बिहीबार, वैशाख ६, २०८१

प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले

प्रकाश दाहाल२०७९ जेठ ७ गते ६:२९
नवनिर्वाचित वडाध्यक्ष सुशील घिमिरे पराजित प्रतिद्वन्द्वी ह्याग्रीव आचार्यलाई काँधमा बाेकेर खुसीयाली मनाउँदै

वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षले प्रत्यासी उमेदवारलाई काधमा बोकेको तस्बिर थियो। सुन्दा सामान्य लागे पनि हेटौंडामा भने यसले विशेष प्राथमिकता पाइरह्यो ।

विजयी उमेदवारलाई पराजित उमेदवारले विद्यालयमा पढाएका रहेछन् । संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बने । उनका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित भए । घिमिरेले आचार्यलाई काधमा बोकेर खुशीयाली मनाए। यो तस्वीर खिचेका थिए, हेटौंडाका फोटो पत्रकार ॐ फुयालले । आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहार्दता प्रस्तुत गरेका थिए । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरु ह्यग्रीव आचार्यलाई दही सगुन खुवाएर शुभकामना दिनुएका थिए ।

ह्यग्रीव आचार्यको उमेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडा अध्यक्षको उम्मेदवार निश्चित भइसकेका थिए । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा ह्यग्रीव आचार्यले असहज महसुस गरे पनि आफूहरूबीच सौहार्दपूर्ण वातावरण हुने प्रतिवद्धता व्यक्त गर्रेका थिए ।

संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित भए । घिमिरेले आचार्यलाई काँधमा बोकेर खुशीयाली मनाए ।

वडा अध्यक्षमा विजयी सुशीलले प्रदर्शन गरेको सौहार्दता र आफ्ना गुरुप्रति प्रदर्शन गरेको सम्मानलाई लिएर सर्वसाधारणले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा सुशीललाई बधाई दिँदै सुशीलले आफ्ना गुरुप्रति प्रस्तुत गरेको सम्मानको उनका साथीभाइ, चिनजानका मानिसले प्रशंसा र सराहना गर्दै सामाजिक सञ्जालमा सौहार्दताप्रति आभार समेत व्यक्त गरेका छन् । घिमिरे २ हजार ५ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा आचार्यले १ हजार ३ सय ९० मत पाएका थिए ।

त्यसो त, हेटौंडामा सुशील घिमिरे सामाजिक क्षेत्रमा चर्चित नाम हो । हाल नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित घिमिरेको अगुवाइमा हेटौंडामा नमूना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए। पछि मार्सल आर्टमा राम्रो भविष्य नहुने लागेपछि २०५४ सालमा बक्सिङ खेल्न शुरू गरेक अहुन्। उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गरेको उनका भाइ सुबिन घिमिरे बताउँछन् ।

बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक रहेको उनी बताउँछन्। २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलो पटक नेपाल च्याम्पियन भएका थिए । १२ अन्तर्राष्ट्रिय खेलमा उनले ३ वटा उपाधि जितेका छन् । सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आवद्ध भएका उनी सशस्त्रको टीमबाट खेल्न शुरू गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बनेका हुन् ।

रेष्टुरेन्टमा काम गरी अतिरिक्त समयमा मकाउमा ७ वर्ष कपाल काटेर रंगशालाको लागि अक्षयकोष बनाए। त्यसो त, २०५५ सालतिर हेटौंडामा कपाल काट्न सिकेर सैलुनको आम्दानीले खेलाडी र खेल क्षेत्रमा खर्चेको उनका साथीहरू बताउँछन् ।

खेल जीवन निरन्तर चलिरहँदा व्यक्तिगत बाध्यता अनि जीवनका सुनौला रहर बोकी खेल जीवन छाडेर वैदेशिक रोजगारीका लागि उनी मकाउ गए । रेष्टुरेन्टमा काम गरेर अतिरिक्त समयमा मकाउमा ७ वर्ष कपाल काटेर रंगशालाको लागि अक्षयकोष बनाए। त्यसो त, २०५५ सालतिर हेटौंडामा कपाल काट्न सिकेर सैलुनको आम्दानीले खेलाडी र खेल क्षेत्रमा खर्चेको उनका साथीहरू बताउँछन् । उनले हेटौंडामा कभर्ड हल र रंगशाला निर्माणमा कसैको मुख ताकेनन् । धेरैले स्वेच्छिक सहयोग गरे । रकम पुगेन भनेर कतै हार गुहार पनि गरेनन् । ‘कति खर्च भयो भन्ने त हामीलाई थाहा छैन, उहाँ आफैंलाई थाहा छ’ हामीलाई भन्नुभएको छैन, उहाँको व्यक्तिगत ७०-८० लाख त खर्च गर्नुभयो कि भनेर अनुमान गर्नुहुन्छ’ उनको अभियानमा हिंडेका दिपेन्द्र ढकाल बताउँछन् ।

२०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँच लगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निमार्णका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो। लागत अनुमानभन्दा आधा कम अर्थात् झण्डै २ करोड रुपैयाँमा रंगशाला निर्माण सम्पन भयो ।

करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने क्षमताको छ । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशिलले बताए ।
जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएको थियो । निर्माण कार्यमा स्थानीयले जनश्रमदानमा गरेका थिए । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा ३० लाख सहयोग गरिएको छ । । हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेका घिमिरेले भौतिक निर्माणको अनुभव रंगशला निर्माणमा प्रयोग गरे ।

कभर्ड हल निर्माण लागत मूल्यांकन १ करोड २५ लाख गरिएकोमा हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानबाट सम्पन गरिएको थियो। बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदका लागि हेटौंडा ६ गौरिटारमा निर्माण भैरहेको भए पनी निर्माण सम्पन्न हुन समय लागिरहेको छ । हेटौंडाको मुख्य चोकबाट ३ किलोमिटर दूरीमा मात्र रहेको क्षेत्रमा रंगशाला निर्माण हुनु सुखद रहेको छ।

रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने सुशीलको विश्वास छ । नेकपा (एमाले) प्रति झुकाव रहेका घिमिरे जनप्रतिनिधि बनेपछि वडाबासीको सेवामा अझ समर्पित हुने बाटो खोलेको बताउँछन् ।

(श्रोत: आइएनएस)

तपाइँको प्रतिक्रिया

फेसबुक