बिहीबार, चैत १५, २०८०

ब्रिटिश एयजवेजका ८००० उडान रद्द, गर्मीको छुट्टीमा हडतालको तयारि

नेपालप्लस संवाददाता / बेलायत२०७९ जेठ ९ गते ७:०३

वर्षमा सबैभन्दा बढी ब्यस्त हुने गर्मीयामको छुट्टीकै बेला कर्मचारीले हडतालको तयारि गर्न लागेपछि ब्रिटिश एयरवेजका यात्रुहरुले थप अराजकताको सामना गर्नुपरेको छ ।

संकटग्रस्त ब्रिटिशएयरवेजले मार्च-अक्टोबरको तालिकामा ८,००० उडानहरू रद्द गर्न बाध्य पारेको केही दिनपछि यो समाचार आएको हो ।

अझ महत्वपूर्ण कुरा रद्द गरिएका उडानहरूका यात्रुहरू मध्ये १५ देखि २० प्रतिशत पहिलो गन्तब्यमा आइपुगेको २४ घण्टा पछि पनि आफ्नो मुल गन्तव्यमा पुग्न नसक्ने भएका छन् । यसले यात्रुहरुमा थप तनाव उत्पन्न भएको छ ।

आगामी दिनहरुमा ब्रिटिश एयरवेजमाथि संभावित औद्योगिक कारवाहि गर्नुपर्ने भन्ने विषयमा मतदान गर्ने बताएपछि एयरलाईन्सको आफ्नो अवस्था सुधार गर्नु अघि झनै स्थिति बिग्रिन सक्ने सेखिएको छ ।

त्यसोभए, कसरी यो एयरलाईन्सको अवस्था यति नराम्रो भयो ? ब्रिटिश एयरवेजले कति उडान रद्द गरेको छ ? यसले उसको अवस्था बिग्रिंदै गएको थाह हुन्छ ।

केहि महिनादेखिनै ब्रिटिश एयरवेजले कठिन अवस्था भोग्दै आएको हो ।

कर्मचारी अभावको दवावमा एयरलाइन्सले गत हप्ता आफ्नो तालिकामा मार्च र अक्टोबरको बीचमा १० प्रतिशतले उडानहरु रद्द गरेको घोषणा गर्‍यो । यसको अर्थ लगभग ८,००० आतेजाते (राउन्ड ट्रिप) हो ।

एयरलाईन्सले ग्राहकहरूलाई यी पूर्व-नियोजित रद्द उडानहरूको बारेमा अग्रिम सूचित गरिने जनाएको छ । र ति कर्मचारीहरुलाई अन्य उडानहरूमा सिट उपलब्ध गराउने निक्यौल हुनुपर्ने कर्मचारीहरुलाई बताएको छ ।

यदि उडान १५ दिन भन्दा कम समयमा रद्द गरिएको हो भने त्यस्ता यात्रुहरु आर्थिक क्षतिपूर्तिको हकदार हुने छन् ।

तैपनि उडान रद्द गरिएका यात्रुहरुले ब्रिटिश एयरबिरुद्द सामाजिक सन्जालमा तिखो आलोचना गरिरहेका छन् ।

अवस्था यति खराब कसरि भयो ?

समस्या बेलायतमा मात्रै भएको भने होइन । विश्वव्यापी उड्डयन उद्योगले महामारी सुरु भएदेखि नै अनुमानित ४० लाख रोजगारी कटौती गरेको छ ।

जब कोरोना भाईरसले आफ्ना सबै विमानहरू ग्राउन्ड गर्यो तब बिटिश एयरवेजले १०,००० कर्मचारी हटायो । अब विश्व भरि पुन: ति ठाउँ खोल्दा ‘फ्ल्यागशिप क्यारियर’ले ३० प्रतिशत क्षमताबाट ८० प्रतिशत क्षमतामा जानुपर्ने हुन्छ । जसरि ब्यापकरुपमा कर्मचारी हटाइयो उसैगरि फेरि बढाउनुपर्ने हुन्छ । अहिले ब्यागेज ह्यान्डलरहरूको गम्भीर अभाव छ । यसले कोरोना महामारीको कारण घटेको अनुपस्थितिको रेकर्ड संख्याको पनि सामना गरिरहेको छ ।

अराजकताले ब्रिटिश एयरवेजलाई नराम्रोसित हिर्काएको छ । पहिलो त्रैमासिक सञ्चालन घाटा ७५ करोड ४० लाख युरो थियो । तर उनीहरुले ५१ करोड युरो मात्रै घाटा हुने आँकलन गरेका थिए ।

कसरि गर्न खोज्दै छ समाधान ?

ब्रिटिश एयरवेजले यो वर्ष ६ हजार कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । यसकालागि २० हजार भन्दा बढी व्यक्तिहरूले एयरलाइनमा जागिरको लागि आवेदन दिएका छन् । तर सरकारको अनिवार्य सुरक्षा जाँच प्रक्रियाहरूको कारण भर्ती प्रक्रिया सुस्त छ ।

“ब्रिटिश रेड टेपलाई बाइपास” गर्न ब्रिटिश एयरवेज (बिए) ले स्पेनको राजधानी म्याड्रिड स्थित बराजास एयरपोर्टमा चालक दलको आधार खोल्ने योजना बनाएको छ ।

यसले गर्मीमा आफ्नो समय तालिकालाई स्थिर राख्ने प्रयासस्वरुप आफ्नो साझेदार फिन एयरबाट विमान र चालक दल सापट पनि लिएको छ ।

तर बिएले अर्को कठिनाईको सामना गर्नु परेको छ, कर्मचारीहरुले हड्ताल गर्ने सम्भावना ।

बिएका कर्मचारीहरूले गर्मीमा हडताल गर्लान् त  ?

हिथ्रो विमानस्थलमा तलब सर्तहरू, चेक-इन र ग्राउन्ड स्टाफले यस हप्ता औद्योगिक कारवाहि गर्नुपर्ने भन्दै मतदान गरेका छन्।

मजदूर युनियनहरु जीएमबी र युनाइटेड युनियनहरूले सयौं कामदारहरूको प्रतिनिधित्व गर्दछन् । यसका सदस्यहरूले “महामारीको समयमा उनीहरूमाथि लगाइएको १० प्रतिशत तलब कटौती पुनर्स्थापना नभएकोले आक्रोशित भएको” बताएका छन् ।

“कोभिडको आवरण अन्तर्गत ब्रिटिश एयरवेजले चेक-इन र ग्राउन्ड ह्यान्डलरहरूको तलब १० प्रतिशतले घटाउने, घृणित तरिकाले निकाला गर्ने र अन्य मानिसलाई पूनर्नियुक्ति गर्ने अभ्यास प्रयोग गर्‍यो” युनाइटेड मजदूर युनियनका महासचिव शेरोन ग्राहमले भनेका छन् “अझै लज्जास्पद कदम के भने बीएले प्रबन्धकहरूको तलब पुनर्स्थापित गरेको छ तर यी कामदारहरूको तलव भने कटौती गरिराखेको छ ।”

जिएमबी युनियन प्रतिनिधिहरूले यो औद्योगिक कमजोरीले धेरै मानिसहरूको गर्मी बिदाहरू रद्दी गर्न सक्ने चेतावनी दिएका छन् । उनीहरुले बिएलाई कामदारको तलब बढाउन आग्रह गर्रेका छन् ।

एयरलाइन काउन्सिल इन्टरनेशनल मोडलिङका अनुसार यस गर्मीमा युरोपेली एयरपोर्टहरूको दुई तिहाइमा ढिलाइ र उडान रद्द गर्नु अपरिहार्य छ।

(नेपालप्लसको साथमा युरोन्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक