आइतबार, मंसिर १८, २०७९

नेपालमा आविष्कार र अनुसन्धानमा आविष्कार केन्द्रको अभियान

महाविर पुन२०७९ जेठ १८ गते ३:०६

मैले यस अघि नै देशको व्यापार घाटा पुर्ती गर्नकालागि हामी आफैं उद्यमी बन्नुपर्छ भनेँ । देशको अर्थतन्त्रको स्तर उन्नती भयो भने देशमा भ्रष्टाचार र झैझगडा हुँदैन । २०१२ देखि सन् २०१८ सम्म हामीले गफ मात्र गर्यौँ, आविष्कार केन्द्र खोल्ने विषयमा । यसो किन भनेको भने यसको जग बसाल्ने, स्रोत खोज्ने काममै हामीलाई समय लाग्यो । मुनाफा नकमाउने तर यसलाई दिगो कसरी बनाउने भन्ने तिर लाग्यौँ ।

यो अध्ययन अनुसन्धानको काम भनेको एउटा व्यक्तिले मात्र गर्ने या अनुसन्धान केन्द्र पनि एउटा व्यक्तिले मात्र खोल्ने होइन । व्यपारी र उद्योगपतिले पनि होइन । यो म जस्तो जागिर नै नखाएको मानिसले पनि खोल्ने होइन । तर केहि शिप नलागेपछि त गर्ने पर्यो । अरु देशले बाहिरको देशको सन्ततिहरु ल्याएर पनि अध्ययन अनुसन्धानलाई निरन्तरता दिन्छन् । हामीले त केहि गरेकै छैनौं । त्यसैले काम गर्दै जाँदा अहिले त्रिभुवन विश्व विद्यालयको हाता भित्र राष्ट्रिय आविष्कार केन्द्र बसेको छ । यो त्रिबिबिको हातामा बस्न थालेको सन् २०१८ बाट हो ।

अहिलको अवस्था भनेको हामीले सिक्दै गरेको हो । आविष्कार र अनुसन्धान भनेको सिक्ने प्रकृया हो जुन कहिल्यै पनि टुंगिदैन । यो धर्तीमा मानिस रहुन्जेल खोज, अनुसन्धान र आविष्कार भइरहन्छ ।

तपाइले मलाइ आविष्कार केन्द्रले अहिले के गरिरहेको छ भन्नुहोला । हामीले अहिले चार चरणको काम गरेका छौँ । पहिले कसैसँग राम्रो ‘आइडिया’ छ भने त्यस्तो मानिसलाई आइडिया ल्याउ भन्छौँ । यस्तो राम्रो आइडीया कुनै व्यवसायको पनि हुन सक्छ या कुनै अनुसन्धानको पनि हुन सक्छ । या यस्तो कुरा कुनै सेवा दिने कामका लागि पनि हुन सक्छ ।

दोस्रो कसैले आविष्कार गर्छु या कुनै नयाँ सामान बनाउँछु भन्यो भने त्यसको पहिलो प्रोटोटाइप बनाउ भन्छौँ ।

तेस्रो हामीले सामान तथा उपकरणहरु उपबलब्ध गराएका छौँ । खाना बस्न सुविधा दिएका छौँ । खाना खाजा बनाउने मानिस छ राष्ट्रिय आविष्कार केन्द्रमा । भूइमा मेट्रेस बनाएर सुत र काम गर । तर पैसाको चिन्ता नगर भनेका छौँ । कति न हामीसँग पैसा भएको जस्तो गरेका छौँ । तर यसो भन्नुको बाध्यता छ । ढुक्क भएर काम गर भनेन भने काम गर्दैनन । ढुक्क भएर काम गरेनन भने आविष्कार नै हुन्न । हाम्रो उद्देश्य भनेको जसरी पनि त्यहाँ आएका युवालाई अनुसन्धानकालागि रोकेर राख्ने हो ।

चौथो तिमीले काम गर्दा पाँच दश देखि २० लाखको फिक्कर नगर भनेका छौँ । काम चाहीं इमान्दारिपूर्वक गर भनेको छौँ । प्रोजेक्ट हेरिकन पाँच देखि ३० लाख सम्म खर्च जुटाइदिएका पनि छौँ ।

हाम्रो पैसाको श्रोत भनेको जनता हो, तपाइ हामी जस्तै नागरिक हो । आविष्कार केन्द्रको भगवान भनेको जनता हो । जनताकै भर परेर यो काम अगाडी बढाइएको छ । अनुसन्धान गर्नेले भत्काउँछन् बनाउँछन् । फेरी भत्काउँछन् फेरी बनाउँछन् । सबै अनुसन्धान सफल हुन्न । सफल भएका पनि मार्केटमा लग्न पर्यो । मार्केट टेस्टिँगमा पनि सहयोग गरेका छौँ । यो चाहीं चिज अब बजारमा जान्छ भन्ने लागेपनि ग्राहकले मन पराउँदैनन ।

अहिले सम्म ८८ वटा अनुसन्धान भए । त्यसमा ५५ वटा त पहिलो र दोस्रो चरणमै फेल खाएका छन् । जब प्रोजेक्ट या अनुसन्धान सफल हुन्छ तब उनीहरुले आविष्कार गरेको बौद्दिक सम्पत्तीमा पनि उनीहरुको अधिकार स्थापित गरिदिनुपर्छ । यसको लागि पनि हामीले सहयोग गरेका छौँ ।

त्यसपछि भनेको उनीहरुलाई लागानीकर्ता पनि खोजिदिने हो । म जति पनि बिदेश घुमिराखेको छु यसको कारण छ । त्यो के भने ‘ल है हाम्रा भाइबहिनीले फलाना फलाना सामान निकाले, नेपालमा पनि लगानी गर्ने वातावरण बनिरहेको छ है’ भन्ने हो । यतिबेला आविष्कार केन्द्रबाट अध्ययन गरेका प्रोजेक्टहरुमा आशावादी देखिएका प्रोजेक्टहरु भनेका सोलारपावर मार्फत चल्ने टिचिँग इ बक्स, कृषी अजारका सामान, बिजुली या खनिज इन्धनको प्रयोग बिनै पानी तान्ने पम्प, कोदो र गहुँ झार्ने मिशिन, सूर्य र बिजुली दुवैको मिश्रणबाट फलफुल सुकाउने मेशिन, कफी भुट्ने मेशिन, गहुँ र कोदो झार्ने मिशिन, मौरीको मह बाहेक अरु के के बनाउन सकिन्छ भनेर पनि अध्ययन हुँदैछ । मोटरबाइक, एम्बुलेन्स, खाद्यान्नमा ड्रिँक्स र वाइन तथा क्यान्डीहरु, बेबी वार्मर मिशिनहरु । यिनिहरु त ३० ४० वटा बनाइवरी विभिन्न अस्पतालहरुमा परिक्षणमा छन् । वायोमेडिकल इक्पुमेन्टहरुमा पनि हाम्रो ध्यान छ ।

तपाइँ बिदेश बसेर पढिरहनु भएको मानिसहरुले हाम्रो आविष्कार केन्द्रमा काम गरिरहेका भाइबहिनीहरुलाई केहि सहयोग गर्न सक्नुहुन्छ । तालिम लिने वातावरण मिलाउन सक्नुहुन्छ भनेपनि हामीलाई तपाइहरुको खाँचो छ । जस्तो कि, हाम्रो भाइबहिनीहरुले रोवर्ट बनाउनुभयो । तपाँइहरुले यो कामको लागि मद्दत दिन सक्नुहुन्छ । मेडिकल ड्रोनको बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ । यो ओखती पुर्‍याउने ड्रोन हो । समस्या के भयो भने यस्तो ड्रोनले अग्ला पहाडि भूग उक्लने र झर्ने अनि खोँचहरुमा उड्ने गर्नुपर्छ । अहिले सम्मका ड्रोनहरु सम्म परेको ठाउँमा या एकखाले तोकिएको उचाइमा उडेका छन् । तर हामीलाई त झर्नु पनि छ र उक्लनु पनि छ । यसमा कृत्रिम बुद्धिमत्ता (आर्टिफीसीयल इन्टेलिजेन्स) को कुरा आउँछ । हामी यसमा अड्किरहेका छौँ ।

मैले माथि नै भनेँ, विश्वविद्यालय पढ्ने भाइबहिनीहरुले रकेट बनाएका छन् । यसमा एउटा जग बसालौँ भनेर काम भैरहेको छ । सुरक्षाको लागि सँवदेनशिल भएकोले नेपाली सेना ले रसद (लजिष्टिक) मा सहयोग गरिरहेको छ । क्युव सेटेलाइट इजुकेशनल भर्सन पनि बनाइयो । यो रियल सेटेलाइट हो । १० सीमी लामो र छोटो थियो । बिभिन्न बिकसित मुलुकले अन्तरिक्षमा पठाएको बेला नेपालले पनि यसलाई अन्तरिक्षमा पठायो । तर पृथ्वीको वरिपरी चक्कर लाइवरी यो खसिसक्यो । स्विजरल्यान्डको भाइले स्पेनको साथीसँग मिलेर पठाएको थियो यो चाहिं ।

कोभिडको समयमा हामीले अरु काम गर्यौँ । राष्ट्रिय आविष्कार केन्द्र अचानक कोभिडको घटनामा मोडिन बाध्य भयो । नेपालमा पहिलो लकडाउन भएका दिन एक घन्टा भित्रमा चार कल आएको चिकित्सकहरुको । उहाँरुले हामीलाई ‘लौ न अब आविष्कार केन्द्रले हामीलाई मद्दत गर्न पर्यो’ भन्नुभयो । स्वास्थ्यकर्मी बचाउन केहि बनाइदिन पर्यो भनेर अनुरोध गर्नुभयो । हामीलाई केहि थाह छैन भन्यौँ । उहाँहरुले होइन तपाँइहरुले विभिन्न चिजहरु बनाउन सक्नुहुन्छ भन्नुभयो । उसोभए आउनुहोस भन्यौँ ।

त्यहि दिनखि उहाँहरुको आइडीयाबाट कोभिड समयमा चाहिने सामान बनाउन शुरु गरेको हो । १३ किसिमको चिजहरु बनायौँ र वितरण गर्यौँ । यति लामो जाला र यति ठूलो खर्च लाग्ला भन्ने सोचिएको थिएन । महामभारीको लागि नौ करोड जति खर्च भयो । सरसमान र सेवा निशुल्क गरेको हो । तपाइहरु जस्तै संसारभरीका नेपाली र देश भित्रका नेपालीले पैसा हामीलाई दिएपछि हामीले यो सेवा निशुल्क दियौं ।

अहिलेपनि नेपालका बिभिन्न अस्तपालमा रहेका अक्सिजन प्लान्टहरु या उपकरणहरु बिग्रेमा आविष्कार केन्द्रले बनाइदिने गरेको छ । अस्पतालमा काम गर्दा हामीले के थाह पायौँ भने विग्रेको सामानहरु स्टोरहरुमा लगेर थन्काउने तर मर्मत नगर्ने रहेछ । कोरोनाको अवस्थामा ति समान निकाले । तिनलाई मर्मत गर्यौँ । बनाउनकालागि चाहिने अतिरिक्त पार्ट पुर्जाहरु निशुल्क मर्मत गर्यौँ । त्यो बेला केन्द्रलाई १२ करोड रुपैयाको सामान आयो जसमा भेन्टिलेटरहरु पनि पर्छन् । जहाँ समान नै थिएनन त्यहाँ जस्तै दुर्गम गाउँहरुलाई प्रार्थमिकतामा राख्यौँ ।

पीपीइ चाहिँ अझै पनि बनाइरहेका छौँ । कोभिड भाइरस मार्ने बाकस बनाइएको छ । पिपीइ चाहि आइसियुमा काम गर्ने डाक्टरलाई बनाएको हो । त्यो बेला बिदेशबाट अक्सिजन प्लान्ट ल्याएर स्थापना गर्ने भने । यसो गर्न त तीन महिना कम्तीमा पनि लाग्दो रहेछ । अनि हामीले मिनि अक्सिजन कनसन्ट्रेन्टहरु बनायौँ । पाँच देखि १० लिटर स्थाइ रुपमा अक्सिजन निकाल्न सकिन्छ यस्तोबाट ।

कोभिडको समयमा गाउँ गाउँमा बस्ने बिद्यार्थीले अनलाइन क्लास लिन पाएनन् । सामुदायिक स्कूल पढ्ने १८ प्रतिशतले मात्र स्कूलको शिक्षा अनलाइन मार्फत लिए । अरुले पाएनन । यो कुरालाई ध्यानमा राखेर एक हाइ टेक क्लास रुम प्रोजेक्ट बनाएका छौँ । यो भर्खर शुरु भएको छ । आशा गरौँ केहि वर्ष पछि हामीले इ लर्निँग मोडुलमा शैक्षिक सामाग्रीहरु बनाउन सक्नेछौँ ।

क्रमश :

तपाइँको प्रतिक्रिया