शुक्रबार, वैशाख १४, २०८१

जिवजन्तुका रोचक प्रसंग र ‘वनको वैभव’ पुस्तकमाथि अन्तर्क्रिया

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ ९ गते १४:०४

फोटो-मुना आचार्य

जिवजन्तुका रहस्यमय र रोचक प्रसंगहरुबारे लेखिएको ‘वनको वैभव पुस्तक’ माथि आइतवार काठमाडौं अन्तर्क्रिया भएको छ ।

पत्रकार तथा लेखक ददि सापकोटाले लेखेको वनको वैभव पुस्तकमाथि लेखक सापकोटा, वन्यजन्तुविद डा. मुकेश चालिसे र मेडिया विश्लेषक तथा पत्रकार बिनोद ढुंगेलले बहस गरेका थिए । कार्यक्रमका सहजकर्ता प्रसिद्द लेखक अमर न्यौपाने थिए ।

कार्यक्रममा लेखक न्यौपानेले ‘मानिसहरुको वस्तिमा गएर सहजै भेटघाट गरि मानिसहरुसित आफूले बोल्ने, बुझिने भाषामा सोधपुछ, सम्पर्क र छलफल गरेर पुस्तक लेख्नसमेत मुस्किल पर्ने, जंगल, प्रकृतीमा आफ्नो अलग्गै वासस्थान बनाएर, भाषा र रहनसहन, आनिबानी नबुझिने जिवजन्तुको बारेमा पुस्तक लेख्न कस्तो खालको कठिनाई हुन्छ’ भन्ने प्रश्न गरेका थिए ।

सपाकोटाले कतिपय अवस्थामा मानिसहरुसित छलफल, बहस गरेर, मानव समुदायसित सहि जानकारि र सूचना लिन झनै कठिन हुने बताए । “मानिसहरुले आफ्नो परिचय लुकाउँछन् । जे होइन त्यो हो भनेर सिद्द गर्छन् । वास्तविकता लुकाएर प्रस्तुत हुन्छन् । जिवजन्तुमा त्यस्तो कमै हुन्छ । त्यसैले जिवजन्तुका आनिबानी नियालेर, तिनको क्रियाकलाप हेरेर र बुझेर सम्पर्क गर्दा वास्तविकता थाह पाइन्छ । त्यसैले कहिलेकाहिं मान्छेका कथा लेख्न भन्दा जिवजन्तुका कथा लेख्न सहज हुन्छ” सापकोटाले भने ।

चाख, कौतुहलता, मेहनत, लगनशिलता धैर्यता र समपर्ण भए जिवजन्तुका बारेमा पुस्तक लेख्न सकिने भनाई उनको थियो ।

वन्यजन्तुविद डा. मुकेश चालिसेले ‘वनको वैभव’ पुस्तक बैज्ञानिक धरातल र यथार्थमा रहेर रोचक पाराले लेखिएको गहकिलो पुस्तक भन्दै पुस्तकको प्रशंसा गरे ।

‘वनको वैभव पुस्तक विज्ञानका आधारमा पुष्टी गरेर कतै रिपोर्टिङ त कतै उपन्यासको शैलीमा निकै रोचक पाराले लेखिएको छ । यस्तो किताब जोकसैले लेख्न सक्दैन” चालिसेले भने ।

उनले वनको वैभवका लेखक ददि सापकोटालाई वि.स. २०५२ सालतिरबाटै जिवजन्तु र प्रक्रितिको खोज, रिपोर्टिङ गर्दै हिंडेको बेलादेखिनै बुझेको, निरन्तर यहि विषयमा लागिरहेको, सापकोटाले त्यो बेलापनि पैसा नकमाउने, अनुसन्धानका नाममा पद र प्रतिष्ठा नकमाउने तर प्रक्रिति संरक्षणमा लागेर राम्रो काम गर्नेहरुको उजागर गर्ने गरेको अनुभव सुनाउँदै भने “त्यहि बेलानै मलाई यो मान्छेमा केहि खुबि र लगन छ भन्ने बुझेको थिएँ ।”

मुकेश चालिसेले प्रक्रिति र जिवजन्तुका आनिबानीलाई लेखकले मानव जिवन, आफ्नो सोचाई, कला र सिल्प प्रयोग गरेर सबैले बुझ्ने र नरोकिईकनै पढौं पढौं लाग्ने शैलीमा यो किताब लेखिएको बताए ।

कार्यक्रमका अर्का टिप्पणीकार बिनोद ढुंगेलले यस्ता पुस्तकहरु लेख्न धेरै मेहनत चाहिने, धेरैले यो हद सम्मको मेहनत र धैर्यता अनि खोज नगर्नाले यस्ता पुस्तक नलेखिएको उल्लेख गरे ।

उनले भने ‘उहाँ जतिखेरपनि अति मेहनत गरेर निरन्तर लागिरहने, खोजिरहने र लेखिरहने गर्नुहुन्छ । वास्तमा ददिजी लेख्नै जन्मिएको मान्छे हो ।’

कार्यक्रममा स्रोता, दर्शक तथा पाठकहरुले जिवजन्तुका विषयमा आफूमा रहेका खुलदुलीबारे प्रश्नहरु गरेका थिए ।

वनको वैभव फाईन प्रिन्ट प्रकाशनले प्रकाशित गरेको हो ।

फोटो- उषा तितिक्षु

फोटो- उषा तितिक्षु

फोटो- उषा तितिक्षु

फोटो- उषा तितिक्षु

फोटो- उषा तितिक्षु

फोटो-मुना आचार्य

फोटो-मुना आचार्य

फोटो-मुना आचार्य

तपाइँको प्रतिक्रिया