शुक्रबार, वैशाख ७, २०८१

आगामी हप्ता पेरिसमा ‘नेपाल मेला’ आयोजना हुँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ १५ गते १४:१०

फ्रान्सको राजधानी पेरिसमा आगामी शनिवार, जुन ०४ बाट नेपाली मेला शुरु हुने भएको छ ।

मेला आउने शनिवार र आईतवार गरि दुइ दिन चल्ने छ । यस अघि १६ पटक आयोजना गरिसकेको मेला हाल १७ औं पटक हुन लागेको हो ।

सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह नामको एसोसिएनले यो मेला आयोजना गर्दै आएको छ ।

पेरिसस्थित ब्वा द भाँसेन भन्ने पार्कस्थित बुद्दको विशाल मूर्ती भएको ठाउँमा हरेक वर्ष यो मेला लाग्ने गरेपनि कोभिड १९ का कारण दुइ वर्ष यता यो मेला रोकिएको थियो ।

जुन महिनाको पहिलो शनिवार र आइतवार लाग्ने यो मेलामा नेपालका हिमाल, पहाड र तराईका विभिन्न लोक साँस्कृतिक तथा आधुनिक र राष्ट्रभक्तीले ओतप्रोत नृत्यहरु प्रस्तुत गरिनेछ । काठमाडौं उपत्यकाको लाखे नाच सहितको कुमारीको रथ पनि मेलाको आकर्षण हो ।

कार्यक्रममा बाँसुरीबादक बुद्द लामाको समुहले आफ्नो प्रस्तुती दिने नेपाली सांस्कृतिक गृह जनाएको छ ।

अघिल्ला वर्षहरुमा भन्दा केहि फरक आकर्षण र आकर्षक वस्तु यो मेलामा देख्न पाइने नेपाल साँस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठले नेपाल प्लसलाई बताए ।

म अहिले पत्रकार साथीहरुलाई त्यो आकर्षक चिज के हो भन्न चाहन्न । तर यो मेलामा त्यो वस्तु निकै आकर्षणको विषय हुनेछ भन्ने हामीलाई लागेको छ ।

नेपाली धुप, पस्मिना, अचार, चिउरा, मसला, पस्मिना, वाईवाई लगायतका बिभिन्न सामानहरुको प्रदर्शनी तथा बिक्रि यो मेलामा हुनेछ भने सन्ध्या मिश्रका कलाहरु मेलामा प्रदर्शन गरिनेछ ।

नेपालका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरि ज्ञान हाँसिल गरेका विविध क्षेत्रका ज्ञाताहरुद्वारा विभिन्न विषयमा प्रवचन समेत कार्यक्रममा दिइने छ । जसमा खासगरी आर्किटेक्ट सेलिन देकुपेयर,मानवशास्त्री कातिया बुफेथ्रिल, एल्पिनिष्ट मार्क बातार्ड, मानवशसास्त्रिहरु राजेश खतिवडा र सामुएल पोलेती, भूगोल बिज्ञ मारि आमेली कँदो, फोटोग्राफर फ्रेदेरिक लक्लु र ब्रिजीट स्टेइमेनको भिन्न भिन्न प्रस्तुतीहरु रहनेछन् ।

नृत्यका लागि पेरिसमा संझना श्रेष्ठ, दिलु श्रेष्ठ, ज्योती अर्याल लगायतका समूहले बिभिन्न तयारी गरिरहेको छ । हल तथा रथहरुको सजावट र तयारीका लागि कविन्द्र कायस्थ लगायतको समूहले तयारी गरिहरेको छ ।

हरेक वर्ष झैं यो वर्ष पनि मेलामा मम, सेल, रसवरी, जुलेवी, पकौडा, गहुँको रोटी, मम, सेकुवा, नेपाली दाल भात सहित विभिन्न नेपाली खानाको स्वाद लिन पाइने छ । नेपाली खाना बनाउन सिक्नेहरुकालागि एक प्रशिक्षणको ब्यवस्था हुने छ ।

मेलाबाट उठेको रकम जम्मा गरेर पेरिसमा रहेका नेपाली समुदायकानिम्ति आवस्यक नेपाली मौलिकता झल्किने एक घर निर्माण गर्ने लक्ष्य यस एसोसिएनको रहेको छ ।

नेपालीहरुका तर्फबाट पेरिसमा सबैभन्दा ठूलो मेला आयोजना गर्ने यस एसोसिसनको अर्को मुख्य उद्देश्य नेपालको कला र संस्कृति बिदेशमा प्रचार गर्नु र दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोडिराख्नु पनि हो ।

“मेला सम्पन्न गर्न हामीले कुनै कसरत बाँकी राखेका छैनौँ । दुइ वर्ष पछि हुन लागेको यो मेलामा उत्साहपुर्वक फ्रान्सबासी नेपाली, नेपालप्रेमी फ्रान्सेली र नेपाललाई कर्मथलो बनाएका अन्य देशका नागरिकहरुको सहभागिता हुनेछ” भन्ने अपेक्षा मेला आयोजकहरुको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक