शनिबार, वैशाख १५, २०८१

उत्तर कोरियामा कोरोना उपचारको किम जोङद्वारा निन्दा, सेना परिचालनको आदेश

नेपालप्लस संवाददाता२०७९ जेठ २ गते १३:३६

उत्तर कोरियाका राष्ट्रपती किङ जोङले आफ्नो देशमा भएको कोरोना भाईरस उपचारबारे निन्दा गर्दै औषधी बितरणमा सेना परिचालन गर्न आदेश दिएका छन् ।

राज्यद्वारा नियन्त्रित मेडियाका अनुसार उत्तर कोरियामा कोरोना भाईरस संक्रमण भएको सार्वजनिक गरेपछि कोरोनाका कारण ५० जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाले शुरुमा “ज्वरो” भनेर उल्लेख गरेपनि कोरोनाबाट १० लाख भन्दा बढी मानिसहरू बिरामी परेका छन् । नेता किम जोङले खोप नभएको जनसंख्यामा रोगको फैलावटलाई सुस्त बनाउन राष्ट्रव्यापी तालाबन्दीको आदेश दिएपनि मानिसहरु उच्च संख्यामा संक्रमित भएका हुन् ।

अवस्था कत्तिको गम्भीर हुन सक्छ भन्ने तर्फ संकेत गर्दै किमले स्वास्थ्य सेवा अधिकारीहरूको कडा आलोचना गरेको एएफपीले जनाएको छ । उनले महामारीको रोकथामको लागि बेवास्ता गरेको प्रतिक्रिया दिएकोपनि कोरियाली राज्यद्वारा नियन्त्रित मेडियाले उल्लेख गरेको छ ।

विशेष गरी औषधि वितरण गर्न फार्मेसीहरू हप्तामा सातै दिन २४ घण्टानै खुला राख्न असफल भएको बताएका छन् ।

उनले सेनालाई राजधानी प्योङयाङमा तुरुन्तै औषधिको आपूर्तिलाई बढाएर कोरोना भाईरस तत्कालै स्थिर हुनेगरि काम गर्न आदेश दिएका छन् ।

उत्तर कोरियाको राजधानी प्योङ्याङमा गत हप्ता कोरोनाबाट संक्रमित पहिलो रिपोर्ट गरिएको थियो । उक्त संक्रमित ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको थियो ।

राज्यद्वारा सन्चालित मेडिया केसिएनएले रिपोर्ट गरेअनुसार मन्त्रिपरिषद् र आपूर्तिको जिम्मेवारीमा रहेको सार्वजनिक स्वास्थ्य क्षेत्रका अधिकारीहरूले प्रभावकारिरुपमा आफ्नो क्षमता देखाएका छैनन् । उनीहरुले वर्तमान संकटलाई राम्ररी बुझेका छैनन् भन्ने आरोपपनि किम जोङले लगाएका छन् ।

राष्ट्रपती किमले पहिलो निरीक्षण गर्न फार्मेसीहरूको भ्रमण गरेका थिए । मन्त्रिपरिषद र सार्वजनिक स्वास्थ्य क्षेत्रका अधिअकरीहरुमा गैरजिम्मेवारपूर्ण काम गर्ने मनोवृत्ति रहेको भन्दै कडा आलोचना गरेको केसीएनएले उल्लेख गरेको छ ।

उनले आधिकारिक कानुनी निरीक्षणमा त्रुटिहरूको पनि आलोचना गरे ।

“राष्ट्रव्यापी ह्यान्डलिङ र औषधिको बिक्रीमा धेरै नकारात्मक घटनाहरू भएका छन्” किङको भनाई भन्दै केसीएनएले उल्लेख गरेको छ ।

उत्तर कोरियासँग विश्वको सबैभन्दा खराब स्वास्थ्य सेवा प्रणाली रहेको, अस्पतालहरुमा कमजोर सुविधा रहेको, सिमित सघन उपचार एकाइहरू मात्रै रहेको, कोरोना उपचारका लागि कुनै विशेष उपचार ब्यवस्था नभएको औषधि वा सामूहिक परीक्षण क्षमता नभएको भन्दै पस्चिमाहरुले आलोचना गर्दै आएका छन् ।

केसीएनएले मे १५ आइतवार सम्म कुल ५० जनाको कोरोनाबाट ज्यान गएको जनाएको छ । अन्य १२ लाख १३ हजार पाँच सय ५० जना ज्वरोका बिरामी र आधा लाखभन्दा बढीले हाल उपचार गराइरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया