बिहीबार, चैत १५, २०८०

कांग्रेस कार्यकर्ताले बाहिरबाट मान्छे ओसारेर राती नौ बजेसम्म मतदान गराएको आरोप

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ३१ गते ११:१४

नेपाली कांग्रेसका कार्यकर्ताहरुले सिन्धुपाल्चोक मेलम्ची नपा वडा नं ९ गोल्मास्थान उपस्वास्थ्य चौकी मतदान केन्द्रमा मतदानको समय सक्किएपछि जबर्जस्ति मान्छे ल्याएर राती नौ बजेसम्म मतदान गराएको आरोप लगाइएको छ ।

अपरान्ह ५ बजेसम्म मात्र मतदान केन्द्र प्रवेश गरेकालाई मतदान गर्न दिने प्रावधान विपरित कांग्रेसका कार्यकर्ताहरुले राती ९ बजेसम्म बाहिरबाट मान्छे ल्याई मत हाल्न लगाइएको उन्नत लोकतन्त्र पार्टीले आरोप लगाएको हो ।

अवैधानिक रुपमा मान्छे ओसारेर मतदान गराएपछि उन्नत लोकतन्त्र पार्टीले मत गणनामा विरोध गरेको हुँदा गणना हुन नसकेको मेलम्ची नगर पालिकामा उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष पाण्डेले जनाएका छन् ।

निर्वाचन आयोगमा उक्त घटनाबारे जानकारी गराउँदा समेत कुनै थप सुनुवाइ नभएकोले कुनै अप्रिय घटना भए आफूहरु जिम्मेवार नहुने जानकारी गराएको उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

पाण्डेले उक्त मतदान केन्द्रमा तुरुन्त पुनः मतदान गराउने व्यवस्था गर्न माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक