मंगलबार, वैशाख ११, २०८१

रूसी सेनाले डोनबास क्षेत्रका दर्जनौं शहरहरूमा गोली हानेको युक्रेनको आरोप

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ १२ गते १९:१९

रुसी सेनाले युक्रेनको पूर्वी डोनबास क्षेत्रका ४० भन्दा बढी शहरहरूमा गोलाबारी गरेको युक्रेनको सेनाले आरोप लगाएको छ ।

उनीहरुले आफ्नो आक्रमणको बाटोमा फसेका नागरिकहरूको लागि भाग्ने अन्तिम मुख्य बाटो बन्द गर्ने धम्की दिएको समेत बताएका छन् । रुस र युक्रेनबिचको द्वन्द हाल चौथो महिना पुगेको छ ।

रुसी रक्षा मत्रालयले बिहीवार कीभले आफ्ना मागहरू पूरा रुसको अपेक्षा रहेको बताएको छ । युक्रेनलाई शान्ति वार्ता गर्नको लागि यथार्थ अवस्थाको बारेमा सचेत हुन आवश्यक रहेको बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पूर्व अमेरिकी विदेश सचिव हेनरी किसिङ्गरको टिप्पणीमा प्रतिक्रिया व्यक्त गरेका छन् । किसिङ्गरले यस हप्ता स्विजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियालाई युक्रेनले रुसलाईनै छोडिदिनुपर्ने सुझाव दिएका थिए ।

युक्रेनले क्रिमियालाई रुसी क्षेत्रको रूपमा स्वीकार गर्न र पूर्वी युक्रेनको रुसी समर्थित भागहरूलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिनुपर्ने माग रुसले गर्दै आएको छ । युक्रेनले रुसको दाबीलाई स्विकार गरेको छैन ।

तर पस्चिमी देशहौर्को एकै धारणा छ भन्ने होइन । “रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जित्ने छैनन् । उनलैइ शान्तिको निर्देशन दिन नदिईने” जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीवार भने ।

जर्मन नेता स्कोल्जले डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा भने “पुटिन आफ्ना सबै रणनीतिक उद्देश्यहरूमा पहिले नै असफल भइसकेका छन्।”

सम्पूर्ण युक्रेन कब्जा गर्ने रूसको योजना स्वरुप फेब्रुअरी २४ मा आक्रमण गरेको थियो । तर युक्रेनले प्रभावशाली प्रतिरक्षा गरेपछि सुरुमा भएको रुसको आशा भन्दा आज धेरै टाढा पुगेको छ ।

“पुटिनले युक्रेनमा आफ्नो आक्रामकताको सामना गर्न सहयोगीहरूको संकल्प र शक्तिलाई कम आँकलन गरे” स्कोल्जले भने । मस्कोले हाल फिनल्याण्ड र स्वीडेनलाई पनि नाटो रक्षा गठबन्धनमा सामेल हुन धक्का दिएको छ ।

रुसी र युक्रेनी सेनाहरू बीचको लडाई मुख्य पूर्वी युक्रेन शहर सेभेरोडोनेत्स्कको सीमामा पुगेको क्षेत्रीय गभर्नरले बुधवार बताएका थिए ।

८,००० युक्रेनी बन्दी

रुस समर्थित स्वघोषित लुहान्स्क र डोनेट्स्क जन गणतन्त्रमा बन्दी बनाएका युक्रेनी युद्धबन्दीको संख्या करिब ८,००० रहेको लुहान्स्कका अधिकारी रोडियन मिरोश्निकलाई उद्धृत गर्दै टास समाचार एजेन्सीले बिहीवार जनाएको छ ।

“त्यहाँ धेरै कैदीहरू छन् । तिनीहरूमध्ये धेरै डोनेट्स्क जन गणतन्त्रको क्षेत्रमा छन् । तर हामीसँग पनि धेरैनै छन् । अहिले त्यो क्षेत्रमा कुल संख्या ८,००० छ। त्यो धेरै हो । हरेक दिन थपिँदैछ” मिरोश्निकले भने।

रुसी सेनाले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा ४० भन्दा बढी शहरहरूमा गोलाबारी गरेको युक्रेनको सेनाले बताएको छ । उनीहरुले आक्रमणको बाटोमा फसेकाहरुलाई बाटो बन्द गर्ने धम्की दिएकोपनि युक्रेनी सेनाको आरोप छ ।

युक्रेनको राजधानी किभ वा यसको दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीहरूको तर्फबाट मस्कोले दाबी गरेको दुई पूर्वी प्रान्तहरू मिलेर बनेको डोनबासको पूर्ण नियन्त्रण लिन प्रयास गरिरहेको छ।

युक्रेनको राजधानी किभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीहरूको तर्फबाट मस्कोले दाबी गरेको दुई पूर्वी प्रान्तहरू मिलेर बनेको डोनबासको पूर्ण नियन्त्रण लिन प्रयास गरिरहेको छ ।

रुसले सिभिएरोडोनेत्स्क र यसको जुम्ल्याहा लिसिचान्स्क सहरमा रहेको युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौं सेना यस क्षेत्रमा तैनाथ गरेको छ। यदि युक्रेनी सेनाहरु असफल भएभने तिनको पतनले सम्पूर्ण लुहान्स्क प्रान्तलाई रूसी नियन्त्रणमा छोड्नेछ । रुसीहरुको मुख्य उद्देश्य पनि यहि हो ।

सन् २०१४ मा रूसी भाषी पृथकतावादीहरूले कब्जा गरेको दुई पूर्वी क्षेत्रहरूमा युक्रेनी सेनाहरूले नयाँ आक्रमणको सामना गरिरहेको बेला युक्रेनी राष्ट्रपती जेलेन्स्कीले आक्रोशित टिप्पणीहरू गरेका छन् ।

न्यूयोर्क टाइम्सको सम्पादकीय बोर्डले मे १९ मा एउटा टिप्पणी गरेको छ, दुई देशको वार्तालाप टोलीले शान्तिको लागि युक्रेनले केही कठोर निर्णयहरू लिनु पर्ने हुन सक्छ । किनकि निर्णायक सैन्य विजय यथार्थपरक थिएन ।

र पूर्व अमेरिकी विदेश सचिव हेनरी किसिङ्गरले यस हप्ता स्विजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा रूसले २०१४ मा गाभेको क्रिमियालाई युक्रेनले रुसलाईनै राख्न दिनुपर्छ भन्ने सुझाव दिए ।

तर जेलेन्स्कीले त्यसको प्रतिवाद गरेका छन् । एउटा भिडियो टेप मार्फत् उनले भनेका छन् “रुसी राज्यले जे गरे पनि तपाईले सधैं कोहि न कोहि भेट्टाउनुहुनेछ जसले रुसको हितलाई ध्यानमा राखौं भन्छन् ।”

“मिस्टर किसिङ्गरको क्यालेन्डरमा २०२२ होइन १९३८ छ । र उनलाई लाग्छ उनी डाभोसमा होइन, जर्मनीको म्युनिखमा दर्शकहरूसँग कुरा गर्दैछन् भन्ने धारणा पाउनुहुन्छ” जेलेन्स्कीले भनेका छन् ।

सन् १९३८ मा बेलायत, फ्रान्स, इटाली र जर्मनीले म्युनिखमा एक सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसले नाजी तानाशाह एडोल्फ हिटलरलाई थप क्षेत्रीय विस्तार त्याग्न मनाउने असफल प्रयासस्वरुप तत्कालीन चेकोस्लोभाकियाको केहि भूमि दिएका थिए ।

“सम्भवतः न्यूयोर्क टाइम्सले पनि सन् १९३८ मा यस्तै केही लेखेको थियो। तर म तपाईंलाई सम्झाउन चाहन्छु, अहिले २०२२ हो, १९३८ होइन” जेलेन्स्कीले भने।

“रसियालाई केही दिन युक्रेनलाई सल्लाह दिनेहरू, यी महान भूराजनीतिक व्यक्तित्वहरूहरूले कहिल्यै पनि साधारण मानिसहरू, साधारण युक्रेनीहरू, लाखौं मानिसहरूलाई देख्दैनन् जुन क्षेत्रमा उनीहरूले भ्रामक शान्तिको आदानप्रदान गर्न प्रस्ताव गरिरहेका छन्” जेलेन्स्कीले कडा प्रतिक्रिया दिएका छन् ।

(नेपालप्लसको साथै फ्रंस २४, एपी, एफपी, रोयटर्स)

तपाइँको प्रतिक्रिया