शनिबार, वैशाख १५, २०८१

एकलौटी मतदान गर्न बाध्य पारेपछि मतगणना गर्न र मतपेटिका लैजान नदिने तयारी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ३० गते १५:०१

स्वागत नेपाल

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ९ स्थित गोल्मास्थान उपस्वास्थ्य चौकी मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफू बाहेक अन्य दलका प्रतिनिधिहरुलाई बस्नै नदिएको भन्दै मतगणना गर्न नदिने र मतपेटिका लैजान नदिने तयारी भैरहेको छ ।

उन्नत लोकतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष स्वाग्त नेपालले एकलौटी मतदान गर्न बाध्य पारेको विरुद्ध मतगणना गर्न नदिने र मतपेटिका लैजान नदिने तयारी बारे कांग्रेसबाहेकका दलहरुसित छलफल जारी रहेको सार्वजनिक गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ९ स्थित गोल्मास्थान उपस्वास्थ्य चौकी मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नो पार्टी मात्र उपस्थित हुने र उन्नत लोकतन्त्र पार्टी लगायत अन्य पार्टीका प्रतिनिधीलाई बस्न नै नदिई एकलौटी रुपमा जबरजस्ती रुखमा छाप लगाई मतदान गराइरहेको नेपालले उल्लेख गरेका छन् ।

सो कुराको विरोध गर्दा आफ्नो पार्टीका ९ जना कार्यकर्ताहरुको टाउको फुट्ने गरी कुटपिट समेत गरिएको भनाई स्वगत नेपालको छ ।

नेपालले भनेका छन् “उक्त घटनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण गराउँदा पनि सोही बुथकब्जा शैलीबाट मतदात गराइरहेको हुँदा सो स्थानको मत गणना गर्न नदिने र मतपेटिका संकलन गरी गणनास्थलमा लैजान पनि नदिने बारेमा कांग्रेस बाहेक अन्य दलहरुसँग छलफल भइरहेको हुँदा सोही अनुसार तयारीमा रहनका लागि सम्पूर्ण पार्टी पङ्ति र निष्पक्ष निर्वाचनका पक्षधर साथीहरुसँग जानकारीका लागि अनुरोध गर्दछौं ।”

तपाइँको प्रतिक्रिया