बुधबार, वैशाख १२, २०८१

एनआरएनए युकेको २६ हजार पाउण्डभन्दा बढी रकम गायब ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ जेठ १९ गते ४:२६

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको खातामा रहेको २६ हजार भन्दा बढी रकम गायब भएको सार्वजनिक भएको छ ।

एनआरएनए युकेले बुधवार एक प्रेस बिज्ञप्ती जारि गर्दै संघको खातामा रहेको २६ हजार, ८७ पाउण्ड, ५१ पेनी गायब भएको सार्वजनिक गरेको हो ।

एनआरएनए युकेको प्रेस बिज्ञप्ती अनुसार गैर आवासीय नेपाली संघ यकुेको यस यघिको कार्य समितिले सन्चालन गरेको एच एस विसी वेलफेयर बैक खाता बन्द भएको समेत उल्लेख गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ “बैक मार्फत् शंकास्पद आर्थिक गतिबिधि भएको आधारमा बैक खाता बन्द हुँदा बैकमा रहेको गैर आवासीय नेपाली संघ संघको २६,०८७।५१ (२६ हजार, ८७ पाउण्ड, ५१ पी) पिन लगभग गायव भएको अवस्था छ ।”

एनआरएनए युकेको प्रेस बिज्ञप्ती

एनआरएनए युकेमा हाल प्रेम गाहा मगर अध्यक्ष छन् । यस अघि पुनम गुरुङ थिईन् । प्रेम गाहा मगर हाल शेष घले पक्षको एनआरएनएतिर छन् । एनआरएनए बिभाजन सँगै एनआरएनएका केहि शाखामापनि बिभाजन र विवाद देखिएको छ । बिभाजित भएर जानेहरुले संस्थापन पक्षसित विभिन्न विषयमा विवाद गरिरहेका छन् ।

एनआरएनए युकेमा पछिल्ला केहि वर्ष देखि अनेक विषय र नेत्रित्व हत्याउन झनै ठूलो विवाद हुँदै आएको छ ।

एनआरएन्ए युकेले आफ्नो बिज्ञप्तीमा भनेको छ “बैकका अनसुार यी पैसा तत्कािलन अध्यक्ष पुनम गुरुङका नाम र ठेगानामा चेक सिहत पठाइएको थियो ।”

यसका बारेमा पुनम गुरुङको प्रतिक्रिया आउन बाँकि छ ।

गैर आवासीय नेपाली संघ यकुेको आइतबार, १५ मे २०२२ मा बसेको कार्य सिमितिको बैठकको निर्णय अनसुार सो रकम बारे पूर्ण जानकारि दिन पूर्व अध्यक्ष पुनम गुरुङलाई पत्राचार गरिएको छ ।

एनआरएनए युकेका प्रवक्ता भरतमणी चोङ्गबांगद्वारा हस्ताक्षरित बिज्ञप्तीमा एनआरएनएको कोष रहेका सम्पूर्ण खाताहरुको आधिकारिक हस्तान्तरण गर्नकालागि पटक पटक अनुरोध गर्दासमेत जिम्मेवार पक्षबाट हस्तान्तरण नहुँदा संघले आफ्नो कोष गुमाउने अवस्था भएको, झन्झटिलो अवस्थाबाट गुज्रनु परिरहेको आरोप लगाइएको छ ।

तपाइँको प्रतिक्रिया