछन् राज्यको आर्थिक सहयोग ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख २८ गते १९:२५

फ्रान्सले आगामी १२ र १९ जुनमा कडा प्रतिस्पर्धा हुने संसदीय चुनावको लागि तयारी गरिरहेको छ । किनकि राष्ट्रपतीमा बिजयी एमानुएल माख्रोंका पराजित विरोधीहरूले उनलाई राष्ट्रिय सभाको बहुमतबाट वञ्चित गर्न विशेष तयारि गरिरहेका छन् । माख्रोंमाथि बिरोधका कडा बोलीहरू प्रहार छन्। तर आगामी चुनाव अर्को कारणले पनि महत्वपूर्ण हुनेछ, किनकि त्यसमा भोट जित्नु नै पार्टीको सार्वजनिक कोषको अत्यावश्यक स्रोत हो ।

राष्ट्रपति निर्वाचन अभियानको नाटक पछि संसदीय चुनाव आउँछ । फ्रान्समा यसलाई बोलिचालीको भाषामा “तेस्रो चरण” पनि भन्ने गरिन्छ । राष्ट्रपती पदमा उपविजेता मरिन ल पेन र चरम बामपन्थी मानिने जँ लुक मेलशों जो राष्ट्रपतीको निर्वाचनमा तेस्रो स्थानमा आए ति दुबैले संसदीय बहुमत जितेर माख्रोंको दोस्रो कार्यकाललाई पराजित गर्ने सम्भावित प्रयासहरू सुरु गरेका छन् ।

तर विधायिकाको नतिजा (फ्रान्सेलीमा संसदीय चुनाव भनिन्छ) पार्टीको वित्तपोषणमा उनीहरूको भूमिकाका कारण पनि परिणाममुखी हुनेछ । चन्दा र सदस्यता बक्यौतामा प्राप्त हुने रकमको लागि पार्टीहरूले कम्तिमा ५० निर्वाचन क्षेत्रमा कम्तिमा एक प्रतिशत भोटको थ्रेसहोल्ड पार गर्नुपर्छ । त्यसो भएको खण्डमा प्रति भोट एक युरो ४२ सेन्टिम (करिब एक सय ८५ रुपियाँ) प्राप्त गर्छन् ।

सार्वजनिक कोषको लागि योग्य हुने यो ब्यवस्थाले विधायिकाहरूलाई फ्रान्सको साना राजनीतिक दलहरूको समूहको लागि आयको अमूल्य स्रोत बनाउँछ । फलस्वरूप सर्वेक्षणहरूले देखाएका छन् “पार्टीहरूलाई सकेसम्म धेरै उम्मेद्वारहरू अगाडि बढाउन प्रोत्साहन दिएको छ ।”

तर सहुलितको जोखिमपनि छ । निर्वाचनको यो अभियानमा पैसा खर्च हुन्छ । यदि थ्रेसहोल्ड पूरा गर्न नसकेको खण्डमा निर्वाचनमा गरेको सबै खर्च बर्बाद हुन्छ । त्यसैले दलहरूले कहाँ कहाँ उम्मेदवारी दिने भन्नेबारे रणनीतिक रूपमा सोच्नुपर्छ ।

विजेतालाई खुदो

चुनावी कार्यसम्पादन थ्रेसहोल्डको साथसाथै सार्वजनिक कोषको सहुलित प्राप्त गर्न दलहरूले केही नियमहरू पालना गर्नुपर्छ । शुरुमा उनीहरूले आफू र आफ्नो दल गृह मन्त्रालय अन्तर्गत राजनीतिक दलहरूको आधिकारिक दर्ता सूचीमा सूचिक्रित गर्नुपर्छ । र आफ्नो अभियानका खाता (खर्च) हरू फ्रान्सको पार्टी वित्तिय नियमन गर्ने राष्ट्रिय निकायमा दर्ता गर्नुपर्छ ।

महिला र पुरुष उम्मेदवारको संख्यामा असन्तुलन भएमा दलहरूले पाउने आफ्नो कोष घट्छ । पार्टीले जति कम महिलालाई अगाडि बढाउँछ त्यति नै राज्यको आर्थिक सहयोग घट्छ वा कम प्राप्त गर्छन् ।

तर राष्ट्रिय सभामा सिट जित्नु भनेको ज्याकपोट खेलमा प्रहार गरेजस्तै हो । दलहरूले आफ्नो पाँच वर्षे जनादेशको अवधिको लागि प्रति सांसद प्रति वर्ष ३७ हजार दुई सय ८० युरो पाउँछन् । यसरी कुनै पनि पार्टीलाई वार्षिक १० लाख युरो प्राप्त गर्न ५७७ राष्ट्रिय सभा सिटमध्ये २७ सांसदको मात्रै चुनाव भए हुन्छ ।

भर्खरै पुनः निर्वाचित भएका राष्ट्रपति एमानुयल माख्रोंको पार्टीले विधान सभामा अत्यधिक सिट जित्नसक्ने आँकलन गरिएको छ । त्यसमा वास्तविक विजेताले सबै प्रभाव पार्छ ।

सन् २०१७ मा माख्रोंको पार्टी ला रेपब्लिक अँ माश (रिपब्लिक अन द मुभ) ले ३३३ सिट ल्याएर ठूलो जित हासिल गर्‍यो । त्यसैले राज्यको अनुदानमा दुई करोड युरो भन्दा बढी प्राप्त गर्‍यो ।

बलियो प्रबहव पार्न नसक्ने पार्टीहरूको लागि अवस्था कठिन हुन्छ । समाजवादी पार्टी (पि एस) वर्षौंदेखि फ्रान्सेली वामपन्थीको सबैभन्दा बलियो पार्टी थियो । यसले सन् २०१७ लेजिस्लेटिभ निर्वाचनमा नराम्रो पराजय भोग्यो । यो पराजय पछि पार्टीले मध्य पेरिसमा रहेको आफ्नो उत्कृष्ट मुख्यालयनै बेच्नुपर्‍यो । किनभने निर्वाचनको ऋणनै उसले तिर्न सकेन ।

फ्रान्सको परम्परागत रुढिवादी पार्टी ले रेपुब्लिक्याँ (एलआर) का पूर्व कोषाध्यक्ष ड्यानियल फास्क्वेलले ल फिगारो दैनिकलाई भने “सबै कुरा यी चुनावहरूमा निर्भर छ । मलाई यसले स्तब्ध बनाएको छ। हामीलाई राम्रो, कम क्रूर प्रणालीको खाँचो छ ।”

यो निश्चित रूपमा विजेताको लागि एक बोनस जस्तै हो । तर मानिसहरुले स्थानीय, क्षेत्रीय र ईयु चुनावमा पार्टीहरूको नतिजालाई पनि ध्यानमा राख्ने प्रणाली सिर्जना गर्न सम्भव हुनुपर्ने दाबी गर्दै आएका छन् । यसले प्रत्येक पाँच वर्षमा मात्र नभै छोटो अन्तरालमा पार्टी कोषको निर्णय गर्न अनुमति दिने तर्क गरेका छन् ।

केही पार्टीहरूका लागि यो सहुलियतले धेरै खतरा निम्त्याउँछ : मारिन ल पेनको रास्सम्बलमँ नासियोनाल (राष्ट्रिय र्‍याली) जसलाई ल पेनले माख्रोंसँगको टिभी बहसको क्रममा “गरीब पार्टी” भनेर वर्णन गरेकि थिईन् जुन पार्टीको सन् २०२० को अन्त्यसम्ममा लगभग दुई करोड ३८ लाख युरो ऋणमा थियो । किनभने निर्वाचनमा गरेको खर्च अनुरुप उसले मत पाएन र आर्थिक सहयोग लिन पाएन ।

फ्रान्सको वामपन्थी पार्टी एल आर र समाजवादी पार्टीका उम्मेदवारहरूले राज्यलाई उनीहरूको अभियान कोषको आंशिक रूपमा प्रतिपूर्ति गर्न सफल भएनन् । न्यूनतम भोटको ५ प्रतिशत प्राप्त गर्न असफल भएपछि आफूलाई उस्तै डरलाग्दो आर्थिक संकटमा पारेका छन् ।

त्यसैले ति विभिन्न दलहरू संसदीय सिटका लागि लडिरहेका छन् । उनीहरूसँगै जाने रकमले गठबन्धन निर्माण विवादास्पद मुद्दा बन्न सक्छ। समान विचारधारा भएका दलहरूले मत विभाजन हुनबाट जोगिनका लागि विशेष निर्वाचन क्षेत्रहरूमा एकता गर्न सक्छन् । तर जब उनीहरूको साझा उम्मेदवारले जित्छ विजयी उम्मेदवारको विशिष्ट पार्टी राज्य कोषको विशेष दाबेदार हुन्छ ।

तसर्थ दलहरूले कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो सहयोगीले जित हासिल गर्दा उनीहरूले अन्यत्र जित्न सकिन्छ भन्ने सुनिश्चित गर्न सम्झौता गर्छन् ।

तपाइँको प्रतिक्रिया