बिहीबार, चैत १५, २०८०

भरतपुर महानगरमा उन्नत लोकतन्त्र पार्टीले गर्‍यो निर्वाचनको खर्च सार्वजनिक

नेपाल प्लस२०७९ जेठ २ गते ८:३४

निर्वाचनमा उम्मेदवार र पार्टीले कति खर्च गर्छन् र तिनको स्रोत के हो भन्ने अधिकांश पार्टीहरुले गोप्य राखिरहेकै बेला उन्नत लोकतन्त्र पार्टीले भने भरतपुर महानगरमा आफ्नो पार्टीका उम्मेदवारको खर्च सार्वजनिक गरेको छ ।

उन्नत लोकतन्त्र पार्टीले यति ठूलो महानगरमा जम्मा एक लाख १७ हजार मात्रै खर्च भएको सार्वजनिक गरेको हो ।

उक्त पार्टीका तर्फबाट दिपेन्द्र बास्तोलाले सामाजिक सन्जाल मार्फत आफ्नो पार्टीका तर्फबाट भरतपुर महानगरमा जम्मा एक लाख १७ हजार खर्च भएको सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको खर्च विवारण अनुसार तमसुक पत्रमा १२ हजार, फ्लेक्स ब्यानर बनाउँदा १० हजार, मतपत्र छपाईमा दुई हजार पाँच सय, गाडीको तेल खर्च १५ हजार, खाना खर्च आठ हजार र खाजा खर्च १२ हजार छ ।

त्यसैगरि पार्टीको कार्यालय खर्च २५ हजार, साउण्ड सिस्टमकालागि १० हजार, झण्डा बनाएको खर्च एक हजार पाँच सय, पत्रकार सम्मेलन १५ हजार र गाडी भाडा १६ हजार गरी कूल एक लाख १७ हजार खर्च भएको सार्वजनिक गरिदिएका छन् ।

उन्नत लोकतन्त्र पार्टीले चुनाव खर्च सार्वजनिक गरेपछि सामाजिक सन्जालमा यसको ब्यापक प्रशंसा समेत गरिएको छ ।

सन्जालमा रामकृष्ण आचार्यले लेखेका छन् “पारदर्शिताको लागि धन्यवाद । सार्वजनिक पद धारण गर्ने र गर्न प्रयास गर्नेले अरु कार्यक्रम जस्तै आर्थिक पाटो पनि उत्तिकै सार्वजनिक गर्दै पारदर्शिताको बाटो अपनाएर भ्रष्टाचार मुक्त्त बन्नु आवस्यक छ । जुन उन्नत लोकतन्त्र पाटी बाहेकका कुनैपनि पार्टीले हैसियत राख्न असमर्थ छन ।”

त्यस्तै, तारा पोख्रेलको भनाई छ “मलाइ पनि यस्तै मन पर्दछ । हामीले जनता र बिपक्षीको मन जित्न पनि बेग्लै तरिकाले प्रस्तुत हुनुपर्ने रहेछ ।”

सानो र नयाँ पार्टी भएपनि निर्वाचन खर्च सार्वजनिक गर्ने उन्नत लोकतन्त्र पार्टीको यो अभियानले अन्य दलहरुलाई दवाव स्रिजना गर्ने र भविष्यमा मतदाताहरुलाईपनि प्रभाव पार्ने भनाई समाजिक सन्जालहरुमा ब्यक्त गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक