शनिबार, वैशाख ८, २०८१

युरोपमा मुद्रास्फिति फेरि बढ्यो, कुन देश बढी प्रभावित ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ २० गते ३:५२

युरोपेली युनियनका देशमा मुद्रास्फिती मे महिनामा फेरि बढेको छ । युरोजोनमा मुद्रास्फीतिले मे महिनामा ८ दशमलव १ प्रतिशतको नयाँ रेकर्ड बनाएको छ । अप्रिलमा ७ दशमलव ४ प्रतिशतले बढेको थियो । रुस-युक्रेन युद्धले गर्दा ऊर्जा र खाद्यान्नको मूल्य बढेसँगै मुद्रास्फिती झन बढेको हो ।

युरोपेली संघको तथ्यांक कार्यालय युरोस्टेटले मंगलबार प्रकाशित गरेको प्रारम्भिक अनुमान अनुसार हालको मुद्रास्फिति सन् १९९७ मा युरोजोनको रेकर्ड राख्ने काम सुरु भएयताकै उच्च हो।

सबैभन्दा तीव्र वार्षिक मुद्रास्फीति दर ऊर्जा मूल्यहरूमा भएको छ जुन अप्रिलमा ३७ दशमलव ५ प्रतिशतको तुलनामा मेमा ३९दशमलव २ प्रतिशत भयो । त्यस पछि खाद्य, मदिरा र सुर्ती (७ दशमलव ५ प्रतिशत), औद्योगिक वस्तु (४ दशमलव २ प्रतिशत) र सेवा (३ दशमलव ५ प्रतिशत) छ । यो सबै अप्रिलको मुद्रास्फीति तथ्याङ्कमा परेको छ ।

युरोप महाद्वीपको हरेक कुनाले बढ्दो मूल्यहरूको सामना गरिरहेको छ । कोरोनाभाइरस महामारीबाट युरोपको अपेक्षित आर्थिक बाउन्सब्याक धेरै कारणहरुले बन्धित बनेको छ ।

यस वर्ष सम्पूर्ण ईयुको मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतमा पुग्ने आँकलन गरिएको छ । किनकि रूस- युक्रेनमा युद्ध र मस्को र युरोपका अधिकांश भागहरू बीचको आर्थिक सम्बन्धको विघटनले अर्थतन्त्रलाई असर गरिरहेको छ ।

युरोपेली आयोगले मे महिनामा युरोजोनको वार्षिक वृद्धि प्रक्षेपणलाई परिमार्जन गर्‍यो । युरोजोनको अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले वृद्धिमा कटौतीलाई पूर्वानुमानको बीचमा गरिएको “सबैभन्दा तीव्र मध्ये एक” भनेर वर्णन गरेका छन् ।

ईयु बाहिर यूकेको मुद्रास्फीति दर ९ प्रतिशतले बढ्यो । यो सन १९८२ पछिको वार्षिक दर हो । रूसले १७ दशमलव ८ प्रतिशतको मुद्रास्फीतिको सामना गरेको छ ।

युरोपका प्रत्येक देशमा मुद्रास्फीति दर एक नजर :

युरोपेली केन्द्रीय बैंक (ईसिबी) ले विश्वका अन्य भागहरूमा आफ्ना केही समकक्षहरूको पाइला पछ्याउँदै अब जुलाईमा ब्याज दर बढाउने योजनाको संकेत गरेको छ ।

यो मूल्यहरूमा भएको दबाबलाई शान्त पार्नको लागि हो । र ईसिबीले अर्को हप्तासम्म आधिकारिक रूपमा यसको बन्ड-खरीद प्रोत्साहन नीतिहरू समाप्त गर्ने अपेक्षा गरिएको छ ।

बैंकका प्रमुख अर्थशास्त्री फिलिप लेनले सोमबार युरोजोनको ब्याजदर जुलाईमा र सेप्टेम्बरमा शुन्य दशमलव २५ प्रतिशतले बढ्न सक्ने संकेत दिएका थिए।

मुद्रास्फीतिको कारण ?

फेब्रुअरीको अन्तमा रूसले युक्रेनमा आक्रमण गर्नुअघि युरोप र धेरैजसो विश्वमा बढ्दो ऊर्जा मूल्यहरूको सामना गर्नुपर्‍यो । त्यसले मुद्रास्फीतिमा योगदान पुर्‍यायो । पहिलेदेखिनै हल्कारुपमा बढिरहेको मुद्रस्फितिलाई त्यसले झनै प्रभावित बनायो ।

द्वन्द्वले रूसबाट तेल वा प्राकृतिक ग्यास आपूर्तिमा अवरोध ल्याउने विश्वव्यापी चिन्तालाई बढाएर ऊर्जा सङ्कटलाई उच्च बनाएको छ।

यसै हप्ता ईयुका नेताहरूले वर्षको अन्त्यसम्ममा ईयु बजारबाट रूसी तेलको अधिकांश मात्रामाथि प्रतिबन्ध लगाउन सहमत भए।

रूस ईयुको तेल, प्राकृतिक ग्याँस र कोइलाको शीर्ष आपूर्तिकर्ता हो । ईयुले प्रयोग गर्ने ऊर्जाको एक चौथाई भाग रुसबाट आपूर्ति हुन्छ ।

रूसबाट आउने कोइलामा ईयुको प्रतिबन्ध अगस्ट महिनाबाट लागू हुने भएको छ । यस वर्ष रूसी प्राकृतिक ग्यासको माग दुई तिहाइले घटाउन स्वैच्छिक प्रयास भइरहेको छ ।

धेरै वस्तुहरूको मूल्य बढेको छ, रुस युक्रेन युद्दले गर्दा । खाद्यान्नको मूल्य बढेरपनि निकै असर पारेको छ । दुई वर्ष पहिले पहिलो पटक कोविड-१९ महामारीको तालाबन्दीहरू शुरू भएदेखि नै मूल्य बढ्दै गएको हो । विश्वव्यापी आपूर्ति शृंखलाहरूमा तनाव, बालीहरू सड्नाले आपूर्ति साँघुरियो । मूल्य बढ्यो । र सुपरमार्केटहरूमा खरिद आतंक बढ्यो ।

रूस र युक्रेनले विश्वव्यापी गहुँ र जौको करिब एक तिहाइ र खाना पकाउन प्रयोग हुने सूर्यमुखी तेल विश्वभरि हुने निर्यातको दुई तिहाइ हिस्सा ओगटेका छन् । युक्रेन विश्वको चौथो ठूलो मकै निर्यातकर्ता पनि हो । त्यसैले रुस-युक्रेन युद्धले फेरि नाटकीय रूपमा विष्व भरिकै खाध्य आपूर्ती, उर्जा लगायतका वस्तुमाथिको दृष्टिकोणलाई बिगार्यो।

रुस-युक्रेन युद्द र हालको मुद्रास्फितिले अझै नराम्रो स्थिति हुने अर्थबिदहरुले औंल्याएका छन् । यूरो मुद्रास्फीतिले लिथुआनिया माथि झन ठूलो आर्थिक समस्या थप्ने बताएका छन् ।

संयुक्त राष्ट्रको खाद्य एजेन्सीले फेब्रुअरी र मार्चमा फेरि मूल्यहरू हालसम्मकै उच्च अवस्थामा पुगेको बताएको थियो । विश्व बैंकले यस वर्ष गहुँको मूल्य ४० प्रतिशतभन्दा बढी बढ्न सक्ने प्रक्षेपण गरेको छ ।

विशेषज्ञहरुले ईयुको संवन्धित निकायले दिएको तथ्यांक भविष्यवाणी भन्दा अझै धेरै खराब स्थिति हुनसक्ने चेतावनी दिएका छन् ।

“हाम्रो पूर्वानुमान धेरै उच्च अनिश्चितता र जोखिमको विषय हो” युरोजोनको अर्थतन्त्र आयुक्त पाओलो जेनिटोलेनीले भनेका छन् “अन्य परिदृश्यहरू देखिन सम्भवपनि छ जस अन्तर्गत वृद्धि कम हुन सक्छ र मुद्रास्फीति हामीले प्रक्षेपण गरिरहेका छौं ।”

(नेपालप्लसको साथमा फ्रंस न्युज २४ र एपी)

तपाइँको प्रतिक्रिया

फेसबुक