शुक्रबार, चैत १६, २०८०

ताइवानमाथि चीनको आक्रमण कति संभव ?

डियाना लिउ२०७९ जेठ ११ गते १८:३५

रुसको बिरूद्ध युक्रेनको आक्रमणलाई समर्थन गर्न पश्चिमी देशहरुले अरबौं सहयोग गर्दा ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबिच तनाव बढेको छ । चिनियाँ आक्रमणको बढ्दो सम्भावनालाई लिएर पस्चिमी देशहरुले चिन्ता ब्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार ‘यदि स्वशासित टापु ताइवान मुख्य भूमिबाट आक्रमणमा पर्यो भने अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएपछि चीन र अमेरिकाबिचको तनाव चुलिएको हो । तर के बेइजिङ ताइवानलाई पूर्ण रूपमा कब्जा गर्न तयार छ ? सफल छ ?

ताइवानको बारेमा बाइडेनको स्पष्ट टिप्पणी टोकियो भ्रमणको क्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदासँगको पत्रकार सम्मेलनमा आएको थियो । वाइडेनले युक्रेनमा आफ्नो अघिल्ला टिप्पणीहरुको विपरीत ताइवानको रक्षा गर्न सैन्य बल प्रयोग गर्ने जवाफ दिएका थिए ।

“हो …. यो हामीले गरेको प्रतिबद्धता हो,” बिडेनले जवाफ दिए “ताइवानमाथि बल प्रयोग गर्न सकिन्छ भन्ने विचारका बिरुद्द हो ….. ताइवानमाथिको आक्रमणले सम्पूर्ण क्षेत्रलाई विस्थापित गर्नेछ र युक्रेनमा भएको जस्तै अर्को कार्य हुनेछ ।”

राष्ट्रपतिको स्पष्ट जवाफले रणनीतिक अस्पष्टताको परम्परागत अडानलाई हटाएको छ । ताइवानको रक्षाको सन्दर्भमा चिनियाँ आक्रमणको विषयमा जानाजानी अस्पष्टताको दशकौं पुरानो अमेरिकी नीति भनेरपनि ब्याख्या गर्नेहरु छन् । तर ताइवानले बेइजिङबाट उत्तेजक सैन्य गतिविधिमा बृद्धि गरेको र त्यसले चिन्ता बढाएको रिपोर्ट गरेको छ । ताईवानको वायु रक्षा पहिचान क्षेत्रमा चिनियाँ सैन्य विमान उड्ने क्रम बढेको ताइवानको भनाई छ ।

शीर्ष अमेरिकी र ईयू अधिकारीहरूले ‘लोकतान्त्रिक ताईवान’ को लागि आफ्नो समर्थन व्यक्त गरेका छन् । तर यो समर्थनले युक्रेनमा समर्थन गरिरहेका पस्चिमी देशहरुलाई पनि अप्ठेरोमा पारेको छ । केहिले युक्रेनको दुर्दशा जस्तै हुने बताएका छन् ।

तर ह्वाइट हाउसले हतारमा बिडेनको प्रतिक्रियालाइ फिर्ता गलिएको छ । राष्ट्रपतिको टिप्पणीले चीन र ताइीवानलाइ हेर्ने अमेरिकी नीतिमा कुनै परिवर्तनको प्रतिनिधित्व नगर्ने ह्वाइट हाउसले जनाएको छ । तर ह्वाइट हाउसको यो प्रतिक्रिया आ उनु अघिनै चीनको विदेश मन्त्रालयले “कडा असन्तुष्टि र दृढ विरोध” व्यक्त गर्‍यो।

“बाइडेनले बेइजिङलाई प्रतिरोधको कडा सन्देश पठाउन चाहन्छन्” इन्स्टिच्युट मोन्टाइग्नेका एशिया कार्यक्रमका निर्देशक म्याथ्यु डुचेटेलले भने । “उनी बेइजिङलाई अमेरिकाले युक्रेनको युद्धमा प्रत्यक्ष हस्तक्षेप गर्न अस्वीकार गरेपनि चीनले आक्रमण गरेमा ताइवानलाई मद्दत गर्न कटिबद्ध छ भनेर देखाउन चाहन्थे ।”

यी सबै मतमतान्तर र प्रतिक्रियाहरुले प्रश्न उठाउँछन् : यस बिन्दुमा ताइवानमा चिनियाँ आक्रमण कत्तिको सम्भव छ ?

चीनको रक्षा बजेट, हाल दुई खर्ब २९ अरब डलर छ । यसले नयाँ हतियार प्रणाली, सैन्य विमान र सैन्य अभ्यासहरूमा अनुसन्धान र विकासलाई लगानी गर्छ । आफ्नो नौसेनालाई बलियो बनाउन जोड दिन्छ । हाल, चीनसँग ताइवान मात्रै होइन त्यसको वरपरपनि आक्रमण गर्न सक्ने पर्याप्त सैन्य क्षमताहरू भएको रणनीतिक अनुसन्धान फाउन्डेसन, ताइवान कार्यक्रमका निर्देशक एन्टोइन बोन्डज बताउँछन् ।

विगत २० वर्षमा चीनको सैन्य खर्च सात गुणा बढेको छ । यी प्रयासहरू जारी रहनेछन् । आज, त्यहाँ अनुमानित १० हजार चिनियाँ जल सैनिक छन् । सन् २०२७ सम्म एक लाख हुने यो अनुमान गरिएको छ ।

“यी बढ्दो स्रोतहरू अझै पनि ताइवानमाथि पूर्ण रुपमा आक्रमण गर्न र नियन्त्रणको कल्पना गर्न धेरै सीमित छन्” अनुसन्धानकर्ता भन्छन् “तर यदि बेइजिङले सैन्य क्षमता बढाउने यो दर जारी राख्यो भने एक दुई वर्षमा आवश्यक स्रोतहरू पुग्ने छ ।”

त्यसो त, चीनले आफ्नो सैन्य हतियार र जनशक्तिमा ताइवानलाई उछिनेको छ । तैपनि रणनीतिको हिसाबले यस्तो आक्रमण बेइजिङका लागि अत्यन्तै गाह्रो रहनेछ” डचेटेल भन्छन् ।

ताइवानीहरूमा अमेरिकी हस्तक्षेपलाई ध्यानमा नराखीकनपनि बलियो प्रतिक्रिया दिने क्षमता छ । जल, थल र वायुबाट गरिने आक्रमण प्रयासको अवस्थामा बेइजिङको लागि ठूलो नोक्सान उत्पन्न गर्न सक्छ ।

वास्तवमा, ताइवानले पनि आफ्नो रक्षा खर्च बढाएको छ । जनवरीमा वार्षिक रक्षा बजेटको शीर्षकमा थप ८६ अर्ब डलर बजेट छुट्याएको छ । लामो दूरीको सटीक हतियार र युद्धपोतहरू जस्ता हतियारहरू किन्न भन्दै उसले त्यो बढाएको हो ।

युक्रेन युद्धबाट दुवैलाई पाठ

ताईवानको रक्षा मन्त्रालयले पनि रुसले युक्रेनमा गरेको आक्रमणलाई नजिकबाट पछ्याउँदै आएको छ । उसले युद्धबाट पाठ सिकेर आफ्नो सैन्य अभ्यासमा समावेश गर्ने बताएको छ । ताइवानका अधिकारीहरू र विश्लेषकहरूले भनेका छन् ‘धेरै ठूलो रूसी सेनाको बिरूद्ध युक्रेनको प्रतिरोधले चर्को युद्ध र हातहतियार भण्डारकहरुको महत्त्वलाई सोच्ने बनाउँछ ।”

वास्तवमा, चिनियाँहरूले युक्रेनको द्वन्द्वबाट अन्तर्दृष्टिहरू बटुलिरहेका छन् जसले उनीहरूलाई बिजुलीको गतिमा द्रुत आक्रमणको लागि पुन: मूल्याङ्कन गर्न मद्दत गर्दछ । अर्कोतिर उनीहरुले आक्रमण गरेमा आफ्नो बलद्वारा पुनः एकीकरण केही दिन पछि सम्भव हुने आशा गरेका छन् । तर त्यो त्यति सहज भने छैन ।

“चिनियाँहरूले रुसी ‘ब्लिट्जक्रेग’को असफलता देखेका छन् । यसैले उनीहरूलाई ताइवानसँगको सैन्य विकल्पहरूमा पुनर्विचार गर्न बाध्य पार्छ । छोटो अवधिको अपरेशनको जोखिम हटाउँदछ । चिनियाँ सेनाहरूले ताइवानलाई नियन्त्रणमा राख्न सक्षम हुनेछ भन्नेमापनि आशंका हुनसक्छ ।

बाइडेनको टिप्पणी दशकौंसम्म चीन बिरुद्द आएको अमेरिकाको टिप्पणी मध्ये सबै भन्दा कडा हो । अमेरिकाले चीनबिरुद्द जारी गरेको कुनै पनि चेतावनी भन्दा यो बढी इशाराको रूपमा आएको छ ।

“उनले युक्रेन र ताइवान बीचको भिन्नतालाई जोड दिए” डचेटेल भन्छन् “ताइवान र चीन बीचको भरपर्दो सम्बन्ध विकसित नहुँदा यो अवरोधले कसरी ठोस रूपमा खेल्छ, हेर्न बाँकी छ ।

(स्रोत- फ्रंस २४ )

तपाइँको प्रतिक्रिया

फेसबुक