बिहीबार, वैशाख १३, २०८१

यूरोजोनको कुन भाग सबैभन्दा बढी मुद्रास्फीतिले प्रभावित ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ २ गते १२:४३

यूरोजोनमा मुद्रास्फीति गत अप्रिलमा ७ दशमलव पाँच प्रतिशतले पुगेको थियो । तर यूरोस्टेटको प्रारम्भिक तथ्याङ्क अनुसार एकल मुद्रा प्रयोग गर्ने सबै देशहरू उस्तै मारमा परेका भने छैनन्।

यूरो प्रयोग गर्ने १९ देशहरूमध्ये इस्टोनियामा सबैभन्दा उच्च मुद्रास्फीति हुने अनुमान गरिएको छ । जसमा मूल्यहरूअप्रिल २०२१ को तुलनामा १९ प्रतिशत बढी देखिएको छ । इस्टोनियाको वार्षिक मुद्रास्फीति मार्चदेखि १४ दशमलव आठ प्रतिशत पुगेको हो।

इस्टोनियाका छिमेकी बाल्टिक देशहरु लिथुआनिया र लातभियालेपनि दुई अंकले मुद्रा स्फ्रिति पछ्याएका छन् । यसको मुख्य कारण के भने तीनवटा साना राज्यहरूले आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न विदेशी आयातमा धेरै निर्भर छन् । त्यसले तिनीहरूलाई विशेष गरी विश्वव्यापी मूल्य अस्थिरता बढाउँदा कमजोर बनाउँछ ।

उर्जामा अप्रिलमा उच्चतम वार्षिक मुद्रास्फीति दर ३८ प्रतिशतले हुने अपेक्षा गरिएको छ । मार्चमा भएको ४४ दशमलव चार प्रतिशतको तुलनामा । हालसम्म युरोस्टाटले मार्चदेखिको मुद्रास्फिति यकिनकासाथ सार्वजनिक गरेको छैन ।

त्यसपछि खाद्य, मदिरा र सुर्तीजन्य पदार्थको मुद्रास्फीति छ दशमलव चार प्रतिशतमा देखिएको छ । यि वस्तुमा मुद्रस्फिति मार्चमा पाँच प्रतिशत थियो । गैर-औद्योगिक खाद्यान्न र सेवाहरूको मुद्रास्फीति दर मार्चमा भन्दा अप्रिलमा उच्च हुने अनुमान गरिएको छ ।

सबैभन्दा कम मुद्रास्फीति भएका देशहरूमा फिनल्याण्ड पाँच दशमलव छ प्रतिशत, फ्रान्स पाँच दशमलव चार प्रतिशत र माल्टा चार दशमलव नौ प्रतिशत हुने अनुमान गरिएको छ।

फिनल्याण्ड र फ्रान्सको मामिलामा यो ऊर्जा मिश्रणको विविध कारणलाई जिम्मेवार मानिएको छ । माल्टा विदेशी-आयातित ग्यासमा निर्भर छ । उसले अजरबैजानसँग चलिरहेको बहु-वर्षीय आपूर्ति सम्झौता गरेकोले मूल्यहरू स्थिर राख्न मद्दत गरेको छ ।

तपाइँको प्रतिक्रिया