बिहीबार, वैशाख १३, २०८१

स्वीडेन र फिनल्याण्डले नाटोमा सामेल हुन खोज्दा इयुका थुप्रै देश गठबन्धनबाट बाहिर

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ १२ गते १९:५४

Image Credit-atlanticcouncil.org

युक्रेनमा रुसको आक्रामकताबाट त्रसित भएर स्वीडेन र फिनल्याण्ड दुबैले औपचारिक रूपमा नाटोमा सामेल हुन अनुरोध गरेका छन् । ति देश स्वीक्रित भएमा ट्रान्स-एट्लान्टिक सैन्य गठबन्धनमा युरोपियन युनियनका झण्डै एक दर्जन सदस्य राष्ट्रहरू भने बाहिरै हुने छन् ।

ति देशहरु अस्ट्रिया, साइप्रस, आयरल्याण्ड, माल्टा, आर्मेनिया, अजरबैजान, बोस्निया र हर्जेगोभिना, कोसोभो, मोल्डोभा र सर्बिया हुन् ।

मुलत चार देश अस्ट्रिया, साइप्रस, आयरल्याण्ड, माल्टा या त सैन्य रूपमा तटस्थ छन् जसको मतलब तिनीहरू सैन्य गठबन्धनमा सामेल हुन सक्दैनन् । वा सैन्य द्वन्द्वमा पक्ष लिन सक्दैनन् वा असंलग्न निति अँगालेका छन् । यसको मतलब तिनीहरू आधिकारिक रूपमा एउटा प्रमुख शक्ति समूहको पक्षमा छैनन् ।

साइप्रस र आयरल्याण्डले तटस्थत आनपाउनुको अर्थ के भने ऐतिहासिक रूपमा दुई टापुहरू दुई अलग क्षेत्रहरूमा विभाजित भएको तथ्यले गर्दा हो ।

आयरल्याण्डको टापुको सन्दर्भमा यो गणतन्त्र आयरल्यान्ड र उत्तरी आयरल्याण्डको ब्रिटिश प्रान्तको बीचमा विभाजित छ जुन दुई राजनीतिहरू बीचको खुला सिमाना हो । त्यो सन् १९९८ गुड फ्राइडे शान्ति सम्झौताको परिणाम स्वरुप भएको हो । जसले दशकौंको साम्प्रदायिक हिंसाको अन्त्य गर्‍यो ।

तर साइप्रस दक्षिणमा साइप्रस गणतन्त्र र अन्तर्राष्ट्रिय समुदाय द्वारा मान्यता प्राप्त उत्तरी साइप्रसको स्व-घोषित टर्की गणतन्त्र बीच विभाजित छ ।

यद्यपि ति सबैको नाटोसँग सम्बन्ध छ। अस्ट्रिया, आयरल्याण्ड र माल्टाले शान्ति कार्यक्रमका लागि गठबन्धनको साझेदारीमा भने भाग लिन्छन् जसले मानवीय सहायता, शान्ति स्थापना र संकट व्यवस्थापन जस्ता संयुक्त बहुपक्षीय गतिविधिहरूको लागि परिष्कृत राजनीतिक र सैन्य सहयोगको लागि रूपरेखा प्रदान गर्दछ ।

बेलायत नाटो सदस्य भएकोले साइप्रसमा दुईवटा ब्रिटिश सैन्य अड्डाहरू छन् ।
२४ फेब्रुअरीमा भएको रुसद्वारा युक्रेनमाथिको आक्रमणले युरोपका अधिकांश तटस्थ देशहरूमा यस्तो स्थिति अझै पनि आवश्यक छ कि छैन भन्ने बहस सुरु गरेको छ।

स्वीडेन र फिनल्याण्ड उदाहरणका लागि, दुबै नाटो सदस्यता नलिने भन्दै परम्परागत रूपमा तटस्थ थिए । तर रुसले युक्रेनमा सैनिक तनाथी गर्न लागेपछि यि दुबै देशले नाटोले सदस्यता लिने मनशाय बनाउन थालेका हुन् ।

त्यसो त, अन्य धेरै युरोपेली देशहरू पनि गठबन्धनमा सामेल भएका छैनन्। यसमा आर्मेनिया, अजरबैजान, बोस्निया र हर्जेगोभिना, कोसोभो, मोल्डोभा र सर्बिया साथै स्विजरल्याण्ड समावेश छन् ।

स्विजरल्याण्ड सायद विश्वको सबैभन्दा प्रसिद्ध तटस्थ देश हो जुन सन् १५१५ देखिनै तटस्थताको पक्षमा उभिएको भन्ने उल्लेख छ । यद्यपि यो वाटरलूमा नेपोलियन बोनापार्टको पराजय पछि १८१५ मा औपचारिक रूपमा स्थापित भएको थियो ।

त्यसपछि यसले सन् १९०७ को हेग कन्भेन्सनमा हस्ताक्षर गर्यो जसले तटस्थतालाई अन्तर्राष्ट्रिय कानूनको भागको रूपमा संहिताबद्ध गर्‍यो । तटस्थ देशहरूले युद्धमा संलग्न हुनबाट टाढा रहनुपर्छ । युद्ध सामग्रीको निर्यातको सन्दर्भमा युद्धरत राज्यहरूका लागि समान व्यवहार सुनिश्चित गर्नुपर्दछ । लडाकु राज्यहरूलाई भाडाका सेनाहरू आपूर्ति गर्नुहुन्न । र युद्धरत राज्यहरूलाई आफ्नो क्षेत्र प्रयोग गर्न अनुमति दिँनुहुन्न ।

तपाइँको प्रतिक्रिया