आइतबार, असोज ९, २०७९

‘खेलाडी’ भन्दै फेरि विधान संशोधनको जिम्मा दिंदै एनआरएनए

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ १५ गते १८:११

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा एक जना यस्ता पात्र छन्, जसलाई सधैं खेलाडीको संज्ञा दिईन्छ । ‘विधान बनाउने जिम्मा दिएको के के घुसायो घुसायो’ भन्नेहरुपनि छन् । महाधिवेशन प्रतिनिधि छनौट गर्दा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया गलत भयो । ६५, २५ र १० प्रतिशतको प्रावधान ठिक थिएन, छैन । ‘कसैले नबुझ्ने ६५, २५ र १० को प्रावधान घुसाएर खत्तमै पार्‍यो । विवादै विवाद निकाल्यो ।’ तर घुमिफिरी रुम्जाटारा भने जस्तै भयो, अन्तत । यि सारा आरोप लगाउनेहरुलेनै तिनै ‘खेलाडी’ डा. हेमराज शर्मालाई फेरि पनि विधान संशोधन तथा नियमावली निर्माण कमिटीको संयोजक बनाएका छन् ।

विधानमा कमजोरी रहे । गत महाधिवेशनमा लागु गरिएको प्रतिनिधि छनौट संवन्धि विधानको प्रावधानमा धेरैले आलोचना गरे । यतिसम्म कि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलेपनि आलोचना गरेका थिए । अन्तत : सहमतीमा दर्जनौं पद भागबण्डा गरेकाहरुलेपनि यो विधान अर्को पटक संशोधन गर्ने भन्दै धेरै पटक भाषणा गरे । आस्वाशन बाँडे । डा. बद्रि केसी पक्षमा देखिएका तत्कालिन महासचिव डा. हेमराज शर्मालाईनै प्रमुख दोषी ठहर्‍याईयो, कुल आचार्य पक्षबाट । उनीहरुले, विधान गलत भएको र् त्यसको रचनाकार, प्रमुख खेलाडीनै डा. शर्मा हुन् भन्ने दोष लगाए ।

अहिले तिनै कुल अचार्य अध्यक्ष छन् । तीन जना अध्यक्ष भएपनि पहिलो कार्यकालकालागि मुख्य कार्यकारी अध्यक्ष आचार्यनै छन् । त्यतिबिघ्न आलोचनाको भारी बोकाइदिएरपनि फेरि तिनै डा. हेमराज शर्मा विधान संशोधन सुझाव कमिटीको अध्यक्ष नभै भएन किन ? शर्मालाई विधानमा चलखेल गरेको, खत्तमै पारेको आलोचना गर्नेहरुले फेरि किन तिनै शर्मालाई संयोजक बनाए ? किन उनको ठाउँमा उनीभन्दा अर्को सक्षम ब्यक्ति ल्याउन सकेनन् ?

खासमा एनआरएनएको विधान शुरुवाती कालमा मस्यौदा गर्ने काम प्राध्यापक सूर्य सुबेदीले गरेका थिए । त्यसपछि सन् २००७ मा यस्तै विधान संशोधन कमिटी थियो । त्यसमा त्यो बेला हङकङ निवाशी (हाल युके) गणेश इजम, अष्ट्रेलिया निवाशी भवानी ओली र सदस्य यिनै डा. हेमराज शर्मा थिए । त्यसपछि बनेको सन् २००९ को कमिटीमापनि शर्मा थिए ।

त्यसपछि त्यसपछि विधान संशोधन कमिटी सन् २०११, सन् २०१३, सन् २०१५ र सन् २०१७ मा पनि शर्मा थिए । तर त्यति बेला विधानमा खासै हेरफेर भएन । सन् २०१७ को विधान संशोधन तथा नियमावली निर्माण कमिटीमा डा शर्मा संयोजक भएर काम गरे । त्यहि बेला बनेका नियमावलीको दर्जनौं प्रावधाननै अहिले कार्यान्वयनमा छन् ।

डा. सूर्य सुवेदीसित मुल विधान बनाउँदा धेरै कठिन, चुनौतिपूर्ण र अवशरपनि थियो । यो मुल विधान बनाउँदा शर्माले धेरै सिक्न, देख्न, भोग्न र रचनात्मक क्षमता देखाउन पाए । कालान्तरमा विधान समितिका पुराना ब्यक्तिहरु पाखा लागेपछि सबैभन्दा अनुभवी डा. हेमराज शर्मा देखिए । त्यसैले संस्थाको स्थापना कालदेखि लागेकाले विधानका दफादफा जान्ने हाल शर्मालाई नै देख्छन् ।

विधान बनाउनु, बनेको विधानलाई समयानुकुल परिमार्जन, संशोधन गर्नु सहज भएको भए अन्य ब्यक्तिहरु देखा पर्ने थिए, सायद । तर उनलाई जति आलोचना गरेपनि आफू पदमा पुगेपछि, आफ्नो तर्फ अर्को बिज्ञ ब्यक्ति नभेट्दा अर्को जानकार ब्यक्ति देखानपर्दा फेरि शर्मालाईनै रोज्नुपरेको अभियन्ताहरुको भनाई छ ।

अहिले बनेको विधान संशोधन सुझाव कमिटीमा संयोजकको भूमिकाकालागि अन्य ब्यक्तिको नामपनि नआएको भने होइन । एनआरएनए आइसिसीका एक अभियन्ताका अनुसार अफ्रिकाका हिकमत थापा, अष्ट्रेलियाका मन केसी र जापानका भुषण घिमिरेको नामपनि आएको थियो। तर ब्यापक छलफल गर्दा थापा र केसीले विधान संशोधनमा प्रभावकारी भूमिका खेल्न नसक्ने निचोड निकालियो । भुषण घिमिरेमा विधानाको ज्ञान बढी भएपनि राख्न चाहेनन् ।

एनआरएनए उपाध्यक्ष ११ जना छन् । ति ११ जना मध्ये एक जनालाई संयोजक बनाउने भनियो । किनभने यो विधान संशोधन सुझाव कमिटी हो । यसले विधान बनाएर दिनासाथ त्यो पास हुने होइन । यो विधान संशोधन कमिटीले त सबै सरोकारवाला, समितिहरुको सुझावहरु लिएर रिपोर्ट तयार पार्छ । यसले विधानलाई संशोधनको रिपोर्ट बनाएर अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) लाई बुझाउने हो । यो विधान संशोधन तथा नियमावली निर्माण समितिले दिएको सुझाव आइसिसीमा जान्छ । आइसिसीले पास गरेपछि उक्त विधान फेरि महाधिवेशन वा भेलाको हलमा जान्छ र हलको बहुमतले पास गरेपछि बल्ल त्यो वैधानिक बन्छ ।

विधानमा सबैभन्दा अनुभवी डा. हेमराज शर्म मानि र उनैलाई फेरिपनि विधान संशोधन सुझाव कमिटीको संयोजक बनाईयो ।

गत महाधिवेशनमा खासगरि प्रतिनिधि छनौटका विष्यमा विधानमा अत्यधिक विवाद भयो । यहि विवादले एनआरएनए फुट्योपनि । संस्थाको गरिमा निकै गिर्‍यो । नेत्रित्व चयनका विषयमा अहिलेसम्म आलोचना र गालिगलौज भैरहेको छ । तर अब संशोधन गरिने विधान कस्तो बन्ला ? ति प्रावधनाहरु हट्लान् कि यथावत रहलान् ? आलोचकहरुले कस्तो विधानको परिकल्पना गर्लान् ? यो भने सर्वत्र चासोको विषय बनिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक