शुक्रबार, वैशाख ७, २०८१

गैंडाकोटको मेयरमा नेपाली कांग्रेसका अधिकारी विजयोन्मुख

नेपालप्लस संवाददाता२०७९ जेठ २ गते १९:३९

नवलपुर- गैंडाकोट नगरपालिका निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी मदनभक्त अधिकारी बिजय उन्मुख छन । उपमेयरमा सोही पार्टीका शान्ती कोइराला पनि जितको हाराहारिमा पुगेकी छन । अठार वटा वडा रहेको यस नगरपालिकामा ११ वटा वडाको मत गणना सकिदा मदनभक्त अधिकारी उनका निकततम प्रतिद्वन्दी छत्रराज पौडेल सँग तीन हजार मतले अगाडि छन । मतगणना सकिएका वडा अध्यक्ष मध्य नेपाली कांग्रेसले ९ वटा वडा प्रमुखमा जित निकालेको छ । कुल मतदाता ४७ हजार ७ सय १५ रहेको गैंडाकोटमा ३३ हजार ८ सय ८६ मत खसेको छ ।

छत्रराज पौडेल निवर्तमान मेयर समेत हुन । यस अघी २०७४ सालमा भएको स्थानिय निर्वाचनमा उनले नेपाली कांग्रेसका गजेन्द्र आलेलाई झिनो मतले पराजित गर्दै मेयरमा चुनिएका थिए । विजय उन्मुख रहेका अधिकारी नेपाली कांग्रेसका नेता स्व. सूर्यभक्त अधिकारीका छोरा हुन । उनी सँग स्थानिय निकायमा काम गरेको लामो अनुभव त छँदै छ जिल्लालाई केन्द्र सम्म जोड्ने निर्विकल्प योजना पनि छन । उनले आफ्ना योजना सुनाउदै भनेका छन-“गैँडाकोटका धेरै क्षेत्र कृषिका लागि योग्य क्षेत्र छन्, त्यस्ता क्षेत्रमा कृषकलाई व्यवासायिक योजनाका साथै उत्पादित सामाग्रीको बजारिकरणका लागि कृषि एम्बुलेन्सका ब्यवस्था गर्ने छु” ।

उनले नारायणी तटवन्धको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउदै भनेका छन- गण्डकी सरकार देखी केन्द्र सरकार सम्मका सबै निकायबाट सहयोग ल्याएर नारायणी किनारका बासिन्दाको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अब मेरो हो । अधिकारी सँग नारायणी तटवन्धमा काम गरेको पुरानो अनुभव छ । अधिकारीका बुवा स्व. सुर्यभक्त अधिकारी नेपाली कांग्रेस भित्र निकै निष्ठावान र त्यागी नेताका रुपमा परिचित छन । नवलपरासी जिल्लामा नेपाली कांग्रेसको संगठनमा उनको ठुलो योगदान रहेको कांग्रेसका कार्यकर्ता हरुको भनाई छ । आफ्ना बुवाको प्रेरणाले राजनीतिमा आएको बताउने अधिकारीले नेपालप्लस सँगको कुराकानीमा भने- ‘मतगणनाको अन्तिम नतिजा अझै आएको छैन । म गैंडाकोटका जनता प्रती आभारी छु । यहाँँका जनता मेरो जीवनका हरेक मोडमा सर्वोपरी रहनेछन’ ।

कार्यकर्ताहरुले गैंडकोटमा मदनभक्त अधिकारीको विजय पछी जिल्लामा बिग्रिएको पार्टीको संगठन पुन: सुधारिने आशा गरेका छन । पछील्ला संसदिय निर्वाचनहरुमा शशांक कोइरालाले यो जिल्लाको क्षेत्र नं १ लाई रोजेपछी यहाँँ ब्यापक गुटवन्दी शुरु भएको छ । कोइराला आँफै पनि आफ्नो सानो गुट बनाएर बसेका छन । यसैको कारण गत स्थानिय निर्वाचनमा गैंडाकोटको मेयरबाट नेपाली कांग्रेस पन्छिनु परेको धेरै कार्यकर्ताहरुको बुझाई छ । अधिकारीले गुटवन्दी अन्त्य गर्न आफुले पहिले पनि पहल गरेको र अझै पनि पहल गर्ने जनाएका छन । “मलाई राम्रो सँग थाहा छ गुटगत राजनीति एउटा रोग हो । यसको अन्त्य नभइकन हामी पुरानो अवस्थामा फर्किन सक्दैनौं”- अधिकारी भन्छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक