शनिबार, वैशाख ८, २०८१

रुस-नाटो टक्कर : रुसद्वारा १२ नयाँ सैन्य अड्डा निर्माण, सेवा निबृत्त सैनिकलाई पुन प्रवेशबारे सदनमा छलफल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ ७ गते ८:१५

स्वीडेन र फिनल्याण्डले उत्तर सन्धि संगठन (नाटो) सदस्यताको लागि आवेदन गरेको प्रतिकृया स्वरुप रुसले देशको पश्चिम भागमा १२ नयाँ सैन्य अड्डाहरू स्थापना गर्ने भएको छ।

रुसी रक्षा मन्त्री सर्गेई शोइगुले शुक्रबार नयाँ सैन्य शिविरहरू यहि वर्षको अन्त्यसम्ममा हुने घोषणा गरेका हुन्।

उनले पश्चिमी सैन्य जिल्ला (डिस्ट्रिक्टी) मा १२ सैन्य अड्डा र एकाइहरू तैनाथ गरिने बताएका छन् । उनले नाटो र संयुक्त राज्य अमेरिकालाई दोष दिँदै वरिष्ठ मन्त्रालय र सेनाका अधिकारीहरूलाई भने “रूसको सिमानामा सैन्य खतराको बृद्धि भएको छ ।”

रुसकोइन्टरफ्याक्स समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार मस्कोले पश्चिममा सैन्य धम्कीहरूलाई कथित प्रतिक्रियामाथि पर्याप्त प्रतिउत्तर लिइरहेको छ ।

यस हप्ता फिनल्याण्ड र स्वीडेन दुबैले औपचारिक रूपमा नाटो सदस्यताको लागि आवेदन दिएपछि रुस र नाटो सदस्यहरुका बिच थप नताव हुने देखिएको छ ।

२४ फर्वरीमा रूसले युक्रेनमा आक्रमण गर्नु अघि स्विडेन र फिनल्याण्डले नाटोको सदस्यता लिने विषय अकल्पनीय थियो । किनकि तिनले वर्षौंदेखि अस्विकार गर्दै आएका थिए ।

संवन्धित : फिनल्याण्डद्वारा नाटोमा संलग्न हुने निर्णयपछि रुसको चेतावनी, थप द्वन्दको खतरा

फिनल्याण्डले रूससँग १,३०० भूमि सीमामा साझा गर्दछ । गोटल्याण्डको स्वीडिश टापु बाल्टिक सागरमा रणनीतिक रूपले महत्त्वपूर्ण छ । र कालिनिनग्रादको सैन्यीकृत रूसी एक्सक्लेभबाट मात्र ३०० किमी टाढा छ।

यसैबिच रुसले ४० वर्षभन्दा माथिकालाई सैन्य सेवामा जानकालागि जाने प्रावधान बनाउने बारे बिचार गरिरहेको फ्रंस २४ न्युजले शुक्रवार उल्लेख गरेको छ ।

युक्रेनमा आफ्नो युद्ध प्रयासलाई बलियो बनाउन रुसी सैन्य केन्द्रले तत्काल आवश्यकताको संकेतस्वरुप उक्त घोषणा गरेको हो । रसियाको संसदले शुक्रबार ४० वर्ष भन्दा माथिका रूसी र ३० वर्ष भन्दा माथिका विदेशीहरूलाई समेत सेनामा प्रवेशमा अनुमति दिने विधेयकमा विचार गर्ने उल्लेख गरेको छ ।

संसदको तल्लो सदन स्टेट ड्यूमाको वेबसाइटले यो कदमले सेनालाई सेवाबाट निबृत्त बनिसकेका पेशेवरहरूको सीप प्रयोग गर्न सक्षम बनाउने बताएको छ।

“उच्च सटीक हतियारको प्रयोग, हतियार र सैन्य उपकरणहरू सञ्चालन गर्न, उच्च पेशेवर विशेषज्ञहरू आवश्यक छ। अनुभवले देखाउँछ कि तिनीहरू ४०-४५ वर्षको उमेरमा सेवाबाट बाहिरै बन्छन्” स्टेट ड्यूमाको वेबसाइटले भन्यो।

यसअघि १८–४० वर्षका रुसी र १८–३० वर्षका विदेशीहरूले मात्र सेनामा पहिलो पटक सेनामा जान सम्झौता गर्न सक्थे।

रुसले ८८ दिन पुरानो युद्धमा ठूलो धक्का खाएको, पुरुषहरुले ज्यान गुमाएको र उपकरणहरूको भारी नोक्सान बेहोरेको पश्चिमी सैन्य विश्लेषकहरूले बताउँदै आएका छन् । यसलाई तुरुन्तै थप सैनिकहरू परिचालन गर्न आवश्यक देखिएको तिनको भनाई छ ।

डुमाले यो योजनाबद्ध पहलले नागरिक चिकित्सक, इन्जिनियर, अपरेशन र सञ्चार विशेषज्ञहरू भर्ती गर्न पनि सजिलो बनाउने बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक