बिहीबार, वैशाख ६, २०८१

स्पेनका निर्वासित पूर्वराजा झण्डै दुई वर्षपछि फर्किए स्वदेश

नेपालप्लस संवाददाता / स्पेन२०७९ जेठ ७ गते ५:००

photo- the local

आर्थिक घोटालाको एक श्रृंखला पछि व्यापक आलोचना खेप्न नसक्दा निर्वासित स्पेनका पूर्व राजा झण्डै दुई वर्षपछि घर फर्किएका छन् ।

अभियोजकहरूले पूर्व राजा जुआन कार्लोसको मामिलाहरूमा आफ्नो अनुसन्धान मार्चमानै बन्द गरेका थिए । तर दशकौंसम्म तानाशाही ब्यवस्था चलाएका उनको भित्रि रहस्य सार्वजनिक भएपछि स्पेनको लोकतान्त्रिक संक्रमणमा उनको भूमिकामाथि ब्यापक आलोचना भएको थियो । राजा जस्तो सम्मानित व्यक्तिलाई अपूरणीय क्षति पुर्‍याएको थियो र उनी भ्रस्टाचारको फाईल बन्द भएपछिपनि निर्वासनमै थिए ।

“हामीले हालैका वर्षहरूमा सुनेका कुराहरू राज्य प्रमुखको संस्थाको सम्बन्धमा सबैका लागि धेरै चिन्ताजनक छ” अर्थमन्त्री र उपप्रधानमन्त्री नादिया क्याल्भिनोले क्याडेना सेर रेडियोलाई बताइन् ।

उनले केहि स्पष्ठिकरण लिने संकेत गर्दै भनेकि छन् “यसमा कुनै शंका छैन कि हामीलाई केहि स्पष्टीकरण चाहिन्छ ।”

एएफपी संवाददाताका अनुसार ८४ वर्षीय पूर्व राजा विहीवार साँझ उत्तरपश्चिमी स्पेनको भिगोमा निजी जेटबाट सान्जेन्क्सो नजिकैको रिसोर्टमा आइपुगेका हुन् ।

उनलाई विगो एयरपोर्टमा उनकी जेठी छोरी प्रिन्सा एलेनाले स्वागत गरेकि थिईन् ।
सोमवार उनी आफ्नी श्रीमती सोफिया, उनका छोरा किंग फिलिप छैठौं र परिवारका अन्य सदस्यहरूलाई भेट्न म्याड्रिडको यात्रा गर्दै छन् ।

“सोमवारनै अबुधाबीको लागि प्रस्थान गर्ने छन् जहाँ उनले आफ्नो स्थायी निवास स्थापना गरेका छन्” दरबारले भनेको छ ।

उनी सन् २०२० को अगस्टमा स्वयम् निर्वासनमा गएदेखि त्यहाँ बस्दै आएका छन् ।

यस भ्रमणले पूर्व राजाको स्पेनमा आफ्नो परिवार र साथीहरूलाई नियमित रूपमा भेट्ने इच्छा प्रतिबिम्बित गर्दछ । यसले त्यस्ता जमघटहरू निजी वातावरणमा सञ्चालनको संकेत गर्दछ ।

स्पेनी मेडियाका अनुसार प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले शाही निवास जर्जुएला प्यालेसमा रातभर बस्न दिने कुनै पनि सुझावको कडा विरोध गरेको छ ।

कट्टरपन्थी वामपन्थी पोडेमोस सान्चेजको जुनियर गठबन्धन साझेदारले उनको भ्रमणप्रति आक्रोश व्यक्त गरेको छ ।

“राजा जुआन कार्लोस जस्तो रेकर्ड लिएर हाम्रो देशमा फर्कने जो कोहीलाई सीमा पार गर्ने बित्तिकै पक्राउ गरिनेछ र मुद्दा चलाइनेछ” प्रधानमन्त्री पेड्रो सान्चेजको ट्विटरमा उल्लेख छ ।

राज सिंहासनमा रहेको लगभग ४० वर्ष पछि पूर्व राजामाथि आर्थिक घोटाला काण्ड बाहिरिएको थियो । त्यसले जुआन कार्लोसलाई पतन गर्न प्रेरित गर्‍यो । उनलाई पहिलो पटक सन् २०१४ मा गद्दी त्याग गर्न र त्यसपछि आर्थिक भ्रष्टाचारको आरोपले युनाइटेड अरब इमिरेट्स भाग्न बाध्य तुल्याएको थियो ।

सन् २०२० मा आफ्नो प्रस्थानको घोषणा गर्दै पूर्व राजाले भनेका थिए “मेरो निजी जीवनमा विगतका केही घटनाहरूले उत्पन्न गरेको सार्वजनिक परिणामको कारणले म गद्दी छोड्दै छु । फिलिपले आवश्यकरुपमा “शान्त र सौम्यसँग आफ्नो शाही कर्तव्यहरू पूरा गर्न सक्ने आशा व्यक्त गरेको छु ।”

लगभग १८ महिना पछि स्पेनी अभियोजकहरूले उनी विरुद्ध कुनै पनि आपराधिक कारबाही गर्न अनुमति दिएनन् । र उनको सम्पत्तीमाथिको अनुसन्धानलाई रोकेका थिए ।

हालैका वर्षहरूमा गरेका अपराधकारी प्रमाणहरूको अभाव, सीमाहरूको समय सिमितता, राज्य प्रमुखको अयोग्यता र कर नियमितताको भुक्तानहरू सहित विभिन्न कारणहरू उद्धृत गर्दै अभियोजकहरुले फाईल रोकेका थिए । त्यसपछि उनलाई स्वदेश फिर्तिको बाटो खुलेको हो ।

यद्यपि अभियोजकहरूले सन् २००८ र सन् २०१२ को बीचमा कोषबाट ठगी गरिएको रकम पहिचान गरेको पुष्टि गरे । तर उनीहरुले कर अधिकारीहरूले कर तिर्नु पर्ने रकम बराबरको ५० लाख यूरो भन्दा बढी पुन: प्राप्ति गर्न सफल भएको उल्लेख गरेका छन् ।

देश छोडेदेखि जुआन कार्लोसले दुई पटक अघोषित आम्दानी भनिएकोमा ५० लाख यूरो भन्दा बढीको कर ऋण तिरेका छन् जुन अपराधको आरोप लाग्नबाट बच्नको लागि व्यापक प्रमाणको रुपमा हेरिएको थियो।

राजतन्त्रको छविलाई पुनर्स्थापना गर्ने प्रयासमा फिलिप छैठौंले सन् २०१४ मा राजाको रूपमा पदभार ग्रहण गरेका थिए । आफ्नो घोटालाबाट प्रभावित बुवाबाट आफूलाई आफूलाई टाढा राख्न खोजेका छन् ।

मार्च २०२० मा फिलिपले आफ्नो बुवाको वार्षिक दरबार भत्ता त्यागेका थिए । त्यो दुई लाख यूरो बराबर थियो । राजाको एमेरिटसबाट प्राप्त हुने कुरामा आफ्नो दाबीपनि त्याग गरे ।

गत महिना उनले राजतन्त्रको पारदर्शिता बढाउन दरबारले बजेट सार्वजनिक गर्नुपर्ने र टेन्डर सार्वजनिक गर्नुपर्ने अध्यादेश जारी गरी सरकारसँग मिलेर पारदर्शिताको कदम चालेका थिए ।

यसको मतलब शाही खाताहरू अब अडिट गरिनेछ । दरबारका वरिष्ठ अधिकारीहरूले पद ग्रहण गर्दा र छोड्दा आफ्नो व्यक्तिगत सम्पत्ति घोषणा गर्नुपर्छ । र शाही परिवारहरूलाई दिइएका उपहारहरू सूचीकृत गरिनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक