शुक्रबार, वैशाख १४, २०८१

घले पक्षिय एनआरएनलाई कानुनी कारवाहि गर्ने चेतावनी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख २८ गते २०:११

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को लोगो र लेटरहेड दुरुपयोग गरेको भन्दै एनआरएनए दाबी गर्दै आएको शेष घले पक्षलाई कारवाहि गर्ने चेतावनी दिईएको छ ।

एनआरएनएको लोगो र लेटरहेड प्रयोग गरी संघको नाममा अवान्छित गतिविधी गरेको भन्दै घुमाउरोक्स्पाराले घले समुहलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको हो ।

एनआरएनएले एक प्रेस बिज्ञप्ती जारि गर्दै गैरआवासीय नेपाली संघको दशौं नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मार्च २६-२७, २०२२ मा काठमाडौंको हिमालय होटलमा सम्माननीय राष्ट्रपती विधा देवी भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन र प्रधानमन्त्री शेर वहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा समापन भएको महाधिवेशनवाट सर्वसहमतीको आधारमा पारीत भएको संशोधित विधानलाई २७ मार्च २०२२ मा परराष्ट्र मंत्रालयबाट प्रमाणीकरण भएको उल्लेख गरेको छ । उक्त संसोधित विधानको अधिनमा रही सर्वसहमतीको आधारमा संघका पदाधिकारीहरुको चयन भएको जनाएको छ ।

सहमतिमा नै संघको दशौं महाधिवेशनवाट कुल आचार्य, रबिना थापा र डा बद्री केसीको संयुक्त नेतृत्वमा नयाँ कार्य समितिको गठन भई गैरआवासीय नेपाली संघले विभिन्न विभाग एवं समितिहरु गठन गरेर आफ्ना कार्यक्रमहरु सक्रिय रुपमा अघि वढाउन लागिरहेको अवस्थामा संघको आधिकारिक निकाय बाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटरहेड प्रयोग सम्वन्धी कार्यविधी विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएको उल्लेख गरेको छ । बिज्ञप्तीमा शेष घले र उनको समुहको नाम भने उल्लेख छैन, संकेत मात्रै गरिएको छ । घले पक्षले एनआरएनएको लोगो र नाम प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बिज्ञप्तीमा घले पक्षले पठाएका पत्रलाई अनधिक्रित मान्न आव्हान गर्दै भनिएको छ “अनाधिकृत रुपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्वन्धी कुनै पनि भ्रममा नपर्नका लागि सम्पूर्ण एनसिसि लगायत सम्वन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं।”

संघभित्र रहेका आन्तरिक मतभिन्नता र असहमतिहरुलाई संस्था भित्रै छलफल गरेर सहमतीमा पुग्न सकिने, सहमति र सहकार्य गरेरै संस्थालाई एकतावद्ध र मजवूत बनाउन सकिने भन्ने दृढ मान्यता र विश्वास रहि आएकोपनि एनआरएनएले बिज्ञप्ती मार्फत जनाएको छ ।

आपसी असमझदारीको समाधानार्थ सार्थक वार्ताका लागि संवन्धित असन्तुष्ट पक्षलाई एनआरएनएले आव्हान समेत गर्दै भनेको छ “संघको आधिकारिक नाम र लोगोको दुरुपयोग नगर्नु हुन संवन्धित सवै पक्षलाई आग्रह गर्दछौं ।” तर बिज्ञप्तीमा कसले दुरुपयोग गरेको हो भन्ने नाम वा संस्था किटान गरिएको छैन ।

संघको लोगो र लेटरहेड प्रयोग गरी संघको नाममा गरिने अवाञ्छित गतिविधीहरुले नेपाली समाजमा भ्रम सृजना भैरहने उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ “संघको नियमित कार्यक्रमहरुमा वाधा अड्चन पर्दै जाने परिस्थिति सृजना भएको खण्डमा संघ कानूनी कारवाहीमा जान वाध्य हुने जानकारी गराउँदछौं ।”

एनआरएनएको यो प्रेस बिज्ञप्तीपछि शेष घले पक्षको प्रतिक्रिया भने सार्वजनिक भैसकेको छैन ।

तपाइँको प्रतिक्रिया