आइतबार, असोज ९, २०७९

गफाडी च्याउ !

मार्को मार्गरिटोप२०७९ जेठ १ गते १९:३३

च्याउले पनि एक आपसमा कुराकानी गर्छन् भन्दा तपाइँलाई अनौठो लाग्ला । तर वैज्ञानिकहरूले गफगाफ गरेको पत्ता लगाएका छन् । च्याउले विद्युतीय आवेगहरूको उपयोग गर्दै एक अर्कासँग गफ गर्दा ५० भन्दा बढी शब्द प्रयोग गरेको पाएका छन् । जब च्याउको सम्पर्क खाद्य स्रोत वा संभावित खतरासँग हुनपुग्छ त्यसबेला यस्तो सवांद हुने गरेको दाबी वैज्ञानिकहरूले गरिरहेका छन्।

अध्ययनले के देखाएको छ भने च्याउ उमार्न प्रयोग गरिने पराल वा छ्वालीमा उम्रिएका स्पलिट गिल जातको च्याउलाई कुनै पनि काठ (फरेन उड) सँग छुवाइयो भने त्यसले खतरा महसुस गरी तीव्र विद्युतीय आवेगहरू उत्पादन गर्दछन्।

लुइस क्यारोलले १८६५ मा एलिस एडभेञ्चर्स इन वण्डरल्याण्ड (पुस्तक) लेख्ने क्रममा धूमपान गर्ने बिरालाहरू र गफ गर्ने च्याउ जस्ता परिदृश्यहरूबारे परिकल्पना गरेका थिए। त्यो समयमा धेरैजसो मानिसलाई विज्ञानबारे त्यति धेरै जानकारी थिएन। तर अहिले च्याउले ५० भन्दा बढी शब्द प्रयोग गरेर गफ गर्छन भन्ने अनुसन्धानबाट देखिएको छ।

रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, वैज्ञानिकहरूले यी जीवहरूलाई प्रकृतिको सबैभन्दा गफाडी (च्याटर बक्स) भएको खुलासा गरेका छन्। ‘युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्ड’को अन कन्भेन्सनल कम्प्युटिङ ल्याबोरेटरीका प्रोफेसर एन्ड्र्यु एडमात्ज्कीले मूलत: चार प्रजातिका च्याउबारे आफ्नो अध्ययन केन्द्रित गरेका थिए।

सामान्यत: कतिपय च्याउहरू एउटै माइसिलियमबाट उम्रिन्छन्, माइसिलियम भन्नाले मानव शरीरमा हुने न्युरोन झैं तन्तुहरूको जराजस्तै सञ्जाल हो। एउटा च्याउबाट निस्कने विद्युतीय आवेगहरू माइसिलियम हुँदै एउटै सञ्जालमा हुर्कने अन्य च्याउसम्म पुग्छन्।

जंगलमा हुने यो लौकिक सञ्जाल स्वयम्मा आश्चर्यजनक छ। प्रो. एड्मात्ज्कीले पहिलो पटक च्याउको भाषा सम्बन्धी आश्चर्यजनक नतिजाहरू र परिमाण निर्धारण गरिदिएका छन्।

“च्याउले विद्युतीय गतिविधियुक्त आवेगहरूको उपयोग सञ्चार गर्नका लागि गर्दछन् भन्ने मान्दै हामी के प्रदर्शन गर्छौं भने च्याउ बोली (फङ्गल वर्ड) को लम्बाइ मानव भाषाहरूसँग मेलखान्छन्,” उनले भने– हामीले के पत्ता लगायौं भने फङ्गल शब्दावलीको संख्या ५० सम्म हुन सक्छन्, तर प्राय: प्रयोग भइरहने शब्दहरू भने १५ देखि २० वटा भन्दा बढी हुँदैनन्।

च्याउले पहिचान योग्य भाषाको प्रयाग गर्छन् भन्ने आफ्नो परिकल्पनालाई सही तवरले परीक्षण गर्न प्रो. एड्मत्जकीले च्याउका चार विशेष प्रजातिहरू एनोकी, स्पलिट गिल, घोस्ट र क्याटरपिलर मा ध्यान केन्द्रि गरेका थिए।

प्रो. एड्मत्जकीले प्रत्येक प्रजातिका च्याउले उत्पादन गर्ने विद्युतीय आवेगहरूको विश्लेषण गर्न च्याउ उम्रिने पराल वा छ्वालीहरूमा ससाना विद्युतीय आवेग (इलेक्ट्रोड)हरू घुसाए। द गार्जियन का अनुसार स्पलिट गिल प्रजातिको च्याउबाट सबैभन्दा उल्लेखनीय उपलब्धि प्राप्त भयो।

स्पलिट गिल प्रजातिको च्याउ काठ खाएर बाँच्दछ। प्रो. एड्मात्जकी त्यो प्रजातिले उत्पादन गरेको विद्युतीय संकेतहरूमा पाइएका तीव्र आवेग देखेर छक्क परे। जब यसको माइसिलियम बनाउने हाइफे फिलामेन्टहरू त्यहाँभएभन्दा बाहिरबाट राखिएका काठको सम्पर्कमा आए, त्यसले यसको सञ्जालमा अन्य च्याउहरूलाई नयाँ भोजन आइरहेको भनेर सूचित गरिरहेको थियो।

‘च्याउ र मानवबोलीमा हुने विद्युतीय आवेगहरूबीच प्रत्यक्ष सम्बन्ध छ छैन हामीलाई थाहा छैन’, प्रो. एड्मत्जकीले भने– ‘संभवत: छैन। अर्कोतर्फ विभिन्न, वर्ग, परिवार र प्रजातिहरूको जीवित सब्सट्रेटहरू (जीवन जीउने आधार) मा सूचना प्रशोधनमा धेरै समानताहरू भने छन्। म यिनीहरूलाई तुलना गर्न उत्सुक थिएँ।

एड्मत्जकी के मा सहमत छन् भने प्रसारित ती सन्देशहरू ब्वाँसोले निकाल्ने आवाजहरूभन्दा फरक छैनन्। नेशनल जोग्राफ्रिकका अनुसार ब्वाँसाहरूले नियमित रूपमा आफू कहाँ छु भन्ने सूचित गर्न आवाज निकाल्छन्, उनीहरूले त्यस्तो अवाज सिकार र सिकारीको समूहबारे सूचित गर्न निकालेका हुन्।

जब एड्मत्जकीले उत्पादित विद्युतीय आवेगहरू विशेष वर्गसमूहमा पर्दा रहेछन् भन्ने थाहा पाए त्यसपछि उनले तिनलाई गणितीय दृष्टिबाट छुट्याउन थाले। उनले ती वर्गसमूहमा ५० शब्दसम्मको शब्दावली सम्मिलित भएको पाए र ती च्याउ शब्द (फंगल वर्ड) को लम्बाइ अंग्रेजी भाषाको शब्दहरू सँग मिल्दोजुल्दो रहेको पनि पाए।

एड्मत्जकीले ४.८ अक्षरको औषत लम्बाइ हुने अंग्रेजी शब्दहरुको तुलनामा प्रत्येक च्याउ शब्द (फंगल वर्ड) को औषत लम्बाइ ५.९७ अक्षरहरूको हुने गरेको पत्तो लगाए। उनी यस बारेमा थप जानकारी सङ्ग्रह गर्न अनुस

‘त्यहाँ अर्कौ एउटा विकल्प पनि छ’ एड्मत्जकीले भने– ‘तिनीहरूले केही बोलिरहेका छैनन्।’ प्रसारित माइसेलियम टिप्सहरू विद्युतीय रुपमा चार्ज हुन्छन्।अन्य केही वैज्ञानिकहरूले यो अध्ययनको निष्कर्षमा शंका व्यक्त गरेका छन्। एक्सेटर युनिभर्सिटीका माइकोलोजिस्ट ड्यान बेबरका अनुसार यी जीवहरूले के भन्दैछन् भन्ने अनुवाद गर्न अझै धेरै समय लाग्छ।

‘यद्यपि यो साह्रै चाखपरक छ’, उनले भने– भाषाका रूपमा गरिएको व्याख्या केही हदसम्म अति उत्साही देखिन्छ, र ‘गुगल ट्रान्सलेट’का माध्यमबाट च्याउ बोली (फंगल वल्र्ड) अनुवाद भएको देख्न अझै गहन शोध र महत्वपूर्ण परिकल्पनाहरूको परीक्षण गर्नु आवश्यक हुन्छ।

(एटिआईमा प्रकाशित आलेखको भावानुवाद आई एन एस मार्फत)

तपाइँको प्रतिक्रिया

फेसबुक