बिहीबार, वैशाख १३, २०८१

आफ्नै आधारकिल्लामै बिप्लव माओवादी पराजित

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ३१ गते १०:५५

माओवादी केन्द्रका गोवर्द्धन घर्ती, रातो अविरमा । फोटो-जोन छन्त्यालको फेबु

रोल्पा भन्ने सुन्नासाथ माओवादीको किल्ला, गढ भन्ने बुझिन्छ । थवाङ त झन माओवादीको राजधानी, आधारकिल्लाकै रुपमा रह्यो, चिनियो । नेकपा माओवादी फुटेपछि थवाङ बिप्लव समुहको नेकपा माओवादीको किल्लाका रुपमा चिनिँदै र दाबी गरिंदै आईएको थियो । वैज्ञानिक जनक्रान्तिको नारा दिएर नेकपा माओवादीबाट अलग भएको बिप्लव समुहले अहिलेको स्थानिय निर्वाचनमा आफ्नै गढमा हार ब्यहोरेको छ ।

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानलनै विजयी भएको जोन छन्त्यालले उल्लेख गरेका छन् ।

कांग्रेस, एमाले, विप्लव समुहका लुकमन रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्तीले ३९५ मत ल्याएर विजयी भएका हुन् ।

स्थानिय निर्वाचनमा बिप्लव समुहले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गरेको थिएन । निर्वाचनमा पार्टीले भाग नलिने निर्णय गरेपनि पछि स्वतन्त्ररुपमा भाग लिएर उपयोग गर्ने निति अँगालेको थियो । उक्त निति अनुरुप बिप्लव माओवादीले देशका बिभिन्न ठाउँमा पार्टीका ब्यक्तिहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याएको थियो । धेरै ठाउँमा संभव भएसम्म अन्य पार्टीसित गठबन्धनसमेत गरेको थियो ।

स्थानिय निर्वाचनलाई स्वत्न्त्ररुपमा उम्मेदवारी दिएर उपयोगको निति लिएपनि बिप्लव माओवादीको हालत टिठलाग्दो देखिएको छ । आफ्नै गढ मान्दै आएको थवाङमै गठबन्ध गर्दापनि नराम्रोसित पराजित भएपछि बिप्लव माओवादीले देशका अन्य भागमा कस्तो नजिता ब्यहोर्ला भन्ने खुल्दुली बढेको छ ।

तपाइँको प्रतिक्रिया